• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

विद्युतीय कारमा करको अन्तरकथा : यसरी बदलियो अर्थमन्त्रीको मुड

सविन मिश्र / शिव बोहरा शनिबार, जेठ १७, २०७७  १३:५४
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा छलफल चल्यो, विद्युतीय सवारी साधनलाई अहिलेकै अवस्थामा छोड्ने कि केही नियन्त्रण गर्ने? अर्थ मन्त्रालयकै अधिकारीहरूबीच दुई किसिमका धारणा आए, एकथरीले अहिलेदेखि नै अलिकति कर बढाऔं भन्ने सुझाब दिए भने अर्काथरीले एक वर्ष हेरौं भने।

मन्त्रालयले एक वर्ष पुरानै दरलाई निरन्तरता दियो। विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सार लगाउने पुरानै व्यवस्थालाई निरन्तरता दिइयो। सरकारले विद्युतीय सवारी साधनलाई वर्गीकरणसमेत नगरी सबैलाई बराबर कर लाग्ने नीति लियो। साना क्षमताका गाडीदेखि बिलासी कार १० प्रतिशत भन्सार तिरेर नेपाल ल्याउन सकिने भयो।

तर आर्थिक वर्षको बीचमा ७५ हजारदेखि १ लाख ५ हजार पाउण्ड स्टर्लिङसम्म पर्ने विद्युतीय गाडी नेपाल भित्रिए। अर्थात् १० प्रतिशत भन्सार तिरेर नेपालमा महंगा र बिलासी विद्युतीय गाडी भित्रिए। यही मूल्य बराबरका डिजेल गाडी भित्रिँदा २४० प्रतिशतसम्म कर तिर्नुपर्थ्यो। 

यही बीचमा भारत सरकारले आयातित विद्युतीय सवारी साधनमा भन्सार बढाइदियो। कतिपय ठूला सवारी उत्पादकले भारतमै सवारी साधन उत्पादन गर्छन्। तैपनि उसले स्वदेशी उद्योगलाई बचाउन आयातित विद्युतीय सवारी साधनमा कर बढाएको थियो।

'हामीले विदेशका अभ्यास हेर्‍यौं, नेपालमा कर सहुलियतको फाइदा कसले पाएको छ, त्यो पनि अध्ययन गर्‍यौं,' अर्थ मन्त्रालयका अधिकारीहरु भन्छन्, 'विस्तृत अध्ययनपछि नै सरकारले यो कदम चालेको हो।' 

विद्युतीय सवारी साधनमा कर बढाउनुअघि सरकारले चारवटा विषयलाई प्रमुखरूपमा हेरेको छ। पहिलो विदेशी मुद्राको चाप, दोस्रो व्यापार घाटा, तेस्रो राजस्वमा योगदान र चौथो पहुँच एवं प्रयोग।

विद्युतीय सवारी साधन अन्यका तुलनामा ४० प्रतिशतसम्म महंगा छन्। समान क्षमता भएका पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगा छन्। यस्ता सवारी साधनको ब्याट्री असाध्यै महंगो हुने भएकाले यिनीहरूको मूल्य उच्च छ।

सवारी साधनको मूल्य उच्च हुँदा नेपालबाट धेरै विदेशी मुद्रा बाहिर जाने भयो। कमजोर निर्यात व्यापार र रेमिट्यान्स कम हुँदै गएका बेला विदेशी मुद्रा सञ्चितीमा चाप कम गर्न सरकारले महँगा गाडीमा कर बढाइदिएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

'हाम्रो विदेशी मुद्राको स्रोत कमजोर भएको सबैलाई थाहा छ, महँगा गाडी आयात खुला छोड्दा त्यसले अर्थतन्त्रलाई नै जोखिममा पुर्‍याउन सक्छ,' अर्थ मन्त्रालयका ती अधिकारीले भने।

पछिल्लो दुई वर्षदेखि सरकारले आयातमा कडाइ गरेका कारण व्यापार घाटा केही घटेको छ। तर उच्च मूल्यका सवारी साधन नेपाल भित्रिन थालेपछि सरकार हच्कियो। 'एउटै गाडी एकलाख ५ हजार पाउण्डभन्दा माथिका आउन थालेपछि झस्किन बाध्य भयौं,' अर्थका ती अधिकारी भन्छन्। 

अर्थमन्त्री डा युवराज खतिवडा पनि टेस्लाका ती महँगा गाडी नेपाल भित्रिएपछि नियन्त्रण गर्नैपर्ने मुडमा पुगेका थिए।

सरकारले आर्थिक ऐन २०७७ निर्माणअघि विद्युतीय र अन्य सवारी साधनको मूल्य र करमा तुलना गर्‍यो। विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार लगाएर त्यसमा ३० देखि ८० प्रतिशतसम्म अन्त:शुल्क, ५ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको छ। 

उदाहरणका लागि १५ हजार अमेरिकी डलरको कुनै एउटा विद्युतीय कार नेपाल भित्रियो भने त्यसमा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, ५ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहितको मूल्य ३२ हजार ३ सय ९१ डलर पर्छ।

अब यही क्षमताको पेट्रोल गाडी नेपाल प्रवेश गर्‍यो भने त्यसमा ८० प्रतिशत भन्सार, ६० प्रतिशत अन्तशुल्क, ८ प्रतिशत सडक मर्मत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहितको मूल्य ५२ हजार डलर नाघ्छ। दुईवटाको तुलना गर्दा सरकारले पाउने राजस्व दोब्बरभन्दा धेरैले फरक पर्छ।

विद्युतीय साधनको पहुँच र प्रयोगको बारेमा पनि मन्त्रालयले केही छलफल गर्‍यो। विद्युतीय सवारी साधन महँगो भएकाले निम्न मध्यमवर्गको पहुँचमा यो छैन। उच्च मध्यम वर्ग र उच्च वर्गले चढ्ने यी गाडीमा दिइएको सुविधाले आम मानिसलाई नसमेट्ने भएकाले यी गाडीमा छुट दिनुको अर्थ नरहेको निश्कर्ष अर्थमन्त्री खतिवडा र उनको टिमको छ। शुक्रबार अनलाइन कन्फरेन्समा पनि खतिवडाले आम वर्गको पहुँच नभएको गाडीमा छुट दिनुको औचित्य नभएको प्रष्ट्याएका छन्।

उनले पेट्रोलियम आयात न्यूनीकरण गर्न विद्युतीय सवारी साधनमा कर सहुलियत दिइएको भए पनि पेट्रोलियम आयात बराबरकै गाडी आउन थालेकाले त्यसलाई धान्न नसकिने अवस्थाम पुगेको बताए। 'पेट्रोलको आयात बराबरकै विद्युतीय गाडी आउने अवस्था आयो। सर्वसाधारणको पहुँचमा नभएको गाडीमा छुट दिने हाम्रो नीति विवेकपूर्ण भएन,' उनले भने। 

सरकारले विद्युतीय माध्यमबाट चल्ने सार्वजनिक बसमा कर यथावत राखेको छ। 'आम सर्वसाधारणले प्रयोग गर्ने वस्तुमा सहुलियत हुन्छ,' उनले भने, 'विद्युतीय भएकै कारण सबैलाई सबै किसिमका छुट दिनुपर्छ भन्ने तर्कसँग सहमत हुन सकिँदैन।'

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १३:५४
  • #कर
  • #विद्युतीय_सवारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
सम्बन्धित सामग्री
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न... शुक्रबार, भदौ १२, २०८३
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
ताजा समाचारसबै
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त शुक्रबार, भदौ २६, २०८३
बबिताले सडकपेटीमा बच्चा जन्माएको घटनामा छानबिन हुँदैछ : मन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्