काठमाडौं- सैनिक हवाई महानिर्देशनालयका तत्कालीन उपरथी (हाल अवकाश प्राप्त) सुधीर श्रेष्ठलाई कारबाही गर्ने सैनिक अदालतले फैसला सुनाएको छ। जनरल सैनिक अदालतको शुक्रबार उनलाई कारबाही गर्ने निर्णय सुनाएको हो।
हवाई महानिर्देशनालयमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको पाइएकाले उनलाई कारबाही गर्ने निर्णय गरेको हो। ५८ लाख ९५ हजार ५ सय ९० रुपैयाँ रकमको कुनै हिसाब नराखी आर्थिक अनियमितता गरेको पाइएकाले उक्त रकम असुल उपर गर्ने र नसित दिने फैसला गरेको हो।
अन्य आठ जना सैनिक अधिकृतहरूलाई सचेत गराउने र १ जना अधिकृत र ९ जना अन्य दर्जाका कर्मचारीलाई भने सफाई दिने फैसला सैनिक अदालतले सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।