काठमाडौ- उच्चस्तरीय कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिले वैदेशिक रोजगारीमा गएका बाहेक अन्य मुलुकमा रहेका नेपाली फर्कन चाहेमा स्वदेश ल्याउने निर्णय गरेको छ।
समितिले यसरी फर्कन चाहने नेपालीहरूले आफैं खर्च व्यर्होनुपर्ने निर्णय गरेको छ। तर‚ वैदेशिक रोजगारीका लागि खाँडीका विभिन्न मुलुक पुगेका नेपालीहरूको हकमा भने सरकारले नै खर्च गर्न सक्नेछ। खाडीमा भएका नेपालीलाई म्यानपावर व्यवसायी, वैदेशिक रोजगार कोष र नेपाल सरकारको सहयोगमा स्वदेश फकाइने निर्णय भएको एक मन्त्रीले बताए।
यस्तै खाडी बाहेक अष्ट्रेलिया‚ युरोप, अमेरिकालगायत देशमा गएका नेपालीले भने फर्कंदा लाग्ने खर्च आफैं पैसा तिर्नुपर्ने मापदण्डमा उल्लेख छ। ती नेपालीले फर्किने व्यवस्थासँगै स्वदेशमा आएर आफ्नै पैसाले क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रीले बताए। यसरी आउने नेपालीलाई सरकारले सहजीकरणमात्रै गर्ने निर्णय उच्चस्तरीय समितले गरेको हो। विदेशमा भएका सबै नेपाली एकै पटक आउन खोज्ने भएकाले कस्ता कस्ता व्यक्तिलाई प्राथमिकता दिएर ल्याउने भन्ने विषयमा भने अलग्गै मापदण्ड निर्माण हुनेछ।
यस्तो मापदण्ड बनाउन जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। परराष्ट्र मन्त्रालयले मापदण्ड बनाएपछि ८/१० दिनभित्रै विदेशमा भएका नेपाली ल्याउनेक्रम सुरु हुने ती मन्त्रीले बताए। तर भारतमा रहेका नेपालीलाई फर्काउने क्रम भने सुरु भइसकेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।