काठमाडौं- सकारले भ्रष्टाचार हुन नदिनका लागि ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्नेछु’ भन्ने प्रतिज्ञासहितको सुशासन कार्य संस्कृति प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। भ्रष्टाचार रोकथाम र नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरिने बजेटमा उल्लेख छ। शासकीय प्रबन्धमा कानूनी राज्यको अवधारणालाई पूर्ण परिपालना गरिने बजेटमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप आगामी वर्ष पारस्परिक मूल्यांकन सुरु गरिने बजेटमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण राष्ट्रिय रणनीति तथा कार्य योजनाको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।
सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाइने बजेटमा उल्लेख छ। हेलो सरकारको पोर्टललाई स्तरोन्नति गरी आम नागरिकको आवाज प्रतिबिम्बित गर्ने माध्यमको रूपमा विकास गरिने बजेटमा उल्लेख छ।
कोरोनाको खर्च पारदर्शी बनाइने
सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको काममा सबै तहबाट भएका खर्चलगायत अन्य संघ संस्थाले गरेको खर्चको विवरण पारदर्शी बनाइने बजेटमा उल्लेख छ।
कोरोना भाइरसको रोकथामका लागि अहिले संघीय, प्रदेश र स्थानीय तहले अहिले आफू अनुकुल स्वास्थ्य सामग्री खरिद गरिरहेका छन्। उनीहरूले गरेको खरिदमा प्रश्न उठिरहेको समयमा सरकारले बजेट मार्फत यस्तो प्रस्ताव ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।