काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलगायतका फ्रन्टलाइनर बाहेक सबै कर्मचारीको भत्ता आगामी साउनदेखि बन्द गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार वार्षिक बजेट भाषण गर्दै जोखिम भत्ता, अतिरिक्त समय भत्ता, खाना तथा खाजा खर्चलगायत भत्ता साउनदेखि दिन बन्द गरिने बताए।
उनले सरकारी खर्च कम गर्न सरकारी कर्मचारीबाट हुने आन्तरिक तथा बाह्य भ्रमण, सवारी साधन खरिद तथा मर्मत शीर्षकमा भारी बजेट कटौती गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।