• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'काठमाडौंको प्रदूषण हटाउन एक वर्ष अभियान चलाउँछौं'

64x64
नेपाल लाइभ आइतबार, वैशाख २, २०७५  १०:०९
1140x725

अन्य मन्त्रालयको तुलनामा वन तथा वातावरण मन्त्रालयको खासै चर्चा हुँदैन। तर गृह मन्त्रालय सम्हालिसकेका माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत यसपटक अरुबेला खासै चर्चामा नरहने मन्त्रालयको नेतृत्व गर्न आइपुगेका छन्।

बस्नेत एमाले र माओवादीबीच पार्टी एकता प्रक्रियाका लागि वैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलका सदस्य पनि हुन्।

नयाँ मन्त्रीसँग वन र वातावरणका क्षेत्रमा केकस्ता योजना छन्? वातावरण प्रदूषणले आक्रान्त जनतालाई राहत दिने कस्ता भिजन छन्? पार्टी एकता प्रक्रियामा अवरोध आएको हल्ला सत्य हो? यिनै विषयमा नेपाल लाइभले मन्त्री बस्नेतसँग केही प्रश्न गरेको छ।

काठमाडौंको प्रदूषणलाई हटाउन तपाईंसँग कस्ता योजनाहरु छन्?
हाम्रो वातावरणको एजेन्डा जलवायु परिवर्तनतर्फ बढी केन्द्रित भयो। पछिल्ला दिनमा जलवायु परिवर्तनको क्षेत्रमा हाम्रा केही राष्ट्रिय दायित्वहरु छन्। राष्ट्रिय रुपमा पारिरहेका प्रभावका विषयमा पनि सजग रहँदै हामीले अन्तर्राष्ट्रिय जगत्‌मा जलवायु परिवर्तनसँग सम्बन्धित सन्धि-सम्झौतामा पक्ष राष्ट्रका रुपमा गरेका प्रतिबद्धतालाई समेत ध्यान दिँदै एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गर्ने पक्षमा हामी छौं। त्यस सँगसँगै हामीसँग वायु प्रदूषण, फोहोरमैला व्यवस्थापन लगायत केही राष्ट्रिय एजेन्डा पनि छन्। यसलाई हामीले ध्यानमा राखिरहेका छौं। 

२०७५ मा प्रदूषणरहित वातावरण निर्माण गर्ने, स्वच्छ नेपाल निर्माण गर्ने एउटा वार्षिक कार्यक्रमसहित हामी अगाडि बढ्न खोजिरहेका छौं। हामी निर्माणको चरणमा छौं। त्यो योजना लागू भएपछि अर्को नयाँ वर्षसम्ममा अहिले हामीले वातावरण प्रदूषणका जे एजेन्डामाथि छलफल गरिरहेका छौं, त्यो पुरानो भइसकेको हुनेछ।

अहिले मुख्यगरी धुलो र धुवाँले वातावरण प्रदूषण उच्च देखिएको छ। त्यसको न्युनीकरणका लागि केही पहल हुँदैछ?
हामी तत्कालै अभियानकै रुपमा अगाडि बढ्न खोजिरहेका छौं। अबको एकाध महिनाभित्रमै सरकारी, गैरसरकारी लगायत आम जनतालाई पनि समेट्ने गरी एकीकृत अभियान सुरु गर्दैछौं। त्यो अभियान एक वा दुई दिनका लागि होइन, एक वर्षका लागि सुरु गर्छौं।

त्यो अभियानमा कस्ता कार्यक्रमहरु पर्छन्?
त्यसमा सरसफाइ, वृक्षारोपण, फोहोर व्यवस्थापनका कार्यक्रमहरु पर्छन्। धुलो धुवाँलाई निराकरण गर्ने विषयहरु त्यस अभियानमा पर्छन्। प्रदूषणमुक्त नेपाल बनाउने योजना अन्तर्गत अभियान सुरु हुनेछ।

धुलोबाट आजित भएकाहरुले अहिले काठमाडौंलाई 'धुलोमाडौं' तथा 'मास्कमाडौं' भनेर समेत व्यंग्य गरिएको सुनिन्छ। अन्य सहरमा पनि त्यस्तै छ। जनताले मास्क नलगाई कहिलेदेखि हिँड्न पाऊलान्?
वातावरणको विषय भनेको घरघरको विषय हो। किनकि, संविधानमा नै स्वच्छ वातावरणमा जिउन पाउने कुरा मौलिक हक अन्तर्गत राखिएको छ। तर सबैले देख्ने काठमाडौं भएकाले यहाँको चर्चा बढी हुने गरेको छ। यस समस्यामा हामी एक वर्षमा उल्लेखनीय सुधार गर्नेछौं। देखिने खालकै सुधार गर्नेछौं।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसोभए, संविधानको मौलिक हक अन्तर्गतको स्वस्छ वातावरणको सुविधा नपाएका जनताले २०७६ सालको सुरुवातमा तपाईं र मन्त्रालयलाई मुद्दा हाल्दा हुन्छ?
त्यो संविधानले नै व्यवस्था गरिसकेको छ। हामीले नभने पनि मानिसले त्यसो त गरी नै हाल्छन्। त्यसैले मानिसले मुद्दा हाल्नु नपर्ने वातावरण सिर्जना गर्न हामी लागिपर्ने छौं।

हामी अहिले तीन तहको अभ्यास गरिरहेका छौं। यस्तो बेलामा यो मन्त्रालयको दरबन्दी र संरचना कसरी अगाडि बढ्दै छ?
हामीले वातावरणसँग सम्बन्धित केही अधिकारीहरु स्थानीय तहमा पठाएका छौं। प्रदेश स्तरमा मन्त्रालय नै क्रियाशील छ। संघमा पनि मन्त्रालय र विभागहरु छन्। यी त नियमित संरचना भए। त्यसका अतिरिक्त हामीले सञ्चालन गर्ने अभियानहरुका लागि विशेष प्रकारका अस्थायी संरचनाहरु पनि निर्माण गर्दै अगाडि बढ्छौं।

'हरियो वन, नेपालको धन' भनिन्छ। तर धनकै रुपमा वनको योगदान कमैमात्र देखिन्छ। तपाईं वनमन्त्री समेत भएका हिसाबले योगदान बढाउन के योजना बनाउनुभएको छ?
हामीले अब देखिने गरेर वन क्षेत्रबाट कति रोजगारी सिर्जना गर्न सक्छौं, त्यसका लागि लक्ष्य निर्धारण गर्दैछौं। साथै, वन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान गर्न सक्छ; प्रक्षेपण गर्छौं। जे होस्, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न वन क्षेत्रले गर्नुपर्ने योगदानलाई स्थापित गर्छौं। 

४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको नेपालमा बाहिरबाट काठ आयात गर्नुपर्ने स्थिति हुनु भनेको लज्जाजनक स्थिति हो। हामी त्यो स्थितिको अन्त्य गर्नेछौं। त्यस्तै, वनमा पाइने जडिबुटीको पनि सदुपयोग गर्ने प्रभावकारी नीति बनाएर धेरैका निम्ति रोजगारी सिर्जना गर्न सकिन्छ। अहिलेसम्मको वन नीति बढी संरक्षणमुखी भयो। हामी संरक्षणको साथसाथै उचित उपयोगको सन्तुलन पनि कायम गरेर अघि बढ्ने कुरामा प्राथमिकता दिने छौं। साथै, वन क्षेत्र भन्नेबित्तिकै काठ-दाउरा मात्रै बुझ्ने गरिन्छ तर यसको बहुआयामिक उपयोग गर्नेछौं। कच्चा पदार्थ होइन, तयारी वस्तु बेच्नेतर्फ ध्यान दिनेछौं। यसका लागि केही कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्नुपर्नेछ। यसतर्फ गृहकार्य गरिरहेका छौं।

Xtrem

Xtrem

तपाईंले वन उपयोगलाई बढी चर्चा गर्नुभयो। यसको विस्तारतर्फ पनि केही योजना छन्?
वन क्षेत्रको संरक्षण, उपयोग र विस्तार नै गर्ने हो। मैले वन क्षेत्रको उपयोगको कुरा गरिरहँदा अहिले नेपालमा भएको वन क्षेत्रभन्दा केही मात्रै प्रतिशत भए पनि बढाउनेछौं। यसमा ढुक्क हुन आग्रह गर्छु।

अहिले वन क्षेत्रसँग सम्बन्धित अधिकार सबै तहसँग छ। त्यसले द्वन्द्व देखिएको छ। यसलाई कसरी मिलाउनुहुन्छ?
हामी संघीय संरचनाको अभ्यासको सुरुवाती चरणमा छौं। त्यसैले सामान्य असमझदारी र अलमल देखिनु स्वभाविक हो। त्यसले असमझदारीलाई बढाउने भन्दा पनि हल गर्नेतिर ध्यान दिनु जरुरी छ। त्यस्तै, संविधानले व्यवस्था गरेका कुरालाई कानुनद्वारा स्पष्ट पारेर अघि बढ्नुपर्नेछ। कानुन बनेपछि यस्ता द्वन्द्व आफैं मिल्दै जान्छन्।

तपाईं वाम एकताको एउटा कार्यदलको सदस्य पनि रहनुभएको आधारमा भनिदिनुस् न, वाम एकतामा केही गतिरोध आएको हो?
पार्टी एकता गर्ने भनेर हामीले भनिसकेका छौं। अब त्यो अगाडि बढिरहेको छ। कुनै अवरोध छैन।

तर बैसाख ९ भने पार्टी एकता घोषणा हुँदैन भनेर पार्टीभित्रकै नेताहरुले भनिरहनुभएको छ नि?
पार्टी एकताको स्पिरिटमा हामी सबै अगाडि बढिरहेका छौं। काम गर्दै जाँदा ९ को ठाउँमा ८ वा १० मा पनि हुन सक्छ। तर पार्टी एकता त हुन्छ।

पछिल्लो समय संगठनमा ५० प्रतिशत नभए पार्टी एकतै नहुने भन्ने कुरा पनि आइरहेको छ। खासमा के हो?
त्यस्तो होइन। यस्ता कुरा समझदारीमा मिल्दै जान्छन्। यस्ता सबै कुरा थाहा पाएरै हामी यहाँसम्म आएका हौं नि। एकता भनेको विलयको कुरा पनि होइन, त्यस्तो खालको मनसाय पनि होइन। विलय हुने वा गर्ने भन्ने कुरा होइन। दुवै  पक्षले एकले अर्कोको अस्तित्व र आवश्यकता बोध गरेर यहाँसम्म आइपुगेको हो। त्यसैले सामान्य प्राविधिक कुराले पार्टी एकता प्रक्रियामा अवरोध आउँदैन। 

तर कामको चापले गर्दा भनेजस्तै नभइरहेको भने हो। अर्थात्, भनेकै दिनमा गर्ने भनिएको काममा केही ढिलाइ हुने गरेको हो। 

ढिलाइ चाहिँ के कारणले भइरहेको छ?
परिस्थितिजन्य कुरा हुन्। प्रधानमन्त्री व्यस्त हुनुहुन्छ। भारत भ्रमणमा जानुभयो। त्यसपछि पनि उहाँ व्यस्त रहनुभएको छ।

एमालेको चुनाव चिह्न र जबजलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद देखिएको थियो। त्यसमा सहमति जुट्यो?
मिलेका कुरा अहिले मिलिहाल्छन्। नमिलेका कुरा छलफल गर्दै जाने भन्ने हाम्रो सहमति बनेकै छ। त्यसैले एक-दुई वटा कुरा नमिल्दैमा पार्टी एकता नै रोकिने भन्ने हुँदैन।

तर सबै कुरा तपाईंहरुले छोड्दै गएपछि पो मिल्दै गएजस्तो पो देखियो नि?
त्यस्तो कुरै होइन। हामीले मिल्ने कुरा अहिल्यै मिलाउँदै जाने र नमिलेका कुरा पछि मिलाउने भन्ने सहमति भइसकेपछि सक्किगो नि।

दोस्रो तहका नेताहरुको व्यवस्थापनको कुरामा सहमति जुट्यो कि बाँकी छ?
व्यवस्थापन भनेको कुरा पनि एक पटक गर्दैमा हुने होइन। यो निरन्तर व्यवस्थापन हुँदै जाने कुरा हो। निरन्तर व्यस्थापनका आफ्नै विधि र मान्यता छन्। त्यसैले पार्टी एकता नै भएर अघि बढ्ने बेलामा एकले अर्का अप्ठेरालाई बुझ्दै, अर्काका भावनालाई बुझ्दै अघि जाने कुरा हो। त्यसैले व्यवस्थापनका समस्या समाधान हुन्छन्।

निरन्तर व्यवस्थापनका लागि अहिल्यै केही मापदण्ड बनाएर अघि बढिन्छ कि महाधिवेशनले मापदण्ड बनाउँछ?
महाधिवेशनभन्दा अगाडिको अहिल्यै बनाइन्छ। त्यसपछि महाधिवेशनले बनाउँछ।

अहिलेको मापदण्ड कस्तो बनेको छ?
कार्यदलले आफ्नो प्रतिवेदन संयोजन समितिलाई पेस गरेको छ। यस्ता कुरालाई सोही समितिले टुंगो लगाउँछ। त्यसैले, त्यो समितिले टुंगो लगाउने कुरालाई मैले अहिल्यै यस्तो हो भनेर भन्न सक्दिनँ। हामीले आफ्नो सुझाव दिएका छौं। पार्टी एकताको स्पिरिटलाई आधार मानेर प्रतिवेदन बुझाएका छौं। समितिले अध्ययन गरेर अन्तिम रुप दिन्छ। र, दुवै पार्टीको एउटाएउटा तहले त्यसलाई अन्तिम रुप दिन्छ।

फेरि पनि, के बैसाख ९ मै पार्टी एकता हुन्छ?
आजका मितिसम्म बैसाख ९ मै टुंगो लगाउने भनेर काम गरिरहेका छौं। तर मैले अघि पनि भनेको छु, ९ को सट्टामा ८ पनि हुन सक्ला, १० पनि हुन सक्ला।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर अभियानअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन... बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्