काठमाडौं- केपी शर्मा ओलीले चुनावी सभाहरूमा नेपालले आफ्नै पानी जहाज चलाउने व्यापक प्रचार गरेका थिए। रेल र पानी जहाज चलाउने कुरालाई उच्च प्राथमिकता दिएका ओलीले दोस्रो पटक प्रधानमन्त्री भएपछि जानी जहाज कार्यालय नै स्थापना गरेका थिए।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपालको आफ्नै पानी जहाज सञ्चालनका लागि भारतको आन्तरिक मार्ग प्रयोग गर्ने बताएका छन्। आगामी वर्षभित्र नेपालको आफ्नै झण्डा सहितको पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधार र कानुन बनाउने खतिवडाले बताएका हुन्।
आफू प्रधानमन्त्री भएको दुई वर्षमा नेपालको झण्डासहितको पानी जहाज विभिन्न महासागरहरूमा चल्ने बताएका ओलीले हालसम्म पानी जहाजसम्बन्धी ऐन समेत बनाउन सकेका छैनन्।
तैपनि उनले पानी जहाल ल्याउने कुरा भने छाडेका छैनन्। चालू आर्थिक वर्षको बजेटमा समेत उच्च प्राथमिकता दिइएको पानी जहाज सञ्चालन योजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेत प्राथमिकता प्राप्त क्षेत्रमै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।