काठमाडौं- सरकारले सडक यातायातलाई सहज र छोटो बनाउन सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिएको छ। चालू आवको बजेटमा नागढुंगा नौबिसे सडक खण्डको सुरुङसहित सडक स्तरोन्नतिका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। आगामी आवका लागि उक्त सुरुङ निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन भएको छ।
त्यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माण सुरु गरिने चालू वर्षको बजेटमा उल्लेख थियो। काठमाडौंदेखि चीनको नाका रसुवागढीसम्म जोड्ने सडकअन्तर्गत रहेको टोखा-छहरे-गुर्जेभञ्ज्याङ सुरुङ मार्ग समेत निर्माण गरिने भनिएको थियो। तर ती आयोजनाहरुको सम्भाव्यता अध्ययन समेत टुंगिएको छैन।
साथै खुर्कोट-चियाबारी, विपिननगर–खुटिया–दिपायल खण्ड, गणेशमान मार्गको थानकोट–चित्लाङ खण्ड र लामाबगर–उत्तरी सीमा सडकमा समेत सुरुङ मार्ग निर्माणको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन बजेट विनियोजन गएको थियो। तर हालसम्म यी कुनैपनि सुरुङ मार्ग निर्माण हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।