काठमाडौं- नेपाल विद्युत प्राधिकरण टुक्रिने भएको छ।
बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा प्राधिकरणको संस्थागत पुनर्संरचना गरी उत्पादन प्रशारण र वितरणको कार्य छुट्टाछुट्टै संयन्त्रबाट गर्ने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ। अब प्राधिकरण टुक्रिएर तीन छुट्टाछुट्टै कार्यालय बन्नेछन्।
त्यस्तै आगामी आर्थिक वर्षमा भक्तपुर, ललितपुर र चितवन जिल्लामा विद्युत वितरण लाइनलाई भूमिगत गर्ने काम सुरु गर्ने सरकारको योजना छ।
अहिले काठमाडौं उपत्यकामा मात्र कार्यान्वयन भइरहेको यो कार्यक्रम आगामी आर्थिक वर्ष थप तीन जिल्लामा विस्तार गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।