काठमाडौं- सरकारले निर्माणधीन कान्ति लोकपथ र सूर्यविनायक धुलिखेल सडक स्तरोन्नतिका लागि १ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेका हुन्।
कान्ति लोकपथ निर्माणधीन अवस्थामा रहेको छ भने सूर्यविनायक धुलिखेल सडक विस्तारलाई प्राथमिकताका साथ निर्माण गरिहेको छ। सूर्यविनायक धुलिखेल सडकलाई ८ लेनको बनाउने सरकारी योजना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।