काठमाडौं - सरकारले वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्षभित्रै विद्युत प्रशारण लाइन नपुगेका ९७ वटा स्थानीय तहमा सौर्य ग्रिड निर्माण गर्न बजेट विनियोजन गरेको छ।
आगामी ३ वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने सरकारको लक्ष्य पूरा गर्नका लागि प्रशारणलाई नपुगेका ठाउँमा सोलार प्लान्ट र ग्रिड निर्माण गर्न लागिएको हो।
त्यस्तै स्वच्छ उर्जा कार्यक्रम लागू गरी तराईका जिल्लामा थप ५० हजार बायोग्यास जडान गरी नवीकरणीय उर्जाको पहुँच विस्तार गर्ने सरकारले लक्ष्य लिएको छ।
निजी क्षेत्रलाई फोहोरमैला प्रशोधनबाट विद्युत उत्पादन लगायतका अन्य वैकल्पिक उर्जा उत्पादन गर्न उत्प्रेरित गर्ने पनि सरकारको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।