काठमाडौं- सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ। बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।
पत्रकारको व्यवसायिकता विकास गर्नका लागि कार्यक्रम सञ्चालन गरिने, पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितमा प्रयोग गरिने उनले उल्लेख गरेका छन्।
सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट प्रशारण गर्ने व्यवस्था मिलाउने उनले घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।