काठमाडौं- सरकारले पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेन बनाउने कार्यलाई तीव्रता दिने नीति लिएको छ। त्यही अनुरुप बजेटमा समेत उच्च प्राथमिकता दिएको छ।
चालू आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड रुपैयाँ विनियोजन भएको थियो।
अर्थमन्त्री डा युवराज खतिवडाले सो राजमार्ग विस्तार कार्यलाई निरन्तरता दिँदै आगामी वर्षका लागि १२ अर्ब २७ कोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत चालू आवमा बुटवल–नारायणगढ खण्ड र कमला–कञ्चलनपुर खण्डको निर्माणलाई तीव्रता दिने उल्लेख थियो।
त्यस्तै बाँकी खण्डको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरी पूर्व, मध्य र पश्चिमतर्फबाट निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख थियो। तर बजेटमा उल्लेख भए बमोजिम काम भने सुरु हुनसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।