• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई-सिगरेट्स’को उत्पादन र बिक्री वितरणमा बन्देज लगाउन अभियान चलाइँदै

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  १८:०५
1140x725

काठमाडौं– विश्व धुम्रपानरहित दिवसको पूर्वसन्ध्यामा क्षयरोग तथा फोक्सोजन्य रोग विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था दि युनियनले ‘हिटेड टोबाको प्रडक्ट’ र ‘ई-सिगरेट्स’को उत्पादन  र बिक्रीवितरणलाई बन्देज गर्नुपर्ने अभियान चलाएको छ। विश्वका झण्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहरु न्युन तथा मध्यम आय भएका मुलुकहरुमा रहेको बताउँदै उत्पादन निषेधको नीति अघि सारेको बताएको छ। ' विश्व धुम्रपानरहित दिवस ३१ मे आइतबार  रहेको छ।

विश्वका झन्डै ८० प्रतिशत धुम्रपानका अम्मलीहरू न्यून तथा मध्यम आय भएका मुलुकमा रहेका छन् । अभियानका बारेमा भनिएको छ,  ‘किन बन्देज नै अचुक उपाय हो ?’ किन न्युन तथा मध्यम आय भएका मुलुकले ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्टको बढ्दो बिक्री वितरणलाई रोक्ने पर्छ ? भन्ने नयाँ कार्यपत्रको निचोडको आधारमा  यस्तो नीति अवलम्बन गर्न लागिएको हो।'

ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’  उत्पादन गर्ने कम्पनीले युवा पुस्तालाई लक्षित गरी उत्पादन गरेका पदार्थले र सुर्तीजन्य पदार्थका उपभोक्तालाई कोभिड– १९ ले थपेको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यसपालिको विश्व धुम्रपानरहित दिवसको कार्यपत्र तय गरिएको बताइएको छ।

यो कार्यपत्रले ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ले जनस्वास्थ्यमा पार्न सक्ने असरबारे वैज्ञानिक तथ्यहरू समेटेको छ। त्यस्तै,  नयाँ पुस्तालाई आकर्षित गर्न र बजार विस्तार गर्न यस्ता सामग्री उत्पादक कम्पनीले चालेको व्यावसायिक कदमविरुद्ध सरकारलाई अझ चनाखो बनेर निरुत्साहित गर्न पनि यो कार्यपत्रले ध्यानाकर्षण गराउँछ ।

‘न्यून तथा मध्यम आय भएका मुलुकको ठूलो हिस्सा सुर्तीजन्य पदार्थको महामारीमा फसेको छ,’ दि युनियनका सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक डा. गान क्वान भन्छन्। महामारीको यो बेला पनि थप नसायुक्त उत्पादन बजारमा आउदा सरकारको कामलाई नै चुनौती दिने र स्वास्थ्य संयन्त्रमा झन् बोझ थपिने विश्व स्वास्थ्य संगठनले अघि सारेको सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यतालिकामै असर पर्ने निष्कर्ष युनियनको छ।

 २०१८ मा ई–सिगरेट्सको कारोबार १५ बिलियन अमेरिकी डलरबराबरको थियो भने २०२१ मा ‘हिटेड टोबाको प्रडक्ट’ को कारोबार झन्डै १८ बिलियन अमेरिकी डलरबराबरको हुने अनुमान छ । २०१९ को ग्लोबल टोबाको इपिडेमिक रिपोर्टमा विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘ई–सिगरेटले अहिलेसम्म धुम्रपान अम्मलीमा कमी ल्याएको तथ्य छैन ।’ 

आजसम्म ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ उपभोगबाट जनस्वास्थ्यमा पार्ने असरका सम्बन्धमा गरिएका अध्ययनहरू मूलतः उच्च आय भएका मुलुकमा केन्द्रित हुँदै आएका छन् । ‘किन निषेध नै उचित छ ?’  कार्यपत्रले भने सुर्तीजन्य पदार्थ उत्पादन नीति अध्ययन परिवेशको आधार फराकिलो बनाएको छ । न्यून तथा मध्यम आय भएका मुलुकमा नयाँ ढंगका सुर्तीजन्य पदार्थको व्यावसायिक उत्पादन र प्रचार–प्रसारले डरलाग्दो असर पुर्‍याउने गर्छ, अझ विशेषतः नयाँ पुस्ताका युवाहरूका लागि यसको छाप गहिरो पर्ने गर्छ।

न्यून तथा मध्यम आय भएका मुलुकहरु नै परम्परागत रूपमा सुर्तीजन्य उत्पादनले बजार लिने ठाउँ हुन् र अहिले पनि विश्वका कुल अम्मलीको ८० प्रतिशत त्यहा“ बसोवास गर्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्ला वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ । यद्यपि, प्रत्येक वर्ष नेपालमा  सुर्तीजन्य रोगका कारण २७ हजार एक सय ३७ जनाको मृत्यु हुने गरेको छ। नेपालमा ३० लाख ४६ हजारभन्दा बढी वयस्कले मात्र होइन, २१ हजारभन्दा बढी बालबालिका (१०–१४ वर्ष)ले सुर्तीजन्य पदार्थ सेवन गर्ने गर्छन् । उपभोग बढाउन सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरूले नयाँ/नयाँ रणनीतिहरू अख्तियार गर्ने गर्छन् । ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’  पछिल्ला रणनीति हुन् ।

‘ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’  का बारेमा तथ्याङ्कहरू आउदै छन्,’ दि युनियनका एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्,  ‘तर, यो प्रस्ट छ कि यसले एउटा महामारीकै रूप लिनेछ,  किनकि युवा वर्ग यसको निसानामा छन् । सरोकारवाला यसमा सावधान रहनुपर्छ भन्ने युनियनको ठहर छ । नीति–निर्माताले यसलाई रोक्ने कोसिस गर्नुपर्छ । न्यून तथा मध्यम आय भएका मुलुकले त यसलाई निषेध नै गर्नुपर्छ।’

नेपालका उच्च पदस्थ अधिकारी, सरकारी प्रतिनिधि, सामाजिक तथा गैर सरकारी संघसंस्थाहरुले इ–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ बिरुद्धको अभियानमा प्रतिबद्धता गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  लेखराज भट्ट यस्ता पदार्थको उत्पादन, आयात तथा बिक्री–वितरण रोक्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँछन्। उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनका अनुसार पनि ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र कुनै पनि हालतमा सुरक्षित छैन।’

Xtrem

Xtrem

पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारी,  ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ लोकप्रिय हुँदै गएको बताउँछन्। यी  हानिकारक रहेको भन्ने चेतना न्यून रहेकाले अकाल मृत्युबाट जोगाउन ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’  निषेध गर्ने नीति नै पास गर्नुपर्नेमा जोड दिन्छन्। 

संघीय संसदको महिला तथा सामाजिक समिति अध्यक्ष निरुदेवी पाल यसलाई तत्कालै निषेध गर्नुपर्ने बताउँछिन्। 'बालबालिका, युवा तथा गर्भवती महिलालाई यस्ता कुलतबाट जोगाउन जरुरी छ, त्यसैले तत्कालै ई–सिगरेटको बिक्री–वितरण रोक लगाउने निर्देशन दिनुपर्छ,’  उनी भन्छन्।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल  ‘ई–सिगरेटको बढ्दो प्रयोग र यसले स्वास्थ्यमा पुर्याउने सम्भावित असरका सम्बन्धमा  सचेत रहेको बताउँछिन्। दि युनियनको ई–सिगरेट्स र ‘हिटेड टोबाको प्रडक्ट’ निषेध गराउने विषयमा आफ्नो समर्थन रहेको बताउँछिन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उप–सचिव तथा  सुर्तीजन्य पदार्थ नियन्त्रण तथा अनुगमन समितिका सदस्यसचिव पुस्करराज नेपाल ‘सुर्तीजन्य उत्पादन गर्ने कम्पनीले युवाहरूलाई लक्षित गर्दै चलाइरहेको प्रचार–प्रसारले ई–सिगरेटको प्रयोग बढ्दो रहेको बताउँछन्। उनी भन्छन्, ‘त्यसैले यस्ता उत्पादनलाई बन्देज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विद्यमान सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन परिमार्जन गर्ने गृहकार्यमा लागेको छ।’

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द  सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले युवाहरूलाई गलत दिशामा डोर्याइरहेकाे बताउँछन्। उनी भन्छन्, ‘ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छैन भन्दै उपयोग गर्न उक्साइरहेका छन् । त्यसैले सरकारले त्यस्ता हानिकारक वस्तुको प्रचार–प्रसार, बिक्री–वितरण तथा निर्यातमा हस्तक्षेप गर्नुपर्छ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्