काठमाडौं- हस्तकला, काष्ठकला, तथा नेपालभित्रकै उत्पादनलाई प्रवर्द्धनका लागि काठमाडौंमा सार्कस्तरीय प्रदर्शनीस्थल निर्माण गरिने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रियस्तरको यस्तो प्रदर्शनीस्थल बनाइने बताएका हुन्।
सरकारले आगामी आर्थिक वर्षका लागि वैदेशिक व्यापारमा निर्यातको अनुपात बढाउन कम तौल, उच्च मूल्य भएका‚ तुलनात्मक लाभ भएका वस्तु उत्पादनलाई सरकारले प्राथमिकतामा राख्ने भएको छ।
त्यस्तै चिया, कफी, पिउने पानी, जडिबुटी र अर्ग्यानिक वस्तुको उत्पादनलाई ब्राण्डिङ गरी निकासी गर्न प्रोत्साहित गरिने पनि बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।