काठमाडौं- आगामी आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न प्रोत्साहन गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेका छन्।
गत आर्थिक वर्षको बजेटमा पनि मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख थियो। २०७६ पौष मसान्तसम्म कूल १ सय ८५ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्।
यसमध्ये १ सय ४० संस्थाको इजाजत खारेज भई कूल ४५ संस्था कायम भएका छन्। ठूला बैंकहरू एकआपसमा गाभिने प्रक्रिया सुरु भएको छ। यस सन्दर्भमा दुई वाणिज्य बैंक एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरू गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।