काठमाडौं- सरकारले ७५ हजार युवाहरुलाई व्यवसायिक प्राविधिक तथा व्यवसायिक शिक्षा प्रदान गर्नका लागि ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ।
युवाहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास गरी देशभित्रै रोजगारी तथा स्वरोजगार कार्यक्रम सिर्जना गर्न सरकारले ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
यसले श्रम बजारमा प्रवेश गर्ने नयाँ श्रमिक, कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरूलाई थप राहत मिल्ने उल्लेख गरिएको छ। त्यस्तै वैदेशिक रोजगारीबाट रोजगारी गुमाएर फर्किएका युवाहरूले रोजगारी प्राप्त गर्न सहज हुने अपेक्षा सरकारको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।