काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो।
विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ। विश्वभर अहिलेसम्म ३ लाख ५४ हजार ९ सय ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ।
त्यहाँ १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, अमेरिकामा ३ लाख ९१ हजार ५ सय ८ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।