काठमाडौं- काभ्रेपलान्चोक जिल्लामा बुधवार परेको भिषण वर्षाका कारण कृषकको अन्नबाली नोक्सान भएको छ। धेरै ठूलो बाढी आएको र त्यसले किसानले लगाएको आलुलगायतका बाली बगाएर क्षति पुर्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।
रोशी नदीमा धेरै ठूलो बहाव हुँदा एक जना फसेको उनले बताए। बाढीमा फसेको मानिसको उद्धारमा नेपाली सेना र प्रहरी परिचालन भइसकेको उनले जानकारी दिए। कति क्षति भयो यकीन तथ्यांक नआएको भन्दै उनले हालसम्म कुनै पनि मानवीय क्षति भने भएको जानकारी नआएको बताए।
यसअघि पूर्वसूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल टुइटरमार्फत उक्त क्षेत्रमा धेरै ठूलो बाढी आएको सार्वजनिक गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।