• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सहर केन्द्रित अनलाइन कक्षा : ठूलो हिस्सा पहुँच बाहिर

मधुसुदन बुर्लाकोटी बुधबार, जेठ १४, २०७७  १३:२९
1140x725

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा छन्। कोरोना प्रभावित देशहरुले कुनै न कुनै रुपमा व्यवसाय तथा अन्य गतिविधिमा नियन्त्रणात्मक उपाय अबलम्वन गरेका छन्।

कोरोना भाइरसका कारण विश्वका सबै मुलुकले शैक्षिक संस्थामा पठनपाठन बन्द गरी विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छन्। शिक्षाको विकास विना मानव समाजमा समुन्नति¸ समृध्दि तथा स्वस्थ समाजको परिकल्पना गर्न सकिँदैन।

विश्वका आर्थिक¸ सामाजिक र प्रविधिसम्पन्न मुलुकले प्रविधीमैत्री कक्षालाई लामो समयदेखि अभ्यास गरिरहेकोमा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले विद्यार्थीको पठनपाठनलाई नियमति रुपमा सञ्चालन गर्न अनलाइन कक्षालाई प्रयोगको रुपमा सुरुवात गरेका छन्। नेपालमा सामुदायिक र संस्थागत गरी दुई किसिमका विद्यालय रहेकोमा यस खालको प्रयोग सहर केन्द्रित केही संस्थागत विद्यालयबाट सुरु भएको छ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफ्नो परिवारको दैनिक खर्चमा कटौती गरी नाम कहलिएका संस्थागत विद्यालयमा अध्यापन गरिरहेका छन्। यसरी अध्यापन गराउने कतिपय अभिभावक आफू स्वयम् प्रविधीमैत्री नभएको अवस्थामा विद्यालयद्वारा सञ्चालित अनलाइन कक्षा अवलोकन गर्दा अन्योलको अवस्था स्पष्ट देख्न सकिन्छ।

मुलुकका कतिपय भू-भागमा इन्टरनेटको सहज उपलब्धता¸ सेवाको गुणस्तर नभएको कारणबाट अनलाइन कक्षामा एकै विद्यालयका सबै विद्यार्थीसमेत सहभागी हुन नसक्ने अवस्था छ। २०७६ चैत्त ११ गतेदेखि सुरु भएको लकडाउन अगावै र त्यसपिछको अवधिमा पनि कतिपय विद्यार्थी आफ्ना अभिभावकसँग गाउँघरमा बसिरहेको अवस्थामा सबै विद्यार्थीले विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षामा सहज उपस्थिति जनाउन नसकेको कुरा कसैबाट लुक्न सकेको छैन।

यसरी सहर केन्द्रित अधिकांश संस्थागत र केही सामुदायिक विद्यालयबाट सञ्चालन गरिने अनलाइन कक्षाबाट उक्त प्रविधिमा सहभागी हुने अवसर पाउने विद्यार्थीले शिक्षामा गुणस्तर प्राप्त गरे तापनि ठूलो संख्याका विद्यार्थीहरु यस अवसरबाट बन्चित हुने तथ्यलाई मध्यनजर राख्नुपर्ने हुन्छ।

यसरी अनलाइन कक्षा सञ्चालन गर्दा विद्यालय¸ शिक्षक¸ अभिभावक र विद्यार्थीलाई लाभ पुग्ने देखिन्छ भने यस कार्यमा सबै पक्षको समान सहभागिता सहभागिता र सहकार्यको महत्वपूर्ण स्थान हुन्छ। यसमा हरेक पक्षको आ-आफ्नो भूमिका र दायित्व हुने हुँदा सबैले आफूलाई परिष्कृत रुपबाट परिचालन गर्नुपर्ने हुन्छ । यस कार्यमा अभिभावक¸शिक्षक र विद्यार्थी एकआपसमा जोडिन गई एकअर्काको विषयमा जानकार हुनका साथै समस्या र समाधानका उपाय समेत पहिचान भई अनलाइन कक्षालाई अझै व्यवस्थित बनाउन सहज हुने देखिन्छ। 

अनलाइन कक्षालाई व्यवस्थित¸मर्यादित र विद्यार्थीमैत्री बनाउन विद्यालय¸अभिभावक र शिक्षकको अहं भूमिका हुने कुरालाई सबैले आत्मसात गर्नुपर् । यस क्रममा अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालयले निम्न विषयलाई मनन गरी कार्यलाई अगाडि बढाउनुपर्छ:
क)    अनलाइन कक्षा सञ्चालन हुने मिति¸ समय¸ विषय र सफ्टवेयरको अग्रिम जानकारी सम्बन्धित अभिभावक र शिक्षकलाई समयमै उपलब्ध गराउने ।
ख)    अध्ययनमा प्रयोग भएका सामग्रीहरुको सामूहिक इमेलमार्फत उपलब्ध गराउने व्यवस्था मिलाउने।
ग)    अनलाइन कक्षामा पालना गर्नुपर्ने अनुशासन¸ गोपनीयता लगायतका विषयमा अभिभावकलाई सु-सूचित गर्ने।
घ)    अनलाइन कक्षा अवलोकन गरी देखापरेका समस्या समाधानका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि आफ्नो लगानीको सदुपयोग गर्दै आफ्ना नानीहरुको भविष्य निर्माणमा प्रयत्नरत अभिभावकले अनलाइन कक्षालाई व्यवस्थित गर्न निकै मिहिनेत गर्नुपर्ने अवस्था छ। कतिपय अभिभावक आफू स्वयं प्रविधीमैत्री हुन नसकेको अवस्थामा यस किसिमको कक्षामा सहभागी गराई आफूले अवलोकन गर्न निकै कठिन मानिन्छ। यद्यपि यस परिस्थितिमा आफूलाई व्यवस्थित गरी विद्यालय र शिक्षकलाई सहयोग गर्दै नानीहरुको पठनपाठनलाई मर्यादित र ज्ञानमूलक बनाउनु हरेक अभिभावकको प्रमुख कर्तव्य हो। अनलाइन कक्षा पनि विद्यालयको अभिन्न अंग हुने भएकोले हरेक अभिभावकले सम्भव भएसम्म निम्न विषयलाई आत्मसात गर्नु जरुरी देखिन्छ:
क)     अनलाइन कक्षामा प्रयोग हुने सफ्टवेयरसँग सम्बन्धित उपकरणहरु जस्तै: मोबाइल¸ ल्यापटप¸ ट्याबलेट¸ आइप्याडको व्यवस्था मिलाई सफ्टवेयर सञ्चालनका लागि आफूले सिक्ने र  नानीहरुलाई सिकाउने।
ख)    कक्षा सञ्चालन हुनु अगावै नानीहरुलाई तयार पार्ने।
ग)    नानीहरुलाई अनलाइन कक्षामा सहभागी हुनको लागि आफ्नो घरको कुनै कोठामा सम्भव भएसम्म विद्यालयको कक्षा कोठा सरहको शान्त वातावरणको व्यवस्था मिलाउने।
घ)     अनलाइन कक्षा हुने स्थानमा टिभी¸ मोबाइल¸ रेडियो लगायतका उपकरणको प्रयोग नगर्ने र अन्य बालबालिकालाई खेल्न, जिस्कन नपाउने व्यवस्था मिलाउने।
ङ)    अनलाइन कक्षा हुने स्थान र सोको आसपास अभिभावक र विद्यार्थीबीच आपसी गफ र हल्ला नगर्ने।
च)     अनलाइन कक्षा हुने स्थानमा विद्यार्थीको ध्यानाकर्षण हुने भएकोले कुनै पनि खाने तथा खेल्ने सामग्रीहरु नराख्ने।
छ)     अनलाइन कक्षामा आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने कुराको सूक्ष्म अवलोकन गर्ने र गल्ती-कमजोरी देखिएमा कक्षा सकिएपछि सम्झाउने।
ज)     शिक्षक-शिक्षिकाले सोधेका प्रश्नहरुको जवाफ दिन लगाउने र शिक्षक-शिक्षिकासँग प्रश्न सोध्नका लागि उत्प्रेरित गराउने।
झ)     विद्यालय र शिक्षक-शिक्षिकाबाट प्राप्त भएको अनुशासन र अनलाइन कक्षा सम्बन्धित आचारणहरु पालना गर्ने/गर्न लगाउने।

हरेक बालबालिकाको बिदाको दिनबाहेक करिब एक तिहाइ समय विद्यालयमा साथी तथा शिक्षक शिक्षिकासँग बित्ने तथा कतिपय बालबालिकाले घरमा समेत शिक्षक शिक्षिकाबाट सिकाइएका कुराहरुलाई पहिलो प्राथमिकतामा राखी सोही अनुसार आफूलाई व्यवस्थित गर्ने गर्छन्। कुनै पनि बालबालिका अनुशासन र पठनपाठनको मामिलामा अभिभावकभन्दा शिक्षक शिक्षिकालाई नै आफ्नो अनुकरणीय मान्ने गर्छन्।

अहिलेको विषम परिस्थितिमा साना नानीहरुलाई अनलाइन कक्षाबाट अवलोकन गर्दै अनुशासित र मर्यादित बनाउनु अत्यन्त कठिन कार्य हो। यस कार्यमा शिक्षक-शिक्षिकाले गर्नुभएको योगदानलाई सबैले उच्च कदर गर्नुपर्छ। यस सन्दर्भमा शिक्षक-शिक्षिकाले पनि निम्न विषयमा आफूलाई स्व-मूल्यांकन गर्न सकेमा अनलाइन कक्षा अझै प्रभावकारी हुने देखिन्छ।
क)    अनलाइन कक्षाका लागि अभिभावक र विद्यार्थीबाट अपेक्षा गरेको अनुशासन र मर्यादा आफूले पनि पालना गर्ने।
ख)    कक्षा अवधिभर अध्यापनमा प्रयोग हुने बाहेक अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने।
ग)    कुनै विद्यार्थीबाट कक्षामा अनुशासन पालना नभएमा निजको अभिभावकलाई एकल रुपमा जानकारी गराउने।
घ)    कक्षा सञ्चालनका सुरुका दिनहरुमा शिक्षक-शिक्षिका आफैंले पालो मिलाई सोध्ने र कक्षामा सहभागी गराउने र विद्यार्थीहरु अभ्यस्त हुँदै गएपछि कक्षाकोठाको अध्यापन विधि प्रयोग गर्ने।
ङ)    आफूले अध्यापनमा प्रयोग गरेका सामग्रीहरु इमेलमार्फत उपलब्ध गराउने। 
च)    शिक्षक-शिक्षिकाले दिनमा कम्तीमा एक पटक अभिभावक/विद्यार्थीका लागि  समय निर्धारण गरी सामूहिक छलफलको व्यवस्था मिलाउने।
छ)    अभिभावक/विद्यार्थीहरुले इमेल¸ फेसबुक¸ भाइबर तथा अन्य सामाजिक सञ्जाल (जुन विद्यालयले विद्यार्थी/अभिभावकको लागि निर्धारण गरेको छ) को माध्ययमबाट मागेको जानकारी उपलब्ध गराउने।

विद्यालयहरुले यस असामान्य परिस्थितिमा समेत आफ्ना विद्यार्थीको अध्ययनलाई निरन्तरता दिई उनीहरुको शिक्षा पाउने अधिकारलाई संरक्षण गर्ने कार्यमा देखाएको अग्रसरतालाई धन्यवाद दिनुपर्छ। कतिपय अभिभावकले आफूसँग साधन-स्रोत र सिप नहुँदाको अवस्थामा पनि साधन-स्रोतको व्यवस्था गरी अन्य जानकार व्यक्तिहरुबाट प्रविधिको बारेमा जानकारी लिई यससँग अभ्यस्त बनाउने प्रयास गरिरहेका छन्।

सुरुका दिनहरुमा कतिपय साना कक्षाका विद्यार्थी र प्रविधिसँग अभ्यस्त नभएका अभिभावकबाट कक्षा सञ्चालनका क्रममा त्रुटि हुने कुरालाई विद्यालय र विद्यालय परिवारले सामान्य रुपमा लिनुका साथै यस कार्यमा अभिभावकबाट अपेक्षित सहयोग लिन प्रयासरत रहनुपर्छ। विद्यालयको समग्र उपलब्धि विद्यालय व्यवस्थापन¸ शिक्षक-शिक्षिकाको मिहिनेत¸ विद्यार्थीको लगनशीलता र अभिभावकको सहभागितामा भर पर्छ। 

घरमा अभिभावकसँग बसेर पुल्पुलिएका स-साना नानीहरुलाई प्रविधिको माध्ययमद्वारा अनुगमन गर्दै कक्षा कोठा सरहको अनुशासनको पालना गराउनु फलामे चिउरा चपाए सरह मानिन्छ। यस कार्यमा अभिभावकले आफ्नो समय व्यवस्थापन गरी विद्यार्थीका गतिविधिलाई शिक्षकमैत्री बनाउनु परम कर्तव्य हो।

हाल सहरी क्षेत्रका अधिकांश संस्थागत विद्यालय र केही मात्र सामुदायिक विद्यालयबाट सञ्चालन भइरहेको अनलाइन कक्षाले माध्यमिक स्तरसम्म अध्ययन गरिरहेका ठूलो संख्याका बालबालिकालाई समेट्न सकेको छैन। यसो भन्नुको अर्थ अनलाइन कक्षा सञ्चालन नगर्नु भनेको होइन। अन्य विद्यार्थीलाई समेत विभिन्न तरिकाबाट शिक्षाको घामको न्यानो तापमा ल्याउनका लागि सरकार (संघीय¸ प्रदेश र स्थानीय) तथा अभिभावकले आफूलाई जिम्मेवार बनाउँदै लैजानु पर्छ।

कतिपय राष्ट्रले सामाजिक दूरी कायम गर्दै विद्यालय शिक्षा सुरु गरिसकेको अवस्थामा यसतर्फ पनि सोच्नुपर्ने अवस्था छ। कोरोना भाइरसका कारण लामो समय लकडाउन गर्नुपर्ने अवस्था कायम रहेमा आर्थिक¸ शैक्षिक तथा अन्य व्यावसायिक गतिविधिलाई समेत सामाजिक दूरी कायम गराई सञ्चालन गर्नुपर्ने हुन सक्छ।

कतिपयले आफ्नो जीवनको अमूल्य हिस्सा शिक्षा क्षेत्रमै व्यतित गरिसकेको सन्दर्भमा स-साना नानीहरुको शिक्षा पाउने र आफ्नो भविष्य सुदृढ गर्न पाउने हकलाई व्यवस्थित गर्न अनलाइन शिक्षा वा अन्य वैकल्पिक उपायको प्रयोग गर्नु अपरिहार्य छ। समाजमा रहेका थोरै संख्याका विद्यार्थीले मात्र अनलाइन शिक्षाको उपभोग गर्न पाएको सन्दर्भमा सबै विद्यार्थीलाई यसको दायरभित्र ल्याई समान अवसर सिर्जना गर्नु राज्यको मूल दायित्व हो।

 (लेखक नेपाल सरकारका सह-सचिव हुन्)

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्