complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ बजेटमाथि दबाब: बचत र लगानी कसरी बढाउने?

64x64
सविन मिश्र बुधबार, जेठ १४, २०७७  ०९:४७
1140x725
फाइल फोटो

काठमाडौं- गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लगानी ३.४ प्रतिशतले खुम्चियो। लगानी मात्रै होइन, कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा बचत पनि घटेको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ बचत २.४ प्रतिशत बिन्दुले घटेर १८.१ प्रतिशतमा आइपुग्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ।

अहिले अर्थतन्त्रको स्थापित चक्र ध्वस्त हुँदा त्यसले बचत र लगानी दुवै प्रभावित हुन थालेको हो। तीव्र आर्थिक विकासको लक्ष्य लिएर अघि बढ्न खोजेको सरकारमाथि त्यसको प्रमुख साधन अर्थात् लगानी कहाँबाट जुटाउने भन्ने दबाब परेको छ। बचत र लगानी दुवै घट्नुको अर्थ हो- देशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा धक्का। 

Ncell 2
Ncell 2
nimb
nimb

लगातार तीन वर्ष उच्च आर्थिक वृद्धिदर हासिल गरेको मुलुकको आर्थिक वृद्धिदर चालु वर्षमा २.३ प्रतिशतमा सीमित हुने देखिएको छ। यसले आम्दानी बढाइरहेको मान्छेको आम्दानी घट्न गयो। 'देशभित्रै आम्दानी घट्यो र भएको आम्दानी पनि उपभोगमा खर्च हुँदा त्यसले बचत कमजोर बनायो,' अर्थशास्त्री केशव आचार्य भन्छन्।
 
चालु वर्षमा सरकारले पुँजीगत खर्च राम्रोसँग गर्न सकेन। निजी क्षेत्रतर्फको लगानी पनि बढ्न नसक्दा त्यसले लगानी घटेको आचार्यको भनाइ छ। 'कानुनी परिवर्तन भए पनि लगानीकर्ता आकर्षित हुन सकेनन्, लगानी बढ्न नसक्नुको कारण यही हो,' उनले भने, 'अहिले पनि मानिसहरु उद्योग चलाउन भन्दा व्यापार गर्न सहज देखिरहेका छन्।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले लगानी र बचत दुवै संकुचित हुँदा त्यसले आगामी आर्थिक वर्षमा समेत कुल गार्हस्थ उत्पादनको वृद्धिदर प्रभावित पार्न सक्ने अर्थशास्त्रीहरुको आकलन छ। भएको रोजगारी गुम्ने, कोरोना संकटका कारण उद्योगधन्दा लामो समयसम्म बन्द हुने र उत्पादन वृद्धि गर्ने क्षेत्रमा सरकारको लगानी नबढ्ने अवस्था आउँदा त्यसले आर्थिक कृयाकलाप नै ठप्प हुने र पैसा चलायमान हुन नसक्ने उनीहरुको बुझाइ छ।

अर्थ मन्त्रालयका पूर्वसचिव डा शान्तराज सुवेदी अहिले बचत घट्नुको प्रभाव अझै केही समयसम्म पर्न सक्ने बताउँछन्। 'अहिले धेरै मान्छेका आयस्रोत घटेका छन्, रोजगारी गुमेका कारण यो अवस्था आएको हो,' उनले भने, 'यसको प्रभाव अझै कति समयसम्म पर्न सक्छ यकिन छैन, तत्कालीन असर देखियो, दीर्घकालसम्म प्रभाव पर्न सक्छ।'

नयाँ बजेटबाट के गर्ने?
सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउँदैछ। बजेटबाट लगानी प्रबर्द्धन र वृद्धि गर्ने तथा निजी क्षेत्रको 'मोरल बुस्ट' गर्ने कार्यक्रम ल्याउनुपर्ने आचार्यको बुझाइ छ। 'हामीले धेरै काम गर्ने भन्यौं, नीतिगत तहमा ती काम पनि भए तर व्यवहारमा देखिएन,' उनले भने, 'एकल बिन्दु सेवा केन्द्र खुल्यो तर काम प्रभावकारी भएन, कम्पनी ऐन संशोधन भयो, झन्झट उस्तै छ।'
 
स्वदेशी निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गर्ने गरी बजेटले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ। 'व्यापार र सेवा क्षेत्रमा केन्द्रित भएका व्यवसायीलाई उद्योगमा लगानी गर्न प्रेरित गर्नुपर्छ,' आचार्य भन्छन्, 'हामी लामो समयदेखि गैरऔद्योगीकरणबाट गुज्रियौं, अब औद्योगिक विकास र सीप विकास गर्नेतर्फ ध्यान दिऔँ।' 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा बिहीबार अर्थमन्त्री वाग्ले र एडीबी... बिहीबार, असोज २९, २०८३
भूकम्पीय जोखिम घटाउन नेपालले ‘क्याट बन्ड’ जारी गर्दै, २९ अर्बसम्म सुरक्षा विश्व बैंकसँगको सहकार्यमा अघि बढाइएको योजनाअन्तर्गत भूकम्पको जोखिम हस्तान्तरण गरी विपद्पछि तत्काल वित्तीय स्रोत जुटाउने व्यवस्था गर्... बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्