काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ।
सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १० औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
भारतमा ४ हजार ३ सय ४९ जनाको संक्रमणपछि मृत्यु भएको छ।
त्यस्तै, भारतमा ६४ हजार २ सय ७७ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना : ५५ लाख ८४ हजार संक्रमित, ३ लाख ४९ हजारको मृत्यु
विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५५ लाख ८४ हजार ९१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ८० हजार ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ३ लाख ९१ हजार २ सय २२, रुसमा ३ लाख ६२ हजार ३ सय ४२, बेलायतमा २ लाख ६६ हजार ५ सय ९६, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३० हजार ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख ४९ हजार ८ सय ९४ पुगेको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९८ हजार ८ सय ७५ को मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३७ हजार १ सय ३०, इटालीमा ३२ हजार ९ सय ५५, फ्रान्समा २८ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २२ लाख ८४ हजार २ सय ४२ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ३ लाख ८४ हजार ९ सय २ जना संक्रमणमुक्त भएका छन्।
जर्मनीमा १ लाख ६१ हजार ९ सय ६७, ब्राजिलमा १ लाख ५८ हजार ५ सय ९३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ७ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार एकैदिन ९० जनामा संक्रमण पुष्टि भएको थियो।
नेपालमा संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।