• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विसर्जनको संघारमा नेपाल रेडक्रस अभियान

जगदिश भट्टराई ⁄ दीपक घिमिरे बुधबार, जेठ १४, २०७७  ०८:३२
1140x725

विगत एक वर्षभित्र भएका प्रशासनका निर्णय र अदालतको सहुलियतपूर्ण आदेशको अवज्ञा र अपहेलना गर्दै मनोमानी र स्वेच्छाचारी ढंगबाट संस्था सञ्चालन गर्न खोज्दाको परिणाम आजका दिनसम्म आइपुग्दा नेपाल रेडक्रस सोसाइटी डरलाग्दो विवादको कुचक्रमा फसेको छ। जुन संस्थाको ५५ वर्षे इतिहासमा सबैभन्दा संकटको घडी हो।

कानुनी जटिलता, पूरा गर्न नसकेका नियमित प्रशासनिक दायित्व, आन्तरिक विवाद, नातावाद, कृपावाद, सांगठनिक सिन्डिकेट आदिका कारण नेपाल रेडक्रस विघटनको संघारमा पुगेको आभास हुन थालेको छ। वर्तमान नेतृत्व पंक्तिको हेलचक्र्याइँ, व्यक्तिगत स्वार्थपूर्ति र मनोमानीको कारण भएको संस्थागत क्षयीकरणको क्षतिपूर्ति कसरि हुन सक्छ?

स्वभाविक रुपले रेडक्रसमा भएको क्षतिको लागि कुनै न कुनै रुपले संगठनभित्रका सबै पक्षले जिम्मेवारी लिनुपर्छ। तर यसको अस्तित्वमाथि नै धावा बोल्न मिल्ने गरी भएको क्षतिको भने सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय कार्यसमितिले लिनुपर्छ। बाँकी हिसाब भविष्यले गर्ने नै छ।

यसको अर्थ अहिलेसम्म रेडक्रसमा जे-जे भएको छ, ती पटक्कै स्वाभाविक छैनन् र सबै कुरा नियतवश गरेको देखिन्छ। आन्तरिक लोकतन्त्रको प्रयोग भयो कि भएन, हेरिएको छैन। तर, पूर्व कर्मचारी र पदाधिकारीले रेडक्रसको कुप्रचार गरे भनिन्छ। छापाको सूचनाको स्रोत गोप्य राख्न पाउने हकको उपहास गरिन्छ।

संस्था नवीकरण गराउनुपर्ने, लेखा परीक्षण गराउनुपर्ने, सम्पत्ति व्यवस्थापन गरी कर बुझाउनुपर्ने, सवारी साधन नवीकरण गर्नुपर्ने, समाजकल्याण परिषदबाट गराउनुपर्ने जस्ता आधारभूत दायित्वहरुको कहिल्यै पनि बोध नहुने कार्य संस्थाका नेतृत्व तथा पदाधिकारीहरुबाट भइरह्यो। तर त्यसको व्यवस्थापनको लागि समन्वय गर्ने र पारदर्शी संस्था बनाउनेतर्फ कहिल्यै ध्यान गएन। संस्थाकै साधन स्रोत, शक्ति र सत्ताको प्रयोग गरी संस्था चलाउन खोजियो। जसले गर्दा संस्था हाल गम्भीर संकटमा परेको छ।

रेडक्रसको विकृति, विसंगति, भ्रष्ट्राचार तथा अनियमितताका सन्दर्भमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) ले समेत अधिल्लो वर्ष सन् २०१८ मा Scooping mission र दोस्रोपटक अनुपालन तथा मध्यस्थता समिति (CMC) गठन गरी नेपाल पठायो। Scooping mission ले के छानबिन गर्‍यो र के कारबाही गर्‍यो, थाहा छैन। अनुपालन तथा मध्यस्थता समिति (CMC) को रिर्पोटले भने थप छानबिन गर्नुपर्ने ठहर गरेको छ।

यसबीचमा रेडक्रसको अनियमितता तथा भष्टाचारको सन्दर्भमा नेपाल सरकारका तर्फबाट धेरै छानबिन समिति गठन भए। प्राय सबै छानबिन समितिले अनियमितता, भष्टाचार भएको र वैदेशिक सहायता लगायतका सन्दर्भमा अपारदर्शी भएकाले वर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई निश्चित अवधिसम्म संस्थामा प्रतिवन्ध गर्दै विघटन गर्न सुझाब दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आन्तरिक रुपमा छताछुल्ल भएको रेडक्रसको विवादलाई देशभित्रै मिलाउन छोडेर राज्यका नियमनकारी निकायको दायित्वलाई बेवास्ता गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) को अनुपालन तथा मध्यस्थता समिति (CMC) लाई वास्तविक वस्तुस्थितिको अपव्याख्या गरी विवादमा छिराउने काम नेपाल रेडक्रस सोसाइटीले गर्‍यो। CMC ले वास्तविक र गर्नु पर्ने छानबिनलाई महत्त्व नदिई दैनिक प्रशासनिक कुरामा ध्यान दिएर मूल मुद्दालाई आझेलमा पारेको देखिन्छ।

रेडक्रसको विकृति, विसंगति, भ्रष्ट्राचार तथा अनियमितताका सन्दर्भमा प्रतिवेदन बोल्दैन । समस्याको दीर्घकालीन समाधानको उपाय खोजेको देखिँदैन। कुनै नाम मात्रको संक्रमणकालीन समिति (Transitional committee) को भेषमा आफ्नो अनुकूलका मानिस राखेर सरकार तथा परिवर्तनकारी शक्तिको आँखामा छारो हालेर स्वार्थपूर्ति गर्न खोज्नु कतै सरकारी निकायहरुलाई पनि झुक्याउन सक्छु भनी देखाउन खोजेको दम्भ त होइन?

रेडक्रसमा अधिकांश कर्मचारी र स्वयंसेवक वृत्तिविकास र अन्य सांगठनिक गतिविधिबाट वञ्चित छन्। संगठन ठूलो देखिए पनि आज रेडक्रसकर्मीको त्याग, लगाव र योगदानको उचित प्रयोग र मूल्यांकन हुन सकेको छैन। यसको विरुद्धमा बेला बखतमा आवाज नउठेको पनि होइन तर यस्ता प्रयास सार्थक हुन सकेको छैन। अवसरको असमान वितरण झनै चर्किएको छ। निश्चित व्यक्तिको आजन्म पदलोलुपताको चक्रव्यूहमा फसेको रेडक्रसको संगठन र व्यवस्थापन आम रेड्क्रस प्रेमी कार्यकर्ताका लागि कसिलो चुनौती बनेको छ। जसले यसको मानवीय सेवाको चरित्र नै बदलिदिएको छ।

नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुले विकृति, विसंगति तथा भ्रष्टाचारको सन्दर्भमा खुलेर कुरा गर्न सक्दैनन्। कर्मचारीहरुको छोटो समयको करार अवधि हुने बोले म्याद थप नहुने। ४०-५० हजारको जागिरबाट काठमाडौंमा डेरा गरी छोराछोरी पठाउँदै जेनतेन जीवन गुजारेका कर्मचारीहरुले विकृति, विसंगति तथा भ्रष्टाचारको सन्दर्भमा बोल्न सक्ने अवस्था पनि भएन। जहाँ जागिरबाट निकाल्न कुनै कारण पनि चाँहिदैन। साथै, पदाधिकारी स्वयंसेवकले समेत बोल्न सक्ने अवस्था छैन, विधानको सेण्डिकेट यस्तो छ, केन्द्रीय नेतृत्वका पदाधिकारीहरुले चाहे अनुरुपको निर्णय गर्न सक्छन्। तसर्थ उनीहरुको शक्ति दुरुपयोगको कारण बोल्न सक्दैनन्।

हाम्रा एक गन्यमान्य पदाधिकारी स्वयंसेवकले भन्नुभयो- म बोल्न पनि सक्दिनँ, नबोली बस्न मन मान्दैन। तर ओहोदाको कारणले मैले मान्नुपरेको नेतृत्व वर्गहरुको असीमित आकांक्षा र आशक्तिको आम प्रचारले मानिस सामु आफ्नो परिचयमा जोडिने रेडक्रसको बिल्लामाथि नैतिक प्रश्न उठेको आभास हुन्छ। कतैकतै त यस्ता प्रश्नहरुको सामना गर्नुपर्छ कि लाजले टाउको नै निहुर्‍याउनुपर्ने अवस्था हुन्छ।

यसबाट यहाँ एउटा प्रश्न उठ्छ, एउटा रेडक्रसकर्मी कस्तो हुनु पर्छ?

रेडक्रसको आधारभूत सिद्धान्तलाई हेरेर भन्ने हो भने मानवीय सेवाभावले ओतप्रोत भएको र रेडक्रसका सात सिद्धान्तमा पूर्णतया निष्ठावान, आफ्नो संस्था र आम सेवाग्राहीप्रति पूर्ण जवाफदेही, सार्वजनिक भलाइमा आफूलाई समर्पण गरेको, सामूहिक भावना र पारदर्शितामा बिश्वास गर्ने हुनुपर्दछ । यसका साथै हरेक मानिसप्रति समभाव राख्ने इमान्दार आचारण भएको, नैतिकता, विनम्रता र आडम्बररहित हुनुपर्दछ।

तर नेपाल रेडक्रस सांगठानिक दृष्टिले मजबुत भए पनि केन्द्रीय नेतृत्वपंक्तिमा देखिएको विचलन र आधारभूत सैद्धान्तिक दृष्टिले गिर्दो सम्मानका साथ निकै अप्ठ्यारो मोडमा आइपुगेको छ।

हाल नेपाल रेडक्रसभित्र विकास भएको एउटा एकात्मक पद्धतिको कुचक्रमा फसेका धेरै स्वयंसेवकहरु परिवर्तन अभियानको नेतृत्वसँग बारम्बार सम्पर्कमा आई आफ्ना गुनासाहरु पोख्ने गरेका छन्। जुन कुरा उनीहरु खुल्ला रुपमा व्यक्त गर्ने हिम्मत राख्दैनन्। त्यसबाट वर्तमान नेतृत्वप्रति उनीहरुको असन्तुष्टि प्रष्ट हुन्छ। वर्तमान नेतृत्व अनन्तकालसम्म पद आफ्नो पोल्टामै पारिराख्ने दुस्वप्न पालेर त्यसो गर्न जे जति सकिन्छ, त्यो सबै गर्नुपर्छ भन्ने मान्यता राख्दछ। परिवर्तनको वर्तमान वहावका विरुद्ध उभिन अब यो वर्तमान नेतृत्वपंक्तिलाई चुनौतीपूर्ण मात्र होइन, असम्भव नै भइसकेको छ।

सञ्चारको पहुँच र बढ्दो चेतनाका कारण आम रेडक्रसकर्मीको बुझाइ र मानवीय संवेदनाको भाव फराकिलो बन्दै गएको छ। कतिपय देशमा आपतकालीन स्वस्थ्य सेवाको सम्पूर्ण जिम्मेवारी पाएको रेडक्रस ठूलाठूला अस्पताल व्यवस्थापनमा समेत अब्बल साबित भएका छन्। समयक्रमसँगै मानवीय सेवाको विश्व नायक बनिसकेको छ।

तर नेपाल रेडक्रसमा भने विगत दशकदेखि नै संरचना र स्रोत साधन र संगठनमा समेत व्यापक क्षयीकरण भएको छ। राजनीतिक व्यवस्था परिवर्तन र अन्य सामाजिक व्यवस्थापनमा व्यस्त नेपाल सरकारले पनि यतातिर खासै ध्यान पुर्‍याउन सकेन । फल स्वरूप यस मानावीय संस्थाभित्र अकल्पनीय विचलन संस्कृतिकै रुपमा स्थापित भएर गएको छ।

आफूमा भएको ज्ञान, सीप र क्षमताको दोहन र दुरुपयोग भएको कुरामा कतिपय स्वयंसेवक र कर्मचारी अनभिज्ञ छन्। यसले गर्दा रेडक्रसको मर्म माथिको निर्दयी प्रहार थप उक्सिएको छ। आम रेडक्रसकर्मी स्वयंसेवक र कर्मचारीको सन्तुष्टिको आधार भनेको उनीहरुकै संलग्नतामा भएको गुणस्तरीय मानवीय सेवा नै हो। तर वर्तमान नेतृत्वपंक्तिको सीमाविहीन पद भोगको अभिष्टले यसलाई कुठाराघात गरेको छ। उनीहरुको लोकप्रियता करिब शून्य बराबर छ। यो धेरै स्पष्ट कुरा हो कि आम स्वयंसेवकको सन्तुष्टि मात्रै रेडक्रसको लोकप्रियताको  मुख्य आधार हो।

गत २०७६ चैत मै १ वर्षे थप म्याद पनि गुजारी सकेको केन्द्रीय समितिले आफू अनुकुल व्याख्या गरी अन्तिम विकल्पको रुपमा अपनाएको म्याद थप पनि निर्वाचन गराउन नसकेको अवस्थामा आगामी जेष्ठ मसान्तमा स्वतः समाप्त हुँदैछ। यस संकटपूर्ण परिस्थितिमा चुनाव गराउन असम्भवप्राय छ।  अतः आगामी जेष्ठ मसान्तबाट वर्तमान केन्द्रीय कार्यसमितिको कार्यावधि प्राकृतिक रुपमै समाप्त (Natural Death) हुन जान्छ।

यस परिघटना सँगसँगै आजका दिनमा वर्तमान रेडक्रस केन्द्रीय कार्यसमितिका अगाडि दुईवटा मात्रै विकल्प बाँकी छन्। यथास्थितिमै विधानको अपव्याख्या गरी पदमा निरन्तर बसेर बेथिति र विसंगतिलाई संस्थागत गर्दै नेपाल रेडक्रस अभियानको विसर्जनको मार्गमा जाने? वा, सर्वोच्च अदालतले दिएको अवसर उपयोग गर्न असमर्थ भई संस्थाका आधारभूत सूचकहरु समेत  व्यवस्थित गर्न नसकेको अबस्थालाई स्वीकार एवं मनन गर्दै प्राकृतिक विसर्जन हुनु अगाबै स्वःस्फूर्त रुपमा नेतृत्व हस्तान्तरण गरेर रेडक्रसको परिवर्तन पक्षधरहरुलाई भविष्यको मार्ग प्रशस्त गर्ने र रेडक्रसलाई एउटा उपयुक्त गतिशीलता दिने?

यस अगाडिको रेडक्रसको भविष्य यिनै विकल्पमा निहित छ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ०८:३२
  • #रेडक्रस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक आइतबार, असोज ४, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्