• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा

64x64
रासस सोमबार, जेठ १२, २०७७  ०९:१५
1140x725
व्यासीहरु आफ्ना लालाबाला, पशुचौपायासहित भारतीय बाटो हुँदै नेपालको कालापानी नजिकका छांगरु र तिंकर गाउँ फर्किँदै। फाइल तस्वीर : नरेन्द्रसिह कार्की/रासस

दार्चुला- सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयबासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, ‘फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा)।’ 

चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ। उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ। हिमाली क्षेत्रको चिसो हावा र बिहान घामको झुल्कोसँगै यहाँको प्राकृतिक सौन्दर्य। शान्त वातावरण। सुनसान जङ्गलभित्रको घनाबस्ती। गाउँ वरिपरि फूलझैँ फक्रिएका सल्लाका रुखहरू। यो ठाउँमा बस्नेलाई लाग्छ, ‘हामी स्वर्गको नजिकै छौं।’

आकाश खुलेपछि अरु गाउँ देख्न सकिँदैन, त्यही अपिनाम्पा हिमालका चुचुरा। कैलाश मानसरोवरको दर्शन। कैलाश गुफा र अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जो कोहीलाई स्वर्गको अनुभूति हुन्छ। 

सदरमुकाम खलङ्गाबाट ९० किलोमिटर टाढाको बस्ती। बिहान घामको राप र बेलुकी बत्तीको उज्यालोले झिलीमिली। गाउँभरि ठड्याइएका बिजुलीका पोलहरू। बाटोहरू चिटिक्क परेका चिल्ला। वर्ष दिनलाई पुग्ने गरी दाउराको जोहो। पहाडका खोँचमा निर्माण गरिएका अग्ला घरहरू माटोले चिटिक्क परेका र टल्किएका। 

खेती गर्न हाते ट्र्याक्टर। सङ्घसंस्थाका बोर्डहरू। सीमापारी भारतीय क्षेत्र र उत्तरपट्टि चीनको ताक्लाकोट शहर नजिकै। पाँच छ घण्टाको सीमासम्मको हिँडाइपछि चीनसम्मको सहज यात्रा। घोडा खच्चड, याक र चौंरीहरू। 

यसरी हेर्दा लाग्छ यो बस्ती विकट छैन। दुर्गमताको आभास छैन। लहरै फलेका स्याउ, हरियो तरकारी, उवा, फापर, आलू फल्ने ठाउँ छ। फूलैफूलको संसारमा बसेको अनुभूति जो कोहीलाई पनि हुन्छ। तर जति सुन्दर देखिन्छ यो क्षेत्र, त्यहाँ बसोबास गर्नेको पीडा त्योभन्दा कम छैन।

१० दिनदेखि सौका कुञ्चा बाटोमै
व्यास गाउँपालिका–१ छाङ्रुका अञ्जु बोहरा सदरमुकाम खलङ्गाबाट गाउँ जान हिँडेको १० दिन भयो। नेपालकै बाटो भएर गाउँ जाने सोचसहित पशुचौपाया लिएर गएका थिए। सामान्यतया नेपालकै बाटो भएर बढीमा पाँच दिनमा गाउँ पुगिन्छ। एक सातासम्मको तयारी गरी रासन बोकेर गएका बोहरा १० दिनसम्म गाउँ पुग्नु त कता आधा बाटो नि पुग्न सकेनन्। नेपालतिरै बाटो बन्ला भन्ने आशामा गएका छाङ्रुका कुञ्चा १० दिनसम्म पनि तम्बाकु क्षेत्रमै अड्किएका छन्। गाउँपालिकाले यो क्षेत्रमा घोरेटोबाटो मर्मतको काम गरिरहेको थियो तर तम्बाकु मौरा भेल क्षेत्रका कडा चट्टानमा बाटो बनाउन नसक्दा व्यासी कुञ्चाले माथि उक्लिन नसकेका हुन्। 

भारतीय बाटो भएर यही जेठ ८ गते हिँडेको कुञ्चा गब्र्याङ पुगेको छ। नेपालतिर बाटो खुल्ने अवस्था नभएपछि रङ समुदायले भारतीय सरकारसँग पहल गरेर महाकाली नदीमा अस्थायी काठेपुल लगाएर नेपाल भएर गएका कुञ्चा पनि भारत हुँदै गाउँ जाँदैछन्। दुवैतर्फको आपसी सम्बन्धको हिसाबमा भारतीय क्षेत्रमा रहने सौका समुदायले जिम्मेवारी लिने गरी छाङ्रुका कुञ्चालाई भारतीय बाटोमा प्रवेश दिइएको व्यास–१ का स्थानीय विमल बोहराले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरूको स्वास्थ्य परीक्षण गर्दै भारत प्रवेश गराइएको छ। तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपुल लगाइएको छ। छाङ्रुका कुञ्चा तम्बाकुभन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताउँछन्। 

भारतको धार्चुला हुँदै गएका तिङ्कर समुदायका पशुचौपाया आइतबार बेलुकी बुदी पुगेका छन्। विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो तर यो पटक बन्दाबन्दीका कारण अनुमतिबिनै उनीहरू गाउँ गएका हुन्। 

भारतीय विधायक हरिशसिंह धामी तथा भारतीय रङ समुदायले सहजीकरण गरेपछि उनीहरू गाउँ जान पाउने भएका हुन्। भारतको छायालेकभन्दा माथिल्लो क्षेत्र ‘नोटिफाइ’ क्षेत्र हो। यो क्षेत्रमा प्रवेशका लागि भारतीय पक्षले सहजीकरण गरिदिएको बोहरा बताउँछन्। उनले भने, ‘अब दुई दिनपछि सबै कुञ्चा व्यास पुग्छन्। उनीहरू नेपाल भारत जोड्ने सीतापूल हुँदै गाउँ प्रवेश गर्नेछन्।’

व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करी व्यासीहरूले यो पटक जस्तो गाउँ पुग्न दुःख कहिल्यै भोग्नु नपरेको बताउँछिन्। ‘हाम्रा जनताले गाउँ पुग्न पाएका छैनन्,’ उनले भनिन्, ‘जनता बीच बाटोमै अलपत्र छन्, सरकारले नेपालतिर बाटो खोल्छ भन्छन् तर कहिले खोल्ने हुन्?’ नेपालले आफ्नो भूमि भएर गाउँ जान बाटो नबनाउँदा केही नागरिक भारतीय बाटो भएर गए। एक साताका लागि बन्दोबस्ती रासन लिएर गएका कुञ्चाले खान पाएका छैनन्। दुम्लिङ आएर रासन खान बाध्य छन्। 

‘सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्नु ठिक हो,’ उनले भनिन्, ‘तर आफ्ना जनता गाउँ पुगेका छन् कि छैनन् भनेर हेर्नुपर्छ कि पर्दैन? पुर्खादेखि जनताले भूमि रक्षा गरेका छन्। अहिले केही भारतबाट व्यास गएका छन्‚ केही नेपालबाट गएकाहरू बीच बाटोमै समस्यामा छन्।’

उनका अनुसार अहिले सम्बन्धका हिसाबले सात आठ महिनापछि गाउँ जान पाउँदैछन्। ‘खेतिपाती लगाउने समय सकियो। यार्सा सङ्कलनमा रोक लगाइएको छ। सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ। यस्तो अवस्थामा व्यवसायले गाउँमा कसरी बस्ने? के खाने? सरकारले तत्काल खाद्यान्न आपूर्ति व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।

कसरी बन्यो बाटो, के खान्छन् व्यासी?
हेर्दा स्वर्ग झैँ लाग्ने व्यास–१ छाङ्रु र तिङ्करका नागरिकहरूको जीवन कसरी चलेको छ? धेरैले यसतर्फ सोधिखोजी गरेका छैनन्। आफ्नो भूमि भएर जाने बाटो बन्द भएको डेढ दशक भयो। 

व्यासका स्व बहादुरसिंह ऐतवाल नगेन्द्रप्रसाद रिजाल मन्त्रिमण्डलमा सहायक राज्यमन्त्री थिए। दार्चुलाको व्यासी सौका समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति ऐतवालले दार्चुलादेखि व्यासको तिङ्करसम्म घोरेटो बाटो निर्माणको सुरुआत गरेका थिए। त्योबेला पञ्चायती व्यवस्था हुँदा सुरु भएको घोरेटो बाटो सशस्त्र द्वन्द्वको समयअघिसम्म राम्रै चलेको थियो।

झण्डै ०४०/४५ सालसम्म यो बाटो भएर भारतीय नागरिकहरू समेत आवतजावत गर्थे। भारतका सात गाउँ बुदी, गब्र्याङ, नपलचु, गुञ्जी, नावी, राकाङ, कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीहरूसमेत नेपालकै बाटो प्रयोग गर्थे। नेपालतिर महाकाली नदी किनारै किनार घोरेटो बाटो थियो। चीनको ताक्लोकोटसँग सीधा व्यापार सम्पर्क थियो। ‘सजिलै ताक्लोकाटको सामान खलङ्गा आइपुग्थ्यो,’ सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय व्यासमै जागिर गरेका पूर्व कर्मचारी भवानसिंह ठगुन्नाले भनिन्, ‘घोरेटो बाटो कहीँ अवरुद्ध थिएन।’ 

पञ्चायत कालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत घोरेटो बाटो निर्माण भएको हो। बाटो राम्रो थियो। द्वन्द्वकाल अघिसम्म व्यापारको हिसाबले पनि यो बाटो राम्रो थियो। तर द्वन्द्वपछि भन्सार कार्यालय हट्यो। बाटोमा हिँड्न डर थियो। घोरेटो बाटो मर्मत हुन सकेन। अहिले आएर यो बाटो पूर्णरूपमा बन्द हुन गएको ठगुन्ना बताउँछिन्।

यही बाटो भएर ताक्लाकोटको सामान २०५८ अघिसम्म दार्चुलासम्म पुग्थ्यो। त्यो बेला तिङ्करदेखि खलङ्गासम्मको भाडा मात्रै एक सय रुपैयाँ प्रतिकिलो थियो। अहिले नेपालतिर बाटो नै छैन। यहाँका स्थानीयबासीले चीन र भारतबाट खाद्यान्न निर्यात गर्दै खाने गरेका छन्। पैसा हुनेले ६ महिनाका लागि पुग्नेगरी खलङ्गाबाटै घोडा खच्चडमा खाद्य सामग्री लैजाने गरेको व्यासका स्थानीयबासी विमल बोहरा बताउँछन्। ‘गरीबलाई खाद्यान्नको निकै समस्या छ। भारतीय सरकारले गर्दा केही राहत थियो। अहिले त्यो अवस्था रहन्छ रहँदैन थाहा छैन,’ उनले निराशा व्यक्त गर्दै भने।

उनका अनुसार विगतमा भारतीय पक्षसँगको सुमधुर सम्बन्धमा खाद्यान्न किनिन्थ्यो। चीनले दिने अनुदान सहयोगमा खाद्यान्न पुग्थ्यो तर तीन चार वर्षयता चीनले दिने सहायता रोकेको छ। अहिले नेपालतिर खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन। ‘बाटोघाटो बन्यो भने घोडा खच्चडमार्फत ढुवानी गर्न मिल्ने हो,’ उनले भने, ‘हामीसँग अहिले उवा फापर थोरै हुन्छ। अहिलेको समयमा भने व्यासीले के खाने कसरी जीविका चलाउने चिन्ता छ।’

व्यासी सौका समाजका अध्यक्ष तिङ्करी राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्ने बताउँछन्। ‘अहिलेसम्म हामीले चीन र भारतबाट किनेर खायौं, अहिले बन्दाबन्दीले त्यो क्षेत्रबाट ल्याउन सकिने अवस्था पनि छैन। सरकारले नागरिक गाउँ गएपछि तत्काल खाद्यान्न ढुवानी गर्नुपर्छ,’ उनले भने। अहिलेको अवस्थामा खाद्यान्न पुर्‍याउन नसके व्यासी नागरिकलाई खाद्यान्न समस्या हुने उनको भनाइ छ।

यो क्षेत्रमा वर्षमा एक पटकमात्रै खाद्य बाली लगाइन्छ। यो क्षेत्रमा आलु, फापर, निप्पल, कोदो, उवाजस्ता खाद्यबाली उब्जनी हुने गरेको छ। व्यास–१ छाङ्रुमा १ सय १५ तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ। यो क्षेत्रमा एक हजार २ सयको हाराहारीमा जनसङ्ख्या रहेको छ।

सात महिनापछि गाउँको ढोका खुल्दै
गत कात्तिक अन्तिमतिर छाङ्रु र तिङ्करका स्थानीयबासी पशुचौपायासहित खलङ्गा झरेका थिए। हिमपात हुन थालेपछि खलङ्गा झरेका व्यासीहरू वैशाख महिनामै व्यास उक्लनुपर्ने हो तर यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैतर्फ सीमानाका बन्द भएपछि उनीहरूको कुञ्चा जेठ पहिलो सातामात्रै सरेको छ। 

बन्दाबन्दीका कारण सिमानाका नखुल्दा उनीहरूको कुञ्चा ढिलाइ भयो। नेपालतिर बाटो छैन। बाटो मर्मत गर्न सुरु गरे पनि अहिले कुञ्चा सर्नसक्ने अवस्था रहेन। व्यास  तिङ्करको कुञ्चा भारतीय मार्ग हुँदै गाउँ गएको छ भने छाङ्रुको कुञ्चा नेपालको आधा बाटो र त्यसपछि महाकाली तरेर भारत हुँदै गाउँ उक्लिएको हो। 

‘कुञ्चा गाउँ नजिकै पुग्दैछ,’ कुञ्चा गएका दानसिंह तिङ्करीले भने, ‘एक दुई दिनमै गाउँ पुग्छौं।’ पशुचौपाया र लालाबालासहित उनीहरू गाउँ गएका हुन्। गाउँबाट फर्किँदा ढोकामा ताला लगाएर आएका हुन् व्यासीहरू। ‘पूरै गाउँ भगवान् भरोसामा छोडिएको हुन्छ,’ तिङ्करी भन्छन्, ‘गाउँभरि एक जनामात्रै गाउँ हेरालु हुन्छन्। हिमपातले गर्दा पूरै गाउँ ढाकिएको हुन्छ। अहिलेसम्म चोरी भएको छैन।’

यही जेठ ८ गते दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल भएर छाङ्रु र तिङ्करका ११४ पुरुष, ७३ महिला र आठ बालबालिका गरी १ सय ९५ जना गाउँ फर्किएका छन्। उनीहरूसँगै २ सय ८४ पशुचौपाया गाउँ गएका छन्। व्यास छाङ्रुको पशुचौपाया र केही स्थानीयबासी भने नेपालकै बाटो भएर गाउँ गएका छन्। उनीहरूको तथ्याङ्क प्राप्त भएको छैन। 

व्यासीको सडक सपना 
व्यासीहरूलाई नेपालकै बाटो भएर गाउँ जाने रहर भने अहिलेदेखिको होइन। आर्थिक वर्ष ०६४/०६५ मा दार्चुला-तिङ्कर सडक सुरु भएसँगै व्यासीहरूलाई आफ्नो भूमि भएर गाउँ जाने सपना थियो। सडक बन्ला, व्यासमा फलेको स्याउ दार्चुला र तराई क्षेत्र जाला, आलु, उवा, फापर बजारमा लगेर र खलङ्गाबाट स्वदेशकै बाटो भएर खाद्यान्न ढुवानी गर्ने व्यासीहरूको सपना थियो। 

व्यासका स्थानीयबासी जीतबहादुर बोहरा नेपालको सडक सुरु भएपछि आफूले व्यासमा स्याउ खेती सुरु गरेको सम्झन्छन्। उनले भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर स्याउ खेती गरेका हुन्। अहिले उनकै मात्र ३० क्विन्टलभन्दा बढी स्याउ फल्छ। हजारौं बोट स्याउ व्यासमा फलेका छन् तर सडक नहुँदा बर्सेनि स्याउ कुहिएर जान्छ, उत्पादनले बजार पाएको छैन। 

अहिले व्यास क्षेत्रमा अन्य व्यक्तिले पनि स्याउ खेती सुरु गरेका छन्। नेपालको सडक बनेपछि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने भन्दै उनले लाखौं रकम खर्च गरेर काठै काठबाट निर्मित घरहरू बनाएका छन्। कैलाश मानसरोवर दर्शन गर्न जाने बाटोमै उनको घर पर्छ तर उनले सोचेअनुसार सडक बनेको छैन। सडक नबन्दा उनीमात्र होइन सम्पूर्ण व्यासी निराश छन्। 

सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सडकले गति लिएन। सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका सुनसेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खुल्न १२ वर्ष लाग्यो। व्यासको सडक सपना अधुरै रह्यो। अहिले सरकारले गत वैशाख १४ गते व्यास–२ माल नजिकैबाट चीनको ताक्लाकोट जोड्ने गरी निर्माण हुने महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनामार्फत बनाउने जिम्मेवारी दिएको छ। सेनालाई बाँकी सडकको काम दिएपछि व्यासीमा व्याससम्म सडक पुग्ने विश्वास जागेको छ। अहिले सेना व्यासको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुटेको छ। सेनाले छिट्टै सडक निर्माणको काम पनि सुरु गर्ने तयारी गरेको छ। (राससका लागि नरेन्द्रसिंह कार्की)

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०९:१५
  • #व्यासी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्