• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

९ महिनाको मौद्रिक समीक्षा : पूरा हुन सकेन लक्ष्य

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  १८:००
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार लिएको लक्ष्यमध्ये अधिकांश पूरा हुने सकेको छैन। नौ महिनाको अवधिमा पूरा हुन नसकेको लक्ष्य बाँकी तीन महिनामा पनि कोरोनाको कारणले पूरा हुन सक्ने अवस्था छैन। मौद्रिक नीतिले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई ६ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको थियो। 

चालु आवको नौ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ६.५३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। तरकारी मसला फलफूल दाल तथा गेडागुडी शिक्षा स्वास्थ लुगा तथा जुत्तालगायतको मूल्यमा भएको वृद्धिका कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न गएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

मौद्रिक नीतिले कम्तिमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएको थियो। लकडाउनका कारण आयात रोकिँदा नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा धेरै समयको सामान तथा वस्तु आयात गर्न सक्ने सञ्चिति रहेको छ। चैत मसान्तमा रहेको विदेशी विनिमय सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रहेको छ। यसले १०.७ महिनाको वस्तु तथा आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकको आँकलन छ। 

मौद्रिक नीतिले नेपाल सरकारले तय गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पुर्‍याउने गरी आवश्यक मौद्रिक तरलताको व्यवस्था गर्ने लक्ष्य लिएको थियो। तर केन्द्रीय तथ्याङ्क विभागले यस वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमात्रै रहने प्रक्षेपण गरिसकेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा कुल आन्तरिक कर्जा १६.८ प्रतिशत र मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५.४ प्रतिशतले बढेको छ। 

मौद्रिक नीतिले विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १८ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिएको थियो। वार्षिक बिन्दुगत आधारमा चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १५.३ प्रतिशतले बढेको छ। त्यस्तै मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तारको सीमा २१ प्रतिशत राख्ने लक्ष्य लिएको छ। नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले नौ महिनासम्ममा सम्पन्न गरेका प्रमुख कार्यहरू 
मौद्रिक व्यवस्थापन, आर्थिक वर्ष २०७६/७७ को चैतमसान्तसम्ममा राष्ट्र बैंकले ५८ अर्ब तरलता प्रशोचन गरेको छ। चैत मसान्तसम्ममा राष्ट्र बैंकले १८६ अर्ब ८३ करोड तरलता प्रवाह गरेको छ। यसमध्ये रिपोर्टमार्फत ११३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधा मार्फत ७३ अर्ब ६ करोड प्रवाह गरेको छ।

यसैगरी विदेशी विनिमय बजार ‘वाणिज्य बैंकहरू’बाट दुई अर्ब ६७ करोड अमेरिकी डलर खरिद गरी ३०५ अर्ब ८६ करोड खुद तरलता प्रवाह गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी विनिमय व्यवस्थापन, कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १०३८ अर्ब ९२ करोड रुपैयाँबाट ११.३ प्रतिशतले वृद्धि भई २०७६ चैत मसान्तमा ११५५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तको तुलनामा २०७६ चैतमसान्तमा ९३ अर्ब ६४ करोड रुपैयाँले वृद्धि भई ९९६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७६/७७ को चैत महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

मर्जर तथा प्राप्तिको परिणामस्वरुप नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७६ चैत मसान्तमा १६२ कायम भएको छ। यसमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त विकास बैंक र पूर्वाधार विकास बैंकहरुको संख्या क्रमशः २७, २३, २२, ८९ र १ रहेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७६ चैत मसान्तसम्ममा कुल १८७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्राप्ति प्रकृयामा सामेल भएका छन्। यसमध्ये १४२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४५ संस्था कायम रहेका छन्।

Xtrem

Xtrem

वित्तीय सेवाको माग पक्षलाई सुदृढीकरण गर्न वित्तीय साक्षरता कार्यक्रम र विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। यस आर्थिक वर्षको २०७४, चैत मसान्तसम्म २४ वटा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन भइसकेका छन्।

यसबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका महिला, गरीब, विद्यार्थी तथा पिछडिएका वर्गका सर्वसाधारण लाभान्वित भएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको अनुसन्धान विभागले मुलुकको प्रमुख आर्थिक तथा वित्तीय सूचकाङ्कहरूको जानकारी दिने मासिक प्रकाशन 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' को २०७६ चैतको अङ्क सार्वजनिक गरेको छ। यसैगरी वित्तीय पहुँचको स्थिति, विप्रेषण आप्रवाहको स्थिति, वैदेशिक व्यापार प्रवृत्ति, साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालनसम्बन्धी अध्ययन प्रतिवेदनहरू पनि सार्वजनिक गरिएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्