काठमाडौं– आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशलाई नेपालले ५३ रनको लक्ष्य दिएको छ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो।
नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन्। अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।