• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आफ्नो छवि जोगाउनकै लागि पनि मोदीले नेपाली भूमि फिर्ता गर्नुपर्छ : पद्मा अर्याल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  ०९:०९
1140x725

बुधबार नेपालले लिम्पियाधुरा,  लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्‍यो। केही दिनअघि मन्त्री परिषद्ले पास गरेको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले औपचारिक रुपमा सार्वजनिक गरेपछि भारतले  पनि प्रतिक्रिया दिएको छ। यही सन्दर्भमा मन्त्री पद्मा अर्यालसँग डिबी  खड्का र लिलु डुम्रेले गरेको संवाद:

लिम्पियाधुरा,  लिपुलेक र कालापानी सहितको पूर्ण नक्सा हामीले पाएका छौं। पूर्ण नक्सा सार्वजनिक गर्ने अवस्थासम्मको समयलाई कसरी स्मरण गर्नुहुन्छ?
आजको दिनसम्म आइपुग्दा म धेरै खुसी छु। विगत लामो समयदेखि थाति रहेको नेपालको भूभाग नक्सामा समावेश गर्ने विषय धेरै महत्वको कुरा हो। लामो समयदेखि छुटेको विषयलाई आज सम्वोधन गर्ने अवसर मैले प्राप्त गरें।

नक्सा सार्वजनिक हुनुको पछाडि आम नेपाली जनता, सबै राजनीतिक दलका शीर्ष नेता, सञ्चारकर्मी, अभियन्ता, विज्ञलगायत सबैको महत्वपूर्ण भूमिका छ। विज्ञहरुसँग हामीले अन्तक्रिया पनि गरेका थियौं। पूर्ण नक्सा सार्वजनिक गर्न अभियन्ताहरुको अभियान पनि थियो। सबैका भावनाहरु समेट्दै जनभावना अनुसार सरकारको तर्फबाट प्रकाशन गर्न सक्यौं।

यो युगको अत्यन्तै महत्वपूर्ण कार्य हो। अविश्मरणीय क्षण पनि हो। महिलाहरुलाई धर्तिमाता पनि भन्छन्। कतिपयले फोन गरेर पनि साँच्चै धर्ति माता बन्नुभयो भन्नुभयो। नेपाल आमा नै बन्नुभयो भनेको प्रति धेरै खुसी छु। भोलिको कार्यभार पनि यस सरकारकै कार्यकाल कुशलतापूर्वक नेपालीको सपना साकार पार्न सकौं।

तपाईंको सीमासँग भावनात्मक सम्वन्ध पनि जोडिएको छ। २०५६ सालमा कालापानी मार्चपासमा पुग्नुभएको थियो। अहिले नक्सा सार्वजनिक गर्दैगर्दा त्यसबेलाको केके सम्झिनुहुन्छ?
अखिल नेपाल महिला संघको तर्फबाट मार्चपास गर्ने कुरा भयो। मेरो बच्चा सानो थियो। सानो बच्चा भएकाले जाने नजाने द्विविधा पनि थियो। जाउँ भन्ने भावनाले गर्दा गइयो। हामी सीमा क्षेत्रमा पुग्दा विकास केही पनि थिएन। भौगोलिक अवस्था विकट र भीर थियो। घोडेटो बाटो पनि थिएन। गन्तव्यमै पुग्न अत्यन्तै भीर छ, त्यहाँ पुग्न सकिने नै छैन। अलिकति तलको भूभागमा जान पनि अत्यन्तै असजिलो थियो।

भारतीय सुरक्षाकर्मीको निगरानी र उनीहरुले सास्ती दिने कुरा अहिले पनि सम्झिरहेको छु। उनीहरुको व्यहारले झनै ‘एग्रेसिभ’ बनाइरहेको थियो। हामीहरु गएको थाहा पाएपछि रोक्नका लागि प्रयास भएको थियो। कैलाली र कञ्चनपुर सहितका महिलासहित गर्दा ठूलो टिम हामी त्यहाँ पुगेका थियौं। भारतीय पक्षले रोक्न खोजेको सूचना आएपछि एक प्रकारको आक्रोश सहित ‘यहीँ लडिहालौं, यहीँ भिडिहालौं’ जस्तो हुने थियो। थामिनसक्नुको वातावरण पनि बनेको थियो। फर्कदा महाकालीमा फोटो खिचेर त्यहाँको ढुंगामा झोलामा हालेर हिंडेको अहिले पनि सम्झन्छु। 

राष्ट्रवादी भावनाले सीमा गएको मैलै त्यसै क्षेत्रको नक्सा समेत सार्वजनिक गर्ने मन्त्रालयको जिम्मेवारीमा पुर्यायो। प्रधानमन्त्रीको संकल्प अनुसार हामीले नक्सा सार्वजनिक गर्न सकेका छौं। समस्या पैदा भएपछि प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाउनु भएको थियो। त्यो बैठकले एकमतले भूमि हाम्रो,प्रमाण हामीसँग भएकोले सरकार अघि बढोस् भन्ने भयो। राष्ट्रिय सहमति भएकाले पनि हामीलाई सजिलो भएको छ। 

नक्सा सार्वजनिक भइसकेपछि नेपाललाई दिन खोजेको सन्देश खास के हो? हामी अब डगमगाउँदैनौं भन्ने हो?
भारतलाई के सन्देश दिने भन्ने एउटा कुरा हो। हाम्रो भूभाग छुटेको होइन,  छुटाइएको हो। विगतका नक्सा हामीले बनाएको होइन। अरु कसैले बनाइदिए। अरुले बनाइदिएका कारण हाम्रो भूभाग छुट्यो। पूर्व शासकहरुले तुरुन्तै टुंग्याउन पर्ने कुराहरु नहुँदा यतिका वर्षहरु बिते। हामीले संकल्प गरेका छौं, राष्ट्रियताको झन्डा बोकेका छौं। राष्ट्रवादी पार्टी भएको बेलामा हामीले यो काम गर्नुपर्छ भन्ने हो।

Ncell 2
Ncell 2
nimb
nimb

जनतासँगको प्रतिवद्धता, पार्टीका घोषणापत्र, नीति सिद्धान्तको आधारमा मागनिर्देशित हुँदै यो कदमलाई अघि बढाइएको हो। हाम्रो भूमि छुटाएको समेटेर नक्सा प्रकाशित गरौं भन्ने सरकारको स्पिरिट हो।

नक्साकै विषयमा विभिन्न विम्बको पनि प्रयोग गरिएको छ। कतिपयमा शंका पनि छ,  हामीले नक्सा मात्रै पायौं। भूमि आउँदैन कि भन्ने। हामीले कुनै दिन भूमि पनि ल्याउँला?
नक्सा प्रकाशित गर्नु हामी धेरै स्टेप अघि बढ्नु हो। भूभाग समेटेर नक्सा प्रकाशित गरेपछि ५० प्रतिशत समस्या समाधान नक्साले गर्‍यो। बाँकी समस्याको समाधान कुटनीतिक पहलबाट वार्ता र संवादको माध्यमबाट हुने हो। टेबुलको माध्यमबाट समस्या समाधान गर्ने सरकारले धेरैपटक भनिसकेको छ। 

परराष्ट्र मन्त्रालयबाट डिप्लोम्याटिक नोट पठाइएको छ। परराष्ट्र मन्त्रालयबाट पटक पटक प्रयत्न भएको छ। छिटो बैठक गर्न परराष्ट्र मन्त्री लागेको लाग्यै हुनुहुन्छ। नेपालको सेन्टिमेन्ट फरक छ, ढिलो नगरौं भन्ने नेपालले भनिरहेकै छ। सेन्टिमेन्ट थेग्न नसक्ने अवस्थामा रहेको भनिरहेका छौं। दबाब दिने, अनुरोध गर्ने कार्य भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबार नेपालले नक्सा सार्वजनिक गरेपछि भारतले विज्ञप्ति निकालेको छ। त्यो विज्ञप्तिले हामी एक ठाउँमा उभिएको प्रष्ट भनेको छ। हामीले चाहेको पनि वार्ता हो। भारतको विज्ञप्तिको सन्देश पनि हामी आफ्नो आफ्नो ढंगले अघि बढ्ने होइन, समाधान कुटनीतिक ढंगले गर्ने भन्ने हो। नेपाल संवेदनशील भइदिओस् भन्ने भारतको विज्ञप्तिमा छ, यही कुरा हामीले हिजैदेखि भन्दै आएको हो। लिखित रुपमा भारतले बुधबार भन्यो। लिखित रुपमा हामीले भनेको असोज\कार्तिकदेखि नै हो। अब हामी एकै ठाउँमा आएका छौं। 

वार्ताको वातावरण अब खुलेको छ। भारतले विज्ञप्ति निकाल्नु नै प्रगति हो। दुबै पक्षले वार्ताबाट समस्याको समाधान भनिसकेपछि त अब बस्न पर्‍यो नि। वार्तामा हामीले हाम्रा प्रमाण पेश गर्छौं। भारतले आफ्ना प्रमाण पेश गर्छ। हामीसँग भएका जे-जे प्रमाण छन्, त्यसकारण भूमि हाम्रो हो। 

हामीले वार्ता हुँदा राख्ने प्रमाणहरु के के हुन् त ? प्रमाण जुटाएका छौं नि ? 
हाम्रा विगतमा जे जति छन् ती संकलन गरको छौं। विगतमा हामीले आफै नक्सा छाप्ने ल्याकत राखेनौं। २०२६ २७ अघिसम्म अरुले नै छापिदिए। त्यसमा पनि सुगौली सन्धी पछिका भाग देखाइएको छ। यी भागमा प्रष्ट रुपमा देख्न सकिन्छ । नेपालले बनाएको २०३२ सालपछिको हिजोसम्म प्रचलनमा थियो । हामीसँग सुगौली सन्धी,  पुरक सन्धी,  त्यहाँका जनताले तिरो तिरेको,  जनगणना गरेको,  तिरो भरण नेपालमा गर्नु भनि भारतले लेखेर दिएको २०१५ सालमा नेपालमा मतदान गरेको नामावली रेकर्ड छन्। त्यहाँ गएर नाप नक्सा गरेका मानिस पनि छन् र जनगणना गर्नेहरु पनि जिउँदै छन्। इतिहास हाम्रो पक्षमा छ। मैले यो कुरा पटक-पटक यही भन्दै आएको थियो । नक्सा सार्वजनिक गर्दा पनि मैले यो कुरा भनेको छु। 

हिजो हामीले जारी गरेको नक्सा संविधानले चिन्दैन। कहिले संविधानको निसान छापमा आउँछ?
तुरुन्तै हुन्छ । यही अधिवेशनमै हुन्छ । यो प्रकाशित नर्गदैमा नक्सा चलनमा नआउने भन्ने हुँदैन। अव चाँडै प्रस्ताव लैजाने। यो सांकेतिक कुरा हो । अस्ति सदनमै प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संशोधन गर्ने बताउनुभएको छ । यो कानुनी कुरा होइन । अव अनुसूचि ३ परिर्वतन हुन्छ। 

दुईतिहाई पुग्छ त?
त्यो प्रस्तावमा सामेल नहुनु भनेको लिम्पियाधुरा समावेश भएको भूभाग स्वीकार नर्गनु हो। आज पटकपटक नक्सा जारी गर्न उहाँहरुले भन्नुभएको छ। त्यसो त कसैले भन्नुभएको छैन। नक्सा प्रकाशित गरेपछि स्वागत गर्नु भएको छ खुशी हुनु भएको छ। शिर्ष नेताले नै साथ दिन्छु भन्नुभएको छ। यो सवैको राष्ट्रियताको कुरा हो नमान्ने भन्ने केही देख्दिन म त। 

हामीले जारी गरेको नक्सा भारतले अस्वीकार गरिसकेको छ । भारतका विश्लेषक र नेताहरुले चीनको सहयोगमा नेपालले यस्तो गरेको आरोप लगाउने गरेका छन्।  नेपालको प्रतिक्रिया के हुन्छ? 
हामी स्वतन्त्र मुलुक हौ । सवै देश स्वतन्त्र छन् । सवैको आ-आफ्नो सार्वभौमसत्ता मुलुक कसैको चेपुवा वा दबाबमा छन् भनेर आरोप लगाउनु भनेको स्वाभिमानमा आँच पुर्‍याउनु हो। कसैको इशारामा चल्छन् भनेर कसरी आरोप लगाउन पाइन्छ । यस्तो अभिव्यक्ति दिन पाइदैन। यो चिजहरु स्वभनीय छैन। छिमेकी मुलुकसँग कस्तो सम्वन्ध हामी स्पष्ट छौं। सरकारले पटकपटक समदुरीको सम्वन्ध हुने भनेको छ । सरकारले  कसैलाई नजिक र कसैलाई टाढा राख्न सक्दैन । सवैसँग सन्तुलित र समदुरीको सम्वन्ध हाम्रो छ । यस्ता अभिव्यक्ति कहीँ कतैबाट हुनुहुँदैन । हामी मान्दैन, स्वीकार गर्दैन र नगर्न पनि भन्छौं। 

भारतले ६ महिनाअघि हाम्रो भूभाग समेटेर नक्सा जारी गर्‍यो। उक्त समयमै नक्स जारी गर्ने भनेका थियो। के उसले वाटो खुलेपछि हाम्रो स्वाभिमानमा धेरै चोट पुगेको हो? 
त्यस्तो होइन । मैले तत्कालीन समयमा पनि पटकपटक भनेको छु । हाम्रो प्राविधिक टिमले काम गर्दैछ। प्रशासनिक र राजनीतिक नक्सा पनि बनाउँदै थियौं। ७ सय ५३ पालिका र ७ वटा प्रदेशको नक्सा जारी गरेका हौं। यो सवै प्राविधिक कुरा मिलाउन समय लागेको हो। अहिले धेरै दवाव भने परेको हो। कहिले नक्सा जारी गर्ने,  कहिले बाटो खोल्ने भएपछि दवाव भने पक्कै परेको हो। हामीलाई जिस्काएर, नटेरे जस्तो भएकै हो। तयारी पहिल्यै नै भएको हो अहिले जारी भएको मात्र हो। 

विगतमा भारतसँग उँचो श्वरले बोल्न सक्दैन भनेर आरोप लागेकै हो। अहिले अव कसरी भूमि फिर्ता होला र वार्ता गर्लान् भनेर पनि प्रश्न उठाइँदै छन् नि? 
अव वार्ता नै बस्ने हो । कुटनीतिक माध्यमवाट समाधान गर्ने हो । प्रमाण लिएर वार्तामा बसेपछि दिँदैनौ भन्न पाइन्छ र?  तथ्य र प्रमाणले नेपालको भएपछि दिन्न भन्न पाइँदैन । एउटा शक्तिशाली मुलुक जो विश्वको राजनीतिमा उपस्थिति देखाउन खोजेको छ, उसले छिमेकीको सानो जग्गा मिचेर छिमेकीको चित्त दुखाएर त्यो गन्त्ब्यमा पुग्न सकिँदैन। आज  भारतमा जावहरलाल नेहरुको नेतृत्व हो र ? नरेन्द्र मोदीको नेतृत्व हो । उनले अव यस्ता समस्या उनले राख्न हुन्छ ? आफ्ना छिमेकीको जनमत विपक्षमा खडा हुने अवस्था राखिराख्न मिल्छ   मोदी नेहरुको पथमा हिँड्न  हुँदैन नि । आफ्नै पथमा हिँड्नलाई पनि नेपालको समस्या समाधान गर्न जरुरी छ । मोदी मोदीकै रुपमा रहन पनि यो समस्या समाधान गर्नुहुन्छ भन्ने हाम्रो चाहाना छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०९:०९
  • #नक्सा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्