• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमित भेटिएको घरमा तीन दिनसम्म कोही पुगेन, 'ट्रेसिङ'मा पनि फेल भएको हो स्वास्थ्य मन्त्रालय?

64x64
डिबी खड्का बिहीबार, जेठ ८, २०७७  १५:४५
1140x725

काठमाडौं- मंगलबार नवलपरासी स्थायी ठेगाना भएकी काठमाडौं कलंकी बस्ने एक महिलामा कोरोना पोजेटिभ देखियो। उनलाई त्यतिबेलै सशस्त्र प्रहरीको आइसोलेसन सेन्टरमा पठाइयो।

संक्रमित भेटिएको घरका अन्य भाडावाल, आफन्त र घरबेटीलाई लागेको थियो- स्वास्थ्य मन्त्रालयको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको जाँचका लागि नमुना संकलन गर्ला र उक्त एरिया सिल पनि गर्ला।

संक्रमित भेटिएको तीन दिन पुग्यो। तर मन्त्रालयको कोही त्यहाँ पुगेको छैन। लगातार तीन दिनदेखि मन्त्रालयमा फोन गर्दा समेत वास्ता भएको छैन। ती महिला बस्ने घरधनी विष्णु गौतम (नाम परिवर्तन) आफूहरु नै सचेत भएर मन्त्रालयदेखि मेयरसम्मलाई फोन गरेको बताउँछन्। तर कसैले वास्ता नगरेर आफूहरुलाई समस्या परेको गुनासो गर्छन्। 

आफ्नो घरमा बस्ने डेरावालका श्रीमान्-श्रीमती केही दिनअघि नवलपरासीबाट बाइकमा काठमाडौं आएको उनले बताए। आफ्नै पहलमा उनीहरुलाई जाँच गर्न पठाउँदा श्रीमतीको पोजेटिभ आएपछि उपचारका लागि पठाए। 

एउटै घरमा बस्ने भएकाले उनीहरुले इनारदेखि भर्‍याङसमेत एउटै प्रयोग गरिरहेका थिए त्यसअघि। ती महिलाको कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने अरु डेरावाल र धरधनीको परिवार गरी १० जना छन्। उनले भने, 'हामीसँग ८४ वर्षीया आमादेखि ४ वर्षका बच्चासम्म छन्। हाम्रै भाडावालमा कोरोना देखिएपछि आइसोलेसनमा बसेका छौं तर हाम्रो स्वाब संकलन गर्न बोलाउँदा पनि कोही आउँदैनन्।'

उनले वडाअध्यक्षलाई बोलाए। स्वास्थ्य मन्त्रालयको हटलाइनमा समेत पटकपटक फोन गरे। मन्त्रालयमा फोन रिसिभ गर्नेले आफूले गुनासो टिपेर सम्बन्धित ठाउँमा पठाइसकेको उत्तर दिएका छन्। तर मन्त्रालयले कुनै वास्ता गरेको छैन। उनी भन्छन्, 'आफैं निस्केर जँचाउन जाउँ, हामीसँग भए अरुलाई सर्ला भन्ने डर लाग्छ। बुढी आमा समेत भएकाले हिँडेर जान सम्भव छैन।'

उक्त टोलका अरु बासिन्दा समेत त्रसित छन्। उनीहरु आएर घरमा मात्रै बसेनन्। तरकारीदेखि खाद्यान्नसम्म किन बाहिर निस्केका होलान्। 'संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गरिदिए ढुक्क भइन्थ्यो,'  घरधनीले भने।   

सोही दिन पोजेटिभ भएका अर्का बालक समेत अर्को दिन आफैं टेकु पुगेका थिए। स्थायी ठेगाना लमजुङ भई काठमाडौंमै बस्ने उनलाई स्वास्थ्य मन्त्रालयको ट्रेसिङ टिमले खोजेन। बालकका आमा-छोरा र मामा आफ्नो रिपोर्ट माग्न आफैं टेकु पुगेका थिए। रिपोर्ट थाहा पाउनुअघि उनीहरु संक्रमित भइसकेका बालकसँगै थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्रेसिङमा पनि फेल भएको हो मन्त्रालय?
रिपोर्ट पोजेटिभ आएपछि तुरुन्तै सम्पर्कमा ल्याएर अरुलाई सार्न नदिने उपाय अपनाउनुपर्ने मन्त्रालयको बेवास्ता दोहोरिन थालेको छ। कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ६ ‘टी’ को रणनीति अघि सारेका थिए। ती ट्राभल रेष्ट्रिक्सन,  टेष्टिङ,  ट्रेसिङ,  ट्र्याकिङ,  ट्रिटमेन्ट र टुगेदर हुन्। 

ट्रेसिङ तेस्रो नम्बरमा छ। तर टेस्टिङ र ट्रेसिङ कोरोना नियन्त्रणका लागि सबैभन्दा जरुरी विषय रहेको विज्ञहरुले बताउँदै आएका छन्। बिरामीको नागरितामा रहेको होइन,  हाल बसिरहेको ठेगाना संकलनमा निरन्तर चुक्दै आएको छ मन्त्रालय। आफूलाई पनि अहिले सबैभन्दा खट्केको विषय ट्रेसिङ रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी  बताउँछन्। 

बिरामी रहेको स्थान पत्ता लगाएर उनको सम्पर्कमा आएकाहरुलाई तुरुन्तै आइसोलेसनमा बस्न लगाएर स्वाब समेत संकलन गरिसक्नुपर्छ। डा सुवेदीका अनुसार संक्रमितसँग १५ मिनेट गफ गरेको २ फिट नजिक बसेको मान्छेको तुरुन्तै चेकजाँच हुनुपर्छ। 

तर, मन्त्रालयको सम्पर्कमा संक्रमितसँग हेलमेल रहेकाहरु पुग्दा समेत बेवास्ता हुन थालेको छ। जसले संक्रमणको जोखिम अझै बढाउने देखिएको छ। 

Xtrem

Xtrem

मन्त्रालयको बेवास्ताको परिणाम
कन्ट्याक्ट ट्रेसिङका लागि ठूलो संख्यामा जनशक्ति चाहिने कुरा विज्ञहरुले नेपालमा कोरोना संक्रमण सुरुवात भएदेखि नै बताउँदै आएका छन्। आफूहरुले साढे ३ महिनाअघि नै दुई-तीन हजार जनाको दस्ता चाहिने सुझाव दिएको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन्। उनी भन्छन्, 'समुदायस्तरमा जनशक्ति छैन। तयार पारेर राख्नुपर्छ भनेर त्यतिबेलै भनिएको हो।'

यसैगरी संघीय संसदमा फागुन २३ गतेदेखि निरन्तर रुपमा ट्रेसिङको प्रणाली बलियो बनाउन सांसदहरुले माग गरेका छन्। सांसदहरुले कम्तीमा एक हजार जना जनशक्ति तयार गर्न संसद र मन्त्री स्वयंलाई भेटेर सुझाव समेत दिएका थिए। संसदमा पटकपटक उठेको छ,  'कन्ट्याक्ट ट्रेसिङ पनि परीक्षण जस्तै महत्वपूर्ण हुन्छ।' तर मन्त्रालयले यसमा ध्यान दिन सकेन। सीमित जनशक्तिको भरमा काम चलाइरहेको मन्त्रालयलाई यतिबेला समस्या परेको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि खटिइरहेकाहरु पनि तीन दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेर काम गर्नुपर्ने अवस्था बनेको छ। उक्त समूहसँग रहेर काम गरिरहेका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि फिल्डमा खट्न सक्ने अवस्था नबनेको मन्त्रालयका अधिकारी बताउँछन्। 

विश्व स्वास्थ्य संगठनले विभिन्न स्वास्थ्य संस्था र मन्त्रालय अन्तर्गत काम  गरिरहेका डेढ सय जनालाई कन्ट्याक्ट ट्रेसिङबारे तालिम दिएको छ। तर त्यो जनशक्तिको उपयोग समेत हुन सकिरहेको छैन। डा सुवेदी भन्छन्,  'डब्लुएचओले तालिम दिएका डेढ-दुई सय त ट्रेनर छन् रे। उनीहरुले मन्त्रालयमा लिष्ट पनि दिएका छन् रे। तर उनीहरुको सिप उपयोगमा आएन।'

निर्देशिका कार्यान्वयन गर्न महानगरलाई समेत समस्या
संघीय संरचना कन्ट्याक्ट ट्रेसिङमा असफल हुने थालेपछि केही दिनअघि वैशाख ३० गते स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ गर्ने केस अनसुन्धान तथा कन्ट्याक्ट खोजपड्ताल टिम गठनका लागि निर्देशिका बनेको छ। तर उक्त निर्देशिका कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकालाई समेत समस्या परेको छ। त्यसैले हालसम्म ट्रेसिङ समिति गठन गर्न सकेको छैन। उक्त टिममा एक-एक जना जनस्वास्थ्य अधिकृत (जनस्वास्थ्यमा कम्तीमा स्नातक तह), पारामेडिक्स तथा ल्याब टेक्निसियन वा ल्याब असिस्टेन्ट हुने बताइएको छ।

महानगरपालिकाका एक कर्मचारी निर्देशिकाले तोकेअनुसारको जनशक्ति महानगरसँग समेत नभएको बताउँछन्। उनी भन्छन्, 'निर्देशिकामा तोकिएअनुसारको जनशक्ति हामीसँग छैन। त्यसैले टिम गठन गर्न सकिएको छैन। यसबारे हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत जानकारी गराइसकेका छौं।'

देशभरका स्थानीय तहमा १०७५ वटा समूह बनाउने लक्ष्यसहित निर्मित उक्त निर्देशिका अनुसारका जनशक्ति परिपूर्ति गर्न मुश्किल भएका कारण तत्काल काम हुने सम्भावना छैन। 

कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ। तर कन्ट्याक्ट ट्रेसिङ जस्तो महत्वपूर्ण कार्य कसरी अघि बढाउने भन्नेमा स्वास्थ्य मन्त्रालय अलमलिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्