• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोभिड–१९ पछि कांग्रेसको भूमिका

64x64
पुरञ्जन आचार्य बिहीबार, जेठ ८, २०७७  १४:३०
1140x725

दुई वर्षयता सरकारका कार्यमा कांग्रेसले प्रभावकारी भूमिका देखिएको चिकित्सा शिक्षा विधेयकमा हो। तोडमोड गरी ल्याएको उक्त विधेयकको विपक्षमा कांग्रेसको भूमिका सदन, सडक र संसदीय समितिहरुमा देखियो।

७७ जिल्लामा कांग्रेसका नेता देखिए, सडकमा नेता कार्यकर्ता प्रर्दशनमा निस्किए। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई कांग्रेसले पुनर्स्थापित गर्न सफल भयो। संगठित रुपमा कांग्रेस सडकमा निस्किदा सरकारमाथि दबाब परेको थियो।

यतिबेला कांग्रेसका दुई भूमिका छन। पहिलो– परम्परागत रुपमा कांग्रेसले खेल्नुपर्ने प्रतिपक्षीय भूमिका। दोस्रो- कोभिड १९ पछिको समयमा कांग्रेसको भूमिका।

यसलाई दुई चरणमा हेर्नुपर्छ। सरकारलाई रचनात्मक सहयोग गरेर जनताप्रति उत्तरदायी बनाउने  प्रतिपक्षी दलको मूल कार्य हो। पारदर्शी, जवाफदेही बनाउने र सरकार निरंकुश हुँदै गएको छ भने त्यसलाई रोक्ने कार्य प्रतिपक्षको हुन्छ।

पार्टी सभापतिका रुपमा शेरबहादुर देउवाको अहिलेको भूमिका पार्टीको विचारलाई संगठित गर्ने कार्य हो। विचार र संगठनलाई सही तरिकाले जनता र कार्यकर्तामा पुर्‍याउने हो। प्रतिपक्षीय दलको नेताको हैसियतमा सभापति देउवाको भूमिका फरक हुन्छ। सरकारलाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन दबाब दिने कार्य पनि सभापतिकै बलमा हुनुपर्छ।

कोभिड १९ अघि र पछि कांग्रेसका एजेण्डा के थिए त? कोभिडअघि सरकारले ल्याएका विधेयक, भ्रष्टचारका बारेमा कांग्रेसको भूमिका गर्जनका साथ सुनिएन। केही आवाज सुनिए तर संगठित रुपमा सुनिएन। संसदमा पार्टी सभापति र महामन्त्रीको गर्जन संसदमा सुनिएन। संसदको फितलो भूमिकाले कांग्रेसलाई अहिले मात्रै होइन,भविष्यमा पनि चुनौति थप्नेछ। भ्रष्टचार, राष्ट्रियता र सुशासनका विषय लिएर जनतामा जानेले नै सरकार बनाउने हो।

राष्ट्रियताको मुद्दामा अहिले लडाइँ लडिँदैछ। राष्ट्र नै एक  ठाउँमा आएको छ। भ्रष्टचारको मुद्दामा कांग्रेसमाथि नै प्रश्न उठिरहेका छन्। अहिलेको नेतृत्वले भ्रष्टचारका मुद्धामा क्षमता वृद्धि गरेको देखिँदैन। कांग्रेसले संसदमा भ्रष्टचार विरुद्धको आवाज उठाउन सकेन। जनताका बीचमा पनि उठाउन सकेन। कतिपय विषय संसद मार्फत नै दबाब दिनुपर्ने हुन्छ। ‘वाचडग’ को भूमिका देखिएन।

कांग्रेसको छाया सरकार पनि छ। नेपालमा छाया सरकार कति प्रभावकारी हुने छलफलको विषय पनि छ। कि बनाउन हुँदैन। तर बनाइसकेपछि प्रभावकारी हुनुपर्ने हो। बेलायतमा छाया प्रधानमन्त्रीलाई ‘वेटिङ प्रधानमन्त्री’ भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश र स्थानीय तहका पराजित स्थानमा कांग्रेसले आफ्नो भूमिका देखाउने प्रयासरत छ। भोलिका नेता आउने प्रदेशबाटै हो। तर, प्रदेश सरकार बनिसकेपछि हालसम्म प्रतिपक्ष दलका नेताले बोली निकाल्न सकेका छैनन्। भविष्यको राष्ट्रिय नेता ल्याउने प्रदेशसभाबाटै हो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदलाई प्रशिक्षण अभाव देखिएको छ। भारतीय प्रधानमन्त्री गुजरातको मुख्यमन्त्री हुँदै राष्ट्रिय राजनीतिमा आएका हुन्। नेपालको सन्दर्भ पनि त्यस्तै हो। भोलिको राजनीति व्यक्तिको प्रस्तुतिको आधारमा हुने हो।

केन्द्रमा कमजोर देखिएको कांग्रेस, प्रदेश र स्थानीय तहमा समेत प्रतिपक्षीय भूमिकामा कमजोर देखिएको छ। स्थानीय नेता कार्यकर्तालाई प्रशिक्षण दिने, अनुत्तरदायी शासन पद्धतिलाई चेक एण्ड व्यालेन्स गर्ने, जनमत सिर्जना गर्ने कार्य कांग्रेसको हो। आगामी निर्वाचनमा विजयी हुन आधार बनाउने तल्लो तहमै हो। जनमत आफ्नो पक्षमा ल्याउने गरी कांग्रेसले स्थानीय गतिविधि गर्न सकेको छैन। पार्टी पंक्ति परिचालन गर्ने राष्ट्रिय मुद्दा कांग्रेससँग नभएको होइन।

मूल भूमिका पार्टी सभापतिकै हुन्छ। रोष्ट्रममा उभिएर सत्ताका गलत कार्यको भण्डाफोर गर्ने मूल दायित्व सभापति देउवाकै हो। नीति तथा कार्यक्रम ठीक भएन भन्ने तर्कले मात्रै हुँदैन। कस्तो हुनुपर्ने त्यसको विकल्प कांग्रेसले दिने हो। प्रतिपक्षको नेताले जनतालाई सँगै राख्न सक्नुपर्छ। जनतालाई राष्ट्रिय मुद्दाको प्रशिक्षित गर्ने मूल जिम्मेवारी पनि प्रतिपक्ष दलको हुन्छ।

एउटै मुद्दामा समेत कांग्रेसका फरक फरक अभिव्यक्ति आउँछन्। सभापति र महामन्त्री सहित व्यक्तिगत रुपमा वक्तव्य आउँछन्। एक ढिक्का हुनुपर्ने समयमा किन व्यक्ति अनुसार वक्तव्य आउँछन्? तमासा किन देखाएको? निर्वाचनमा विजयी हुने आधार भनेकै पार्टी एक ढिक्का हुनु हो। पार्टीको लेटरप्याडमा व्यक्तिगत वक्तव्य निकाल्नेलाई कारबाही हुनुपर्छ। लेटरप्याडको दुरुपयोग भइरहेको छ।

Xtrem

Xtrem

हिजोको परम्परागत भूमिकाबाट मात्रै नहुने समय छ। कोभिड १९ पछिको संसार परिवर्तन हुँदैछ। कोभिड १९ पछि कांग्रेसले गर्ने कार्य दुइटा छन्। पहिलो- सरकारले राहतका कार्य के गर्दैछ? रोजगारीका सन्दर्भमा कसरी सोच्दैछ? परीक्षण प्रक्रिया पनि एक प्रकारले राहत नै हो। परीक्षण गतिमा सरकार कमजोर छ। लकडाउनका यो अवधि एकप्रकारले खेर गएको अवस्था हो। लकडाउन बाहेक अन्य विकल्प थिएन। यस बीचमा अन्य तयारी सरकारको देखिएन।

कोभिड १९ उन्मुलन हुने/नहुने निश्चित छैन। अब कांग्रेसले गर्ने के? जिडिपी (कुल ग्राहस्थ उत्पादन)को मुख्य आधार सेवा क्षेत्र तहसनहस छ। जिडिपी साँघुरिदैछ। यो समस्या संसारकै हो। पर्यटन क्षेत्रमा ठूलो प्रभाव परेको छ। संगठित क्षेत्रमा काम गर्ने १३ लाख युवा बेरोजगार भइसके। सबै बेरोजगारको तथ्यांक ४४ लाखको छ। अबको कांग्रेसको दायित्व यहाँ देखिन्छ। संगठित र असंगठित क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बेरोजगार बनेकालाई राहत पुर्‍याउने कार्यमा कांग्रेसको तत्परता देखिनुपर्छ। अर्थतन्त्रलाई उकास्नका लागि कांग्रेस अघि देखिनुपर्छ।

प्रधानमन्त्री रोजगारीका नाममा विनियोजित दुई अर्ब रुपैयाँ आफ्ना कार्यकर्तालाई नेकपाले बाँड्दैछ। त्यसको खबरदारी गर्ने कांग्रेसले नै हो। संगठित र असंगठित कामदारलाई तत्कालै राहत वितरणका लागि ३० अर्बको आवश्यकता पर्दछ। २५ देखि ३० लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि कांग्रेसले ध्यान दिनुपर्छ।
पूर्व अर्थमन्त्रीको नेतृत्वमा बनाइएको अध्ययन समिति अपूर्ण छ। त्यस समितिमा सोसल र साइकोलोजिकल विज्ञ पनि चाहिन्छ। पूर्व अर्थमन्त्री र पूर्व योजना आयोगका उपाध्यक्ष बसेर अध्ययन त भएकै थियो नि। कोरोना भाइरसपछि आउने ‘रिसेसन र डिप्रेसन’ लाई सम्बोधन गर्ने प्रतिपक्षको भूमिका हो।

राहत वितरणमा नेपालमा मुख्य समस्या मेकानिज्म हो। फण्ड संकलन कांग्रेसले पनि गर्न सक्ने अवस्था हुन्छ। त्यसले पार्टी थप सशक्त बनाउने एउटा प्रक्रिया पनि हुन्थ्यो।

६० प्रतिशत बढी आश्रित कृषिलाई पुनर्जागृत नगरी सुखै छैन। अन्तर्राष्ट्रिय पर्यटन तत्काल बढ्दैन। आन्तरिक पर्यटनको सम्भावना तत्काललाई गाह्रै छ। कांग्रेसले अब प्रमुखतः सोच्ने नै कृषि क्षेत्रको विकासमा हो। फर्केका युवालाई कृषि उत्पादनमा सहभागी गराउने अवसर पनि छ। वैदेशिक रोजगार गुमेर फर्केकालाई अनुभवका आधारमा विभिन्न क्षेत्रमा जोड्ने कार्य कांग्रेसले गर्नुपर्छ।

संकटको बेला कांग्रेस सुविचारित हुने हो भने अढाइ वर्ष पछि कांग्रेसको पुनः समय आउँछ।

(राजनीतिक विश्लेषक आचार्यले ‘प्रतिपक्ष भूमिकाको कसीमा नेपाली कांग्रेस’ विषयक भिडिओ संवादमा राखेको विचारका आधारमा)

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १४:३०
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुरञ्जन आचार्य
लेखकबाट थप
कांग्रेसमा गुट होइन गिरोह भए, सभापतिलाई ‘तानाशाह’ बन्ने आकांक्षा
कोभिड–१९ पछि कांग्रेसको भूमिका
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्