काठमाडाैं- काेराेनाबाट पहिलाे पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी एक महिलाले केही दिनअघि मात्र जन्म दिएका शिशुको उपचारमा दिनेश खतिवडाले सहयोग गरेका छन्।
अमेरिका बसोबास गर्दै आएका नेपाली युवा खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ शिशुको उपचारका लागि सहयाेग गरेका हुन्। केही दिनअघि आमामा कोरोना संक्रमण भएर मृत्यु भएपनि शिशुमा भने काेराेना संक्रमण देखिएकाे छैन।
हाल अमेरिकाकाे मेरिल्यान्डमा रहेका सिन्धुपाल्चोक मेलम्चीका खतिवडाले शिशुकाे लागि साे सहयाेग रकम बैंकमा जम्मा गरेका हुन्। हाल अस्पतालमै रहेकाे शिशुकाे पाैष्टिक आहार र हेरचाहमा सहयाेग पुगाेस् भनेर उनले सो रकम बैंक खातामा जम्मा गरेकाे बताए। यसअघि सिन्धुपाल्चोकका पूर्व सांसद, कांग्रेस नेता माेहन बस्नेतले ५० हजार सहयाेग गरेका थिए।
खतिवडाले काेराेनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयाेग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।