Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भक्तपुरको भेलुखेल सिल गर्दा जे देखियो

64x64
रासस बुधबार, जेठ ७, २०७७  १५:३१
1140x725

भक्तपुर- भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा बुधबार बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए। प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो। आफ्नै छिमेकीको घरमा एक कोरोना सङ्क्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने ८ बजेमात्रै थाहा पाए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको नेतृत्वको टोली ७:३० बजे भेलुखेल पुग्दा बस्तीमा कुनै त्रास थिएन, मान्छे ओहोरदोहोर गरिरहेका थिए, बालबालिका खुला ठाउँमा निर्वाध खेलिरहेका थिए। बस्तीमा बिहानको चहलपहल बाक्लो थियो। जब बिहान ८ बजे प्रहरीले बस्ती सिल गर्ने तयारी गर्दै स्थानीयवासीलाई घर बाहिर ननिस्कन आग्रह गरे तब बल्ल स्थानीयवासीमा एकाएक त्रास फैलियो। स्थानीयको त्रास देखेर प्रहरीले मनोपरामर्श दिन थाले। 

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका एक पुरुषमा कोरोना सङ्क्रमितको पुष्टि गरेपछि मंगलबार नै भक्तपुरमा हल्लीखल्ली भयो। भक्तपुरका चारैतीरबाट कहाँको मान्छे होला भन्ने खोजी र त्रास एकैपटक फैलियो। स्थानीय बासिन्दा हो कि, बाहिरबाट आएको मान्छे हो कि, आफ्नै गाउँमा पो पर्‍यो कि भन्ने त्रास चारवटै नगरपालिका बासिन्दामा रह्यो।

साँझ पछि भक्तपुर नगरपालिकाभित्रको भन्ने जानकारी आएपछि आरडिटी र पिसीआर परीक्षण गराएका टोलटोलका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दामा त्रास फैलियो। को हो त सङ्क्रमित भन्ने पहिचान नहुँदा त्रासका बीच बित्यो सिङ्गो रात। त्यो अवधिमा भक्तपुर प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीदेखि पत्रकारसम्मलाई भक्तपुर कहाँको मान्छे सङ्क्रमित भनेर तारन्तार फोन आउँथ्यो। तर, सबैको एउटै जवाफ आउँथ्यो अझै पत्ता लागेको छैन।

सुरक्षा निकायले सङ्क्रमितका बारेमा राति मात्रै पत्ता लगायो। मन्त्रालयले गरेको पत्रकार सम्मेलनपछि भक्तपुरका सुरक्षा निकायले समेत सङ्क्रमितको पहिचान र ठेगाना पत्ता लगाउन नसक्दा सुरक्षाकर्मीसमेत राति अबेरसम्म रणभुल्लमा परेका थिए। जब मध्यराति १ः३० बजे भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई आइसोलेटेड एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगियो तब मात्रै सुरक्षा निकाय ढुक्क भयो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विगतका दुई सङ्क्रमितको छिटो पहिचान हुँदा बस्ती सिल गर्न र ट्रेसिङ गर्न सहज भए पनि मंगलबार भने राति अबेरसम्म पहिचान गर्न गाह्रो भएको बताइन्। काठमाडौँ महानगरपालिकामा फोहर बोक्ने सवारी चालकको काम गर्दै आएका भक्तपुरका संक्रमितको महानगरपालिकाले यही जेठ २ गते गरेको स्वाब सङ्कलनको पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट रहेको मन्त्रालयको पत्रकार सम्मेलनमा सार्वजनिक भयो। सङ्क्रमित व्यक्ति को हो भन्ने जानकारी मध्यराति मात्रै पाउँदा बस्तीमा धेरै जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन्। 

यो खबरले भक्तपुर नगरपालिका क्षेत्र निकै तरङ्गित बन्यो। भक्तपुरमा सफाइ मजदुर भेलुखेलबाटै जाने भएकाले भक्तपुर नगरपालिकामा पनि सङ्क्रमण फैलिन सक्ने त्रास नगरपालिकामा रहेको छ। मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलुखेल पुगेर बस्ती सिल गरेको छ। बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन। स्थानीय बाबुरत्न द्यौलाले आफ्नो बस्तीमा बिहान ८ बजे एकैपटक हतियार बोकेका सेना र प्रहरी आएर तैनाथ हुँदै घर बाहिर ननिस्कन भनेपछि छक्क परेको बताए।

स्वास्थ्य मन्त्रालयले पठाएको नाम र बस्तीबाट सङ्क्रमित व्यक्ति भनेर लगिएको व्यक्तिको नाम फरक परेको स्थानीयवासीको दाबी छ। सुरक्षा निकायका अनुसार सङ्क्रमित भनिएका व्यक्तिको नामको बीचको शब्द फरक परेर नाम आउँदा राति अबेरसम्म सङ्क्रमित पहिचान गर्न गाह्रो भएको हो। प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। 

Xtrem
Xtrem

लकडाउनले नछोएको यो बस्तीमा दिनभर मानिस हिँड्ने, बजार खोल्न कुनै रोकतोक कसैले गरेको थिएन। फलस्वरुप सङ्क्रमित भनिएका व्यक्ति आफ्नो समाज र बस्तीमा सहजरूपमा हुलमिल भएको पाइएकाले अरुको ट्रसिङ र परीक्षण गर्न कठिनाइ भएको सुरक्षाकर्मीको भनाइ छ।

बलम्बुको आइसोलेसनमा रहेका सङ्क्रमित भनिएको व्यक्तिले आफूले राति १० बजे यसबारे  थाहा पाए पनि राति १ः३० बजे मात्रै एम्बुलेन्स लिन आएको जानकारी दिए। यसअघि चाँगुनारायण दुवाकोट बस्ने एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र सुनसरीबाट मध्यपुरथिमि शङ्खधर चोकमा साथीको कोठामा बसेकी २५ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १५:३१
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्