ललितपुर- महालक्ष्मी नगरपालिका- ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ। सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताएका छन्।
उनले भने, ‘वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि सिल गरेका थियौं।’ उक्त वडामा काठमाडौं उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिए।
‘सिद्धिपुर प्रवेश गर्ने १० वटा बिन्दु रहेका हुँदा वडामा २४ औं घण्टा बाहिरी जिल्लाका मानिस प्रवेश रोक्नका लागि स्थानीयबासी युवाले सुरक्षा दिनेछन्, उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।