काठमाडौं- संस्थागत विद्यालय शिक्षक युनियनले विद्यार्थीबाट शुल्क लिएर पनि शिक्षक तलब नदिने विभिन्न निजी विद्यालयहरूलाई तलब उपलब्ध गराउन आग्रह गरेको छ।
सोमबार एक प्रस विज्ञप्ति जारी गर्दै युनियनले यदि विषम परिस्थितिको फाइदा उठाउँदै शिक्षक कर्मचारीमाथि हुने अत्याचारको विरूद्ध कडारूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।
शिक्षक कर्मचारीलाई तलब सुविधा प्रदान गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ‚ ‘यस असहज परिस्थितिमा जिम्मेवारी बोध गरी शिक्षक कर्मचारीहरूको अहिलेसम्मको तलब तलब तत्काल भुक्तानी गर्न निजी विद्यालयका सञ्चालकहरूसँग जोडदार माग गर्दछौं।’
विज्ञप्तिमा भनिएको छ‚ ‘सामान्य अवस्थामा तिनै शिक्षकहरूको मेहनतले गर्दा उत्कृष्ट नतिजा प्राप्त भजाएर विद्यार्थी जम्मा गर्ने‚ नाफा कमाउने तर अहिले विषम परिस्थितिमा असंगठित क्षेत्रका मजदुरभन्दा पनि तल्लो स्तरको व्यवहार गर्ने प्रवृत्ति कुनै पनि हालतमा सह्य हुँदैन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।