बर्मिङ्गम- बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करीब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको छ।
बेलायतमा यही मे ८ गतेसम्ममा ४० हजार ९ सय २ जनाको मृत्यु भएको र यो सङ्ख्यामा पछिल्ला आठ दिनको मृतक सङ्ख्या गणना गर्दा थप केही हजार व्यक्तिको मृत्यु भएको छ।
स्याहार केन्द्रमा भएका मृत्युलाई पनि कोभिड–१९ का कारण मृत्यु भएको आशङ्का गरिएको र उनीहरूको मृत्यु प्रमाणपत्रमा सोही कुरा उल्लेख गरिएको भन्दै सार्वजनिक तथ्याङ्कमा बेलायतमा मृत्यु हुनेको सङ्ख्या सोमबार विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको ३४ हजार ७ सय ९६ भन्दा निकै माथि रहेको बताइएको छ।
यसरी हेर्दा अहिलेसम्म बेलायत यूरोपमा सबैभन्दा बढी प्रभावित मुलुक भएको छ। इङ्ल्याण्ड र वेल्सस्थित स्याहार केन्द्रमा मृत्यु भएकाको सङ्ख्या ६ हजार ३५ हुनुपर्नेमा ३ हजार ९ सय ३० भएको उल्लेख गरिएको थियो। यो सङ्ख्या समावेश गर्दा ती राज्यका स्याहार केन्द्रमा नौ हजार ९ सय ७५ व्यक्तिको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।