काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको आशंकामा परीक्षण गरिएका १ सय ४ जनामा कसैलाई पनि कोरोना संक्रमण पुष्टि नभएको जनाएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले कोरोना संक्रमणको आशंकामा गढवा गाउँपालिका‚ लमही‚ तुलसीपुर प्रदेशिक अस्पताल‚ राप्ती गाउँपालिका‚ दंगीशरण गाउँपालिका‚ बबई गाउँपालिका‚ शान्तिनगर गाउँपालिका‚ रोल्पा अस्पताल‚ प्युठान‚ स्वास्थ्य कार्यालय दाङ र बंगलामुखी गाउँपालिकाभित्रका शंकास्पद व्यक्तिको नमुना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको हो।
यसैगरी अस्पतालमा अहिलेसम्म ७ सय १७ वटा नमुना संकलन गरिएको छ भने ६ सय ८५ जनाको रिपोर्ट आइसकेकोमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रमित २ जनालाई चार दिनअघि संक्रमण पुष्टि भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।