काठमाडौं- बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लक्षण भएका र नभएका संक्रमितका लागि अलगअलग स्थानमा आइसोलेसन बनाउने तयारी भएको छ।
जेठ ६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्लाको कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लक्षण नभएका संक्रमितलाई खजुरास्थित कृषि व्यवसाय सहयोग प्रवर्द्धन तथा तालिम केन्द्र र लक्षण भएका संक्रमितलाई नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा राखी उपचार गर्ने निर्णय गरेको हो।
बैठकले नरैनापर गाउँपालिकामा रहेका ५९ जना संक्रमितमध्ये २५ जनालाई लायन्स डेन्टल हस्पिटल र ३४ जनालाई कृषि विकास बैंक तालिम केन्द्र पिपिरीमा राखी स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सो बैठकले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै भवनलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने गरी निर्णय लागि केन्द्रिय कोभिड१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ।
परीक्षण, उपचार, डेथ बढी म्यानेजमेन्टलगायतका कार्य लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र किट्सहरुको थप व्यवस्थापन लागि केन्द्रिय सिसिएसमीमा अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।