काठमाडौं- प्रदेश-२ सरकारले ३ सय ५ वटा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा कोरोना भाइरस रोकथाम तथा प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलबारको बैठकले कोरोना संक्रमितहरुको संख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।