• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहरले ऊर्जा क्षेत्रमा पारेको असरबारे अध्ययन गर्न कार्यदल गठन गर्छौं : मन्त्री पुन

‘अब डेडिकेटेड र ट्रंकलाइन नरहने, विद्युत महशुल हेरफेर भएपनि डिमाण्ड शुल्क तत्काल मिनाहा गर्न नसकिने’
64x64
नेपाल लाइभ मंगलबार, जेठ ६, २०७७  १८:२७
1140x725

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा कोरोना कहरले पारेको असरबारे अध्ययन गर्न कार्यदल गठन गरिने बताएका छन्। 

नेपाल उद्योग परिसंघले मंगलबार इन्टरनेटका माध्यमबाट आयोजना गरेको वेबिनार छलफल कार्यक्रममा ऊर्जामन्त्री पुनले कोरोना कहरको अहिलेको अवस्था सामान्य भएपछि राहत र पुनर्स्थापना प्याकेजका लागि अध्ययन गर्न निजी क्षेत्र समेतको सहकार्यमा कार्यदल गठन गर्ने बताएका हुन्। ‘निजी क्षेत्रका जलविद्युत आयोजनाका लागि राहत प्याकेज घोषणा गर्न पनि सरकार छलफल भइरहेको छ। सरकारले राहत प्याकेज घोषणा गर्ने र प्राधिकरणमार्फत त्यसलाई कार्यान्वयन गर्नेगरी केही व्यवस्था गर्न सकिन्छ। अहिले तत्काल नै नभएपनि बिस्तारै निजी क्षेत्रका आवाज हामीले सुन्छौं,’ उनले भने। 

निजी क्षेत्रबाट उत्पादित विद्युत खपत हुन नसकेर खेर जाने अवस्था आउन नदिने आश्वासन पनि मन्त्री पुनले निजी क्षेत्रलाई दिएका छन्। ‘वर्षायाममा विद्युत उत्पादन बढेपनि लकडाउनका कारण उद्योगधन्दा नचलेका कारण विद्युत खपत नबढ्ने होकि भन्ने चासो देखिएको छ। तर आन्तरिक खपतसँगै बाह्य बजार खोजेर भएपनि हामी उत्पादित विद्युत खेर जान दिँदैनौं,’ मन्त्री पुनले भने। 

डिमाण्ड शुल्क मिनाहा गर्नुपर्ने निजी क्षेत्रको अपेक्षा रहेकोमा त्यसलाई सरकारले गम्भीर रुपमा लिएको उनले बताए। त्यस्तै विद्युत महशुलको दर हेरफेरका लागि छलफलका भइरहेको र केहि दिनभित्रै त्यो कार्यान्वयनमा आउने उनको भनाइ छ। विद्युत महशुल निर्धारण गर्दा कृषि क्षेत्र, खानेपानी, सिंचाईलगायत कामका लागि कम विद्युत महशुल तोक्ने र व्यवसायिक क्षेत्रलाई अलि बढी महशुल तोक्नेगरी छलफल भइरहेको बताए। 

मन्त्री पुनले डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था छिट्टै हट्ने बताए। तर प्राधिकरणको वित्तीय स्वास्थ्य पनि हेर्नुेपर्ने उनले उल्लेख गरे। त्यस्तै विद्युत खपत बढाउन अनुदानमा इन्डक्सन दिनेगरी बजेटमा व्यवस्था गर्न लागेको तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रबाट ‘एक प्रदेश, एक ठूलो आयोजना’ निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए।

Ncell 2
Ncell 2

सोही छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको असरका कारण सबै निर्माणाधीन जलविद्युत आयोजनामा असर परेको बताउँदै यस्तो असरको क्षतिपूर्ति तथा समस्या समाधान सबै मिलेर गर्नुपर्ने बताए। ‘सबै आयोजनामा समस्या परेको छ, त्यो समस्या हामी एक आपसमा समन्वय गरेर आफ्नो आफ्नो क्षेत्रबाट समाधान गर्नेतर्फ लाग्नुपर्छ। आ–आफ्नो भागको असरको लेखाजोखा गर्नसके सजिलो हुन्छ,’ उनले भने। 

कुल इनर्जी शुल्कको साढे ७ देखि १० प्रतिशत बराबर हुने ‘डिमाण्ड चार्ज’ लिनु निजी क्षेत्रका ऊर्जा उत्पादकहरुलाई अन्यायपूर्ण नरहेको बताए। ‘हामीले भारतसँगको विद्युत व्यापारमा पनि यस्तो किसिमको शुल्क तिर्ने गरेका छौं। त्यसकारण प्राधिकरणले लिने डिमाण्ड शुल्क घटाउने विषय सहज नरहेको बताए। नेपाल विद्युत प्राधिकरणले संकलन गर्ने राजस्व घट्दा यसअघिको नाफाको परिपूर्ति गर्न गाह्रो हुने भएका कारण प्राधिकरणको वित्तीय अवस्था पनि हेरिनुपर्ने बताए। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव आशिष गर्गले अहिले नै उत्पादित विद्युत खेर जान थालिसकेका कारण विद्युत निर्यात र विद्युत खपत बढाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। अहिले नै रातको समयमा माग ४ सय मेगावाटसम्म झर्ने गरेको र विद्युत खेर जान थालेको उनले बताए। नेपालमा विद्युत खपत कसरी बढाउने भन्ने चुनौती रहेपनि महँगो विद्युत महसुलका कारण विद्युत खपत र विद्युत निर्यातका लागि अप्ठेरो अवस्था आएको पनि गर्गको भनाइ छ। कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण उद्योगधन्दा चल्न नसकेका कारण डिमाण्ड शुल्क घटाउनुपर्ने पनि उनले बताए।

अर्थशास्त्री डा विश्व पौडेलले निर्माणाधीन जलविद्युत आयोजनाको लागत कसरी कम गर्न सकिन्छ भनेर सरकारले सोचिदिनुपर्ने बताए। निर्माण सामग्रीको ढुवानी र आपूर्ति सहज बनाउनेमात्र नभई ती वस्तुलाई सस्तो र सहज रुपमा उपलब्ध गराउन सक्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता
शोधनान्तर स्थिति ३ खर्बले बचतमा
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्