काठमाडौं- परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भूमि व्यवस्था मन्त्रालयले आधिकारिक नक्सा छिटै सार्वजनिक गर्ने जानकारी दिए।
मन्त्रिपरिषदकाे बैठकपछि सामाजिक सञ्जाल टुइटरमा उनले यस्ताे जानकारी दिएका हुन्।
मन्त्री ज्ञवालीले ट्वीटमा लेखेका छन्‚ ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय। आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।