Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउन खुकुलो बनाउने कि कडा? के भन्छन् सरोकारवाला र विज्ञ?

वीरेन्द्र ओली/कमला गुरुङ सोमबार, जेठ ५, २०७७  २१:३१
1140x725

काठमाडौं- सरकारले लकडाउन मोडालिटी परिवर्तन नगर्दा कोरोना महामारीका कारणभन्दा खान नपाई भोकले पिल्सिने सम्भावना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। लकडाउनमा गरिब/विपन्न र दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई राहत प्याकेज प्रभावकारी नबनाउँदा रोगले भन्दा भोकले छिटो ज्यान लिन सक्ने भन्दै सरोकारवालले लकडाउनको मोडालिटी परिवर्तन गरी आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। तर जनस्वास्थ्यविद्हरूले भने लकडाउनमा कडाइ नभएकै कारण हालको स्थिति आएको भन्दै लकडाउनमा कडाइ गरी तत्काल तयारी गर्न सरकारलाई र कोरोना संकटप्रति संवदेनशील बन्न आग्रह गरेका छन्। 

अर्थशास्त्री केशव आर्चायले कोरोना संक्रमितको संख्यालाई आधार बनाई लकडाउनको मोडालिटीमा परिवर्तन गर्न सुझाव दिए। ‘पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म उत्तरको चीनको सीमादेखि दक्षिणको भारतको सीमासम्मलाई एउटै डालोमा हालेर लकडाउने गरेर बन्द गर्नु राम्रो होइन,’ आचार्यले भने, ‘कोरोना संक्रमितको संख्याललाई आधार बनाई संक्रमित नभएकोलाई हरियो, कम संक्रमित भएकोलाई पहेलो, धेरै संक्रमित भएकोलाई रातो र जानै नमिल्ने महामारीकै रुप लिएको क्षेत्र निषेधित क्षेत्र तोकौँ। आर्थिक गतिविधि सुरु गरौँ।’ 

हिँडेरै घर जान लागेका मानिस। तस्बिर : निमेषजंग राई

भारतले समेत कोरनो संक्रमितको संख्यालाई आधार बनाई वर्गीकरणगरी आर्थिक आर्थिक गतिविधि सुरु गरेको आचार्यले बताए। अरु देशहरुले आ–आफ्नो देशको विशेषता र संक्रमितको संख्यालाई आधार बनाई लकडाउन गरेको उनको भनाइ छ। ‘लकडाउन नै कोरोना सक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यो मान्नु पर्छ,’ आर्चायले भने,' तर, ‘सबै उद्योगधन्दा कलकारखाना बन्द गरेर बस्दा ‍रोगले भन्दा भोकले मानिस छिटो मर्ने देखियो।’ सरकारले कोरोना परीक्षणलाई द्रूत गति दिएर संक्रमितको संख्यालाई यकिन गर्नुपर्ने आचार्यको सुझाव छ। 

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले लकडाउनमा राज्यको पहिलो जिम्मेवारी नागरिकको ज्यान जोगाउने हुनु पर्नेमा त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘कोरोना महामारीको कहर विश्वव्यापी छ। राज्यको पहिलो दायित्व नागरिकलाई रोगबाट जोगाउनु हो,’ पोखरेलले भने, ‘रोगबाट जोगिएपछि मान्छेको दैनिक जीवन चलेको छ कि छैन? कस्तो छ? भन्ने कुरालाई ख्याल गर्नुपर्छ।’ 

प्रा कृष्ण पोखरेल

सरकारले लकडाउनले जनजीवन अत्यन्तै प्रभावित पारेकाले विभिन्न मोडलमा जान छलफल चलाउनु पर्ने पोखरेलको सुझाव छ। ‘कोरोनाको उच्च जोखिम छ। 'घरमै बस। आफैँ जोहो गरेर बाँच' भनेर राज्यको दायित्व पूरा हुँदैन,’ पोखरेलले भने, 'राज्यले पिँजडाको होइन। गुँडको भूमिका निर्वाह गर्ने हो। जहाँ नागरिक सुगाजस्तो पिँजडामा बाँधिने होइन। आफ्नै घरजस्तै ठानेर गुँडमा आरामले बस्ने वातावरण बनाउन सक्नु पर्छ।’

लकडाउनलाई ठाउँ विशेष हेरेर खुकुलो/कडा बनाएर जनजीवन सामान्यीकरण गर्ने तर्फ सोच्न सकिने पोखरेलको तर्क छ। ‘मुलुकमा संघ, प्रदेश र स्थानीय तीन सरकार छन्। सबै काम संघ सरकारले किन गर्नु पर्‍यो?,’ पोखरेलले प्रश्न गर्दै भने, ‘साधन स्रोत र जनशक्ति व्यवस्थापन गरेर प्रदेश र स्थानीय सरकारलाई कहाँ कहाँ लकडाउन लगाउने कहाँ खुकुलो बनाउने अधिकार दिए हुन्छ। यसो हुँदा संक्रमित धेरै भएका क्षेत्र लकडाउन गर्नुपर्छ। संक्रमित नभएको क्षेत्र खुला गराउन सकिन्छ। कम्तीमा आर्थिक गतिविधि चलायमान हुन्छ।’ 

सरकारले नारामा खान नपाई कुनै नागरिक मर्न नदिने घोकाएपनि घरमै मर्ने स्थिति आएको मानवशास्त्री डम्बर चेम्जोङले बताए। ‘प्रधानमन्त्रीज्यूले भाषणमा भोकले कोही नागरिक मर्दैन। सरकारले मर्न पनि दिँदैन भन्नुहुन्छ,’ चेम्जोङले भने, ‘सरकारले राहतका नाममा दुई चार किलो दाल चामल दियो। अहिले राहत दिने भन्ने कुरा फिटिक्कै छैन। आज लकडाउन भएको दुई महिना हुन लाग्यो। घरमै थुनिएर बसेका मजदुर विद्यार्थी र आर्थिक रुपमा विपन्न परिवार मर्न थालिसके।’ 

सरकार भए नभएको आम जनताले अनुभुति समेत गर्न छोडेको चेम्जोङको भनाइ छ। ‘बाहिर कतै ज्यालामजदुरी काम गर्न बाहिर निस्कन खोज्यो प्रहरी अपराधी जस्तै केरकार गर्छ,’ चेम्जोङले भने, ‘राहत बाँड्न जान खोज्यो प्रहरी सबैभन्दा अगाडि आईपुग्दा आर्थिक रुपमा विपन्न परिवार रोग भन्दा पहिला भोकले मर्ने अवस्था आयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

रोगबाट शतप्रतिशत मृत्यु नभएपनि भोकबाट सतप्रतिशत मान्छेको मृत्यु हुन सक्ने चेम्जोङको आँकलन छ।’ सरकारले राहतको नाममा २-४ किलो दाल चमल दिएर गरिब/विपन्न परिवारमाथि मजाक गरेको उनको ठहर छ। ‘घरमा खाने अन्न नहुँदा शतप्रतिशत मान्छे मर्ने स्थिति छ। कोरोना संक्रमण पूर्ण रुपमा निर्मूल हुने स्थिति छैन,’ उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर दुरी कायम गरेर काम गर्ने वातावरण बनाउनु उपयुक्त हुन्छ।’ निरन्तर लकडाउनले मान्छेलाई मानसिक रुपमै नराम्रो अवसर पार्दै गएको चेम्जोङले बताए। 

‘व्यवस्थित लकडाउन नै कोरोना नियन्त्रणको विकल्प’
जनस्वास्थ्य  क्षेत्रका विज्ञहरू भने सरकारले कडाइका साथ लकडाउन व्यवस्थापन गर्न नसक्दा हाल संक्रमणले महामारीको रूप लिएको बताउँछन्। लकडाउनलाई खुकुलो नगरी र कडाईका साथ लागू गरेको भए सुरक्षित हुन सक्ने विज्ञहरूको भनाइ छ।  लकडाउन घोषणा गरिएको भएपनि मानिसहरूको आवतजावत नरोकिएकाले संक्रमण विभिन्न स्थानमा फैलिएको उनीहरूको भनाइ छ। नेपाल र भारत दुवैतिर लकडाउन भएपनि यही बीचमा अवैधानिक रूपमा नेपाल भित्रिएका व्यक्तिमा पनि संक्रमण देखिएकाले उनीहरूको यस्तो धारणा आएको हो। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपाल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कडाईका साथ लकडाउनको पालना नहुँदा नै संक्रमण फैलिँदै गएको बताउँछन्। ‘कडाईका साथ लकडाउनको पालना नहुँदा नै संक्रमण फैलिदै गएको छ।’ लकडाउन लम्बिँदै जाने र संक्रमितको संख्या पनि बढ्दै जाने हो भने लकडाउन गर्नुको कुनै अर्थ छैन,' उनले भने। 

डा शेर बहादुर पुन

नेपालमा लकडाउन भएको दुई महिना हुन लागेको तर संक्रमितको संख्या झनै बढ्दै गएकाले सरकारले अब समीक्षा गर्न आवश्यक रहेको डा. पुनको भनाई छ। 

Xtrem

Xtrem

‘हामी कहाँ निर चुक्यौँ? यसतर्फ सोच्नैपर्छ। यदि संक्रमितको दर बढ्दै जाने हो भने लकडाउन गर्नुको कुनै अर्थ छैन। त्यसैले लकडाउनलाई कडाई गर्नु नै पर्छ,’ उनले भने।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको भनाई पनि डा पुनको भनाइसँग मिल्दोजुल्दो नै छ। सरकारले गरेको लकडाउन प्रभावकारी नहुँदा नै संक्रमणलाई रोक्न नसकिएको उनले बताए। ‘लकडाउन कडाईका साथ लागू गरेको भए अवस्था यस्तो हुने थिएन,’ उनले भने। 

संक्रमितको संख्या यही हिसाबले वृद्धि भए नेपालमा सोचेभन्दा संक्रमण बढी हुने डा. अनिलको आँकलन छ। ‘संक्रमितको संख्या ३ सय ५० नाघेको छ। यो अवस्थामै हामी यति धेरै आत्तिएका छौं। भोलि समुदाय स्तरमा कोरोना संक्रमण हुँदा अवस्था के हुन्छ ? यो अवस्थासँग जुध्न हामीसँग तयारी छ कि छैन?,’ उनले प्रश्न गरे। 

 

सरकारले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनुको कुनै विकल्प नभएको उनी बताउँछन्। ‘वीरगञ्जमा अहिले संक्रमितको संख्या सय नपुग्दा नै अस्पतालबाट संक्रमित रिफर गर्नु परेको छ। यदि यो अवस्था ३० हजार पुग्यो भने के हुन्छ? हामी कल्पना गर्न सक्छौँ?,’ उनी प्रश्न गर्छन्। 

सरकारले लकडाउनको स्वरुप र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका रणनीति परिवर्तन गर्न आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा. पुनले बताए। उनको बुझाईमा भारतको खुल्ला सीमानाबाट मानिसहरु लुकिछिपी नेपाल आउँदा, क्वारेन्टाइनको नियम पालना नगर्दा, संक्रमित खुला रुपमा बाहिर निस्कदा र लकडाउन खुकुलो हुँदा नेपालमा संक्रमणको दर ह्वात्तै बढेको हो। 

सरकारले प्रभावकारी रुपमा कन्ट्याक ट्रेसिङ नगर्ने र परीक्षणको दायरा नबढाउने हो भने अवस्था दयनीय हुने डा. पुनले बताए। ‘प्रभावकारी रुपमा कन्ट्याक ट्रेसिङ भएन भने अवस्था झन दयनीय हुने देखिन्छ। लकडाउनको पालना सबै नागरिकले पालना गर्नुपर्छ । परीक्षणको दायरा पनि बढाउनुपर्छ,’ उनको भनाइ छ। 

सरकारले थप गरेको १५ दिनको लकडाउनलाई कडाईका साथ लागू गर्नुपर्ने पक्षमा छन् मुटुरोग विशेषज्ञ डा. अनिल। आगामी १५ दिन सरकारलाई कोरानासँग जुध्ने तयारी गर्ने मौका पनि भएको उनको बुझाई छ। यही अवधिमा नेपालको अवस्था र अन्य विषयलाई समीक्षा गर्नुपर्ने उनले बताए। 

नेपाल अब कोरोनाको तेस्रो चरणमा प्रवेश गरेको बताउँदै उनले भने, ‘कोरोनाका कारण नेपालमा पहिलो पटक मृत्यु भयो। यदि ती महिलामा संक्रमण अस्पतालमा या एम्बुलेन्समा सरेको हो भने अप्रत्यक्ष रूपमा कोरोना समुदाय स्तरमा कोरोना फैलिसक्यो। हामीसँग प्रमाण भएपनि नभएपनि अवस्थाले त्यस्तै देखाएको छ।’

डा ओममूर्ति अनिल

उनका अनुसार सरकारले अब जिल्लाजिल्लामा पनि कडाई गर्नुपर्छ। भारतसँग जोडिएको सीमानामा त झनै कडाई गर्नुपर्छ। नेपालमा पछिल्लो समय भेटिएका संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। उनीहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन। लक्षणबिहीन संक्रमित नै नेपालको लागि ठुलो चुनौती भएको डा. पुन बताउँछन्। लक्षण विहीन संक्रमितले नै धेरैलाई कोरोना सार्न सक्ने जोखिम हुन्छ। 

सरकारले लक्षण विहीन र लक्षण देखिएका संक्रमितको उपचार के कसरी गर्ने भन्ने विषयमा पनि छुट्टै रणनीति बनाउन आवश्यक रहेको उनले बताए। डा. पुनका अनुसार लक्षणविहीनभन्दा पनि लक्षण देखिएका संक्रमितलाई उपचारको विशेष खाँचो पर्छ। ‘लक्षण विहीन र लक्षण देखिएका संक्रमितलाई के कसरी उपचार गर्ने हो? त्यसमा पनि सरकारले दुई वटा समूह छुट्याएर केही रणनीति बनाउनुपर्ने देखिन्छ,’ नेपाल तेस्रो चरणमा प्रवेश गरिसकेको भन्ने कुराको कुनै प्रमाण नरहेको उनको भनाई छ। 

डा. पुन र डा. अनिलको एउटै सुझाव छ, ‘कोरोनालाई नियन्त्रण गर्ने हो भने परीक्षणको दायरा बढाउने र लकडाइनलाई कडाईका साथ पालना गर्नुको विकल्प छैन।’

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
नाना पाटेकरको हृदयघातबाट निधन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
जुम्ला आज सार्वजनिक बिदा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्