काठमाडौं- नेपालमा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन्। बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए।
सोमबार बिहान मात्र ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ।
नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय ५ जना रेडजोनमा रहेको समेत डा देवकोटाल जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।