काठमाडौं- दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा एक जनामा समेत गरी पछिल्लो पटक ९ जनामा कोरोना देखिएको हो।
यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ। पछिल्लो पटक पर्सामा ९ र १० वर्षीय बालकका साथै २३ र ४७ वर्षीया महिलामा संक्रमण देखिएको हो। यसैगरी दाङमा संक्रमित हुनेमा २३, ३६ र ३४ वर्षीय पुरुष छन्।
काठमाडौंमा ७ वर्षीय बालक पनि संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ। उदयपुरका २५ वर्षीय युवामा पनि कोरोना संक्रमण देखिएको छ।
उनीहरू सबै जना अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।