रौतहट- रौतहटको गरुडा नगरपालिकामा संघीय समाजवादी फोरम र कटहरियामा माओवादी केन्द्रका उम्मेदवारहरु मेयर पदमा विजयी भएका छन्।
गरुडामा फोरम नेपालका इनु राय यादव ७३ मतान्तरले विजयी भए। उनले ३८७६ मत ल्याउँदा कांग्रेसका सुनिल यादवले ३८०३ मत पाए।
कटहरिया नगरपालिकामा भने माओवादी केन्द्रका सियाराम कुशवाह ४१६३ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका अजय प्रकाशले ३६१२ मत ल्याएका छन्।
रौतहटको २ गाउँपालिका र १६ नगरपालिकाकै मत गणना सकिएको छ।
जिल्लामा नेपाली कांग्रेस ८, माओवादी ३, राजपा नेपाल २, संघीय समाजवादी फोरम ४, नेपाल लोकतान्त्रिक फोरम १ स्थानीय तहमा बिजयी भएका छन्।
घोषित सबै १८ तहको परिणाम
परोहा नगरपालिका– शेख वकिल/कांग्रेस
चन्द्रपुर नगरपालिका– रामचन्द्र चौधरी/कांग्रेस
गढीमाई नगरपालिका– श्याम यादव/कांग्रेस
फतुवा विजयपुर नगरपालिका– गोपाल राय यादव/कांग्रेस
राजपुर नगरपालिका- शेष सकिल/कांग्रेस
दुर्गाभगवती गाउँपालिका- अरुण साह/कांग्रेस
बृन्दावन नगरपालिका- रामस्नेही राय यादव/कांग्रेस
राजदेवी नगरपालिका– धिरेन्द्रकुमार सिंह/कांग्रेस
मौलापुर नगरपालिका– रिनाकुमारी साह/माओवादी केन्द्र
यमुनामाई गाउँपालिका– श्रीप्रसाद मुखिया बिन/माओवादी केन्द्र
गौर नगरपालिका– अजय कुमार गुप्ता/राजपा
गुजरा नगरपालिका- सन्तलाल चौधरी/राजपा
देवाहिगुनाही नगरपालिका– धर्मेन्द्र पटेल/समाजवादी फोरम
माधवनारायण नगरपालिका- वीरेन्द्र प्रसाद यादव/समाजवादी फोरम
इशनाथ नगरपालिका– सन्तोष मेहता/लोकतान्त्रिक फोरम
बौद्धीमाई नगरपालिका– राजीव रञ्जन यादव/लोकतान्त्रिक फोरम
गरुडा नगरपालिका- इनु राय यादव/समाजवादी फोरम
कटहरिया नगरपालिका- सियाराम कुशवाह/माओवादी केन्द्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।