काठमाडौं- राजधानीसमेत रहेको काठमाडौं उपत्यकाका तीनै जिल्लाले सवारी पास खारेज गरेका छन्। नेपालमा कोरोना संक्रमणको जोखिम बढेको ठहर गर्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालहरूले जारी गरेका सवारी पास खारेज गर्न निर्देशन दिएपछि उपत्यकाका तीनै जिल्लाले सवारी पास खारेज गरेका हुन्।
पछिल्लो समय ललितपुरले सवारी पास खारेज गरेको छ। यसअघि काठमाडौं र भक्तपुरले सवारी पास खारेज गरिसकेका छन्। जेठ ३ बाट लागू हुने गरी सबै सवारी पास खारेज गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै जानकारी गराएको हो।
उपत्यकका काठमाडौं र भक्तपुरमा कोरोना भाइरस संक्रमित देखिइसकेका छन्। पछिल्लो समय सवारी पासका कारण आवतजावत गर्नेको संख्या बढेको भन्दै सबै प्रशासन कार्यालहरूलाई सवारी पास खारेज गर्न मन्त्रालयले निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।