काठमाडौं- नेपालमा थप एक जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जनामा कोरोना संक्रमणमुक्त भएर घर फर्किएको जानकारी दिएका हुन्।
उदयपुरमा संक्रमित भएपछि विराटनगरस्थि कोशी अस्पतालमा उपचार गराइरहेका २५ वर्षीय युवा निको भएर घर फर्किएका हुन्। उनी २७ औं दिनमा निको भएर घर फर्किएका हुन्।
यो सँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ। नेपालमा सबैभन्दा बढी ८१ वर्षीया महिलाले समेत कोरोना जितेर घर फर्किसकेकी छन्। उनी काठमाडौंकी वृद्धा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।