• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा स्थायी कमिटी बैठक : ओलीका एजेन्डा सीमा र बजेट, प्रचण्ड-नेपालका विवादित विषय पनि

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख ३०, २०७७  २१:४७
1140x725
फाइल तस्बिर

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीको बहुप्रतिक्षित स्थायी कमिटी बैठक बुधबार बस्दैछ। बैठक पार्टी अध्यक्ष तथा केपी शर्मा ओलीको आवश्यकता हो भने ओलीइतरका नेताहरुको माग। त्यसैले यो बैठकलाई महत्वका साथ हेरिएको छ। स्थायी कमिटीमा लैजाने साझा एजेन्डा तय गर्न नसकेर स्थगित बैठकमा दुईतिरबाट एजेन्डा प्रस्तुत हुने सम्भावना छ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्ना एजेन्डामै बहस केन्द्रित गर्ने दाउमा छन्। तर, अर्को समूहले पाएको मौका फुत्किन नदिने योजना बनाएका छन्। आगामी आर्थिक वर्षको बजेट र सीमा विवादलाई लिएर बैठक बोलाइएको नेकपा महासचिव विष्णु पौडेल बताउँछन्। 

तर अर्को पक्षले उठाउँदा आएको विधानबमोजिमको एक व्यक्ति, एक पद,  पार्टी निर्णय नभई ल्याएर विवादित अध्यादेश, सांसद अपहरणजस्ता विषयले पनि प्रवेश पाउनेछन्। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले यी विषयमा अध्यक्ष ओलीको आलोचना गर्दै जवाफ माग गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक भोलि बस्नेमंगलबार, वैशाख ३०, २०७७

बुधबार डाकिएको  बैठकमा यस अघि भन्दा फरक दृष्य देखिनेछ। यस अघिका बैठकहरुमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड समूह एकातिर  माधव नेपाल समुह अर्कोतिर देखिदै आएका थिए। तर, यस बैठकमा प्रचण्ड र नेपाल समूहसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ एकतातिर अध्यक्ष ओली समुहसहित ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल देखिने सम्भावना बढेको छ। बादल सरकारमै भएको र गौतमलाई भैंसेपाटीबाट बालुवाटार नजिक भएपछि बैठकको दृष्य फरक देखिने भएको हो। यस बैठकमा विवाद धेरै भएपनि तत्कालीन एमाले माओवादी समूहमा विभाजित भन्दा सत्ता र शक्तिका लागि गुट अदलबदल हुन सक्ने आँकलन गरिएको छ।  

बैठकमा पेस हुने यी हुन् एजेन्डा
स्थायी कमिटी बैठकमा आगामी आर्थिक वर्षको बजेट र नेपालको कालापानी‚ लिपुलेक मिचेर भारतले बाटो उद्घाटन गरेको विषयलाई मात्रै बैठकको एजेण्डा बनाएको महासचिव विष्णु पौडेलले बताए। तत्काल देखिएका समस्या बाहेक अरु एजेण्डा बैठकमा पेश नगरिने उनको भनाइ छ।

तर, प्रचण्ड समूहले आधा दर्जनभन्दा धेरै बैठकका एजेन्डा बनाएका छन्। वरिष्ठ नेता झलनाथ खनालका अनुसार पार्टी र सरकारलाई पद्धतिअनुसार चलाउने विषयमा समेत बैठकमा कुरा उठ्नेछ। उनले भने, 'सरकार पार्टीको पद्धति बाहिर गएर चलेको जस्तो देखिएको छ। त्यसका विषयमा पनि कुरा उठ्छ।'  यसबाहेक  सीमा विवाद, एक व्यक्ति एक पद, विवादित अध्यादेश र सांसद अपहरणका विषय समेत एजेन्डा बन्न सक्ने एक संकेत उनले गरेका छन्। 

यस्तै २५ गते बसेको २० स्थायी कमिटी नेताहरुले एक पद एक व्यक्ति, विवादित अध्यादेश, भारतलगायत खाडीमा अलपत्र परेका नेपालीको उद्धार र कोरोना कारण बढ्दो बेरोजगारीको सम्बोधनको विषयमा एजेण्डा बनाएका थिए। ती २० नेताहरुले बैठकबाटै निर्णय गराई २५ गते बेलुका अध्यक्ष प्रचण्डलाई बुझाएका छन्। बैठकमा पेश भएका एजेण्डा बाहेक स्थायी कमिटी सदस्यहरु आफैंले धेरै एजेण्डा प्रवेश गराउने समेत देखिएको छ।

Ncell 2
Ncell 2

समस्या परेपछि बैठक राख्न बाध्य ओली 
अध्यक्ष ओली बजेटअघि स्थायी कमिटीको बैठक राख्ने पक्षमा थिएनन्। एक व्यक्ति, एक पद, अध्यादेश र सांसद अपहरणलगायतका मुद्दाले आफूलाई अप्ठ्यारो पार्ने उनले बुझेका छन्। यी विषय सेलाइनसकेकाले  ओली १५ जेठको बजेटपछि बैठक गर्ने योजनामा थिए। तर यही बीचमा भारतले नेपालको कालापानी लिपुलेक हुँदै मनसोरोवर हुने सडक उद्घाटन गर्‍यो। यो विषय अहिले पेचिलो बन्दै गएको छ। 

सरकार कसरी अघि बढ्ने भन्ने विषयमा एकल निर्णय लिन ओलीलाई सहज छैन। भारत सामान्य रुपमा गरेको संवादबाट पछि हट्ने अवस्था छैन। नागरिक तहबाट आन्दोलन भइरहेको छ। यस्तो अवस्थामा ओलीले पार्टीको साथ चाहेका हुन्। यसले उनलाई बैठक बोलाउन बाध्य पारेको हो। यसैगरी आसन्न बजेट पनि चुनौतीपूर्ण छ। कोरोना संकटले अर्थतन्त्रमा पारेको प्रभावका बीच आउने बजेटको अर्थ छ। त्यो पार्टी नेताहरुको समेत सहयोगबिना बलियो बन्ने अवस्था छैन।

सीमा विवाद र बजेटका विषयमा प्रतिपक्षमात्रै होइन सत्ता पक्षका सांसद समेत आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि बैठक बोलाइएको हो। 

प्रतिवेदन पेस नभएपछि एजेन्डामात्रै प्रस्ताव 
यसअघि २५ गतेको बैठकमा अध्यक्ष ओली प्रचण्डको प्रतिवेदन नै पेश गर्ने तयारी थियो। प्रतिवेदनमा कुन कुन एजेण्डा पेश गर्ने भन्ने विषय टुंग्याउने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मा दिइयो। प्रतिवेदनमा राखिने एजेन्डाका विषयमा गत २४ गते बसेको सचिवालय बैठक विवाद भएपछि अध्यक्ष ओली बैठक छोडेर बाहिरिए। बैठकमा पेस गर्ने एजेण्डामा विवाद भएपछि प्रतिवेदन पेश नहुने भएको छ। बैठकमा सामान्य एजेन्डामात्रै प्रवेश गराएर सुरु गर्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। 

बैठक लम्बिने संकेत 
बुधबार बिहान ११ बजे एक दिनका लागि स्थायी कमिटी बैठक बोलाएको छ। तर, २० स्थायी कमिटी सदस्यहरुले एक दिनले मात्रै प्रयाप्त समय नपुग्ने भन्दै सबैले बोल्न पाउँनेगरी लम्ब्याउनुपर्ने माग गरेका छन्। ‘हामीले बैठक गर्नलाई मात्रै बैठक माग गरेका होइनौं, पार्टी र सरकारमा समस्या देखिए। त्यसका विषयमा आफूलाई लागेको विषयमा बोल्न पाउनुपर्छ,'  स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्‚ ‘यदि अध्यक्ष र सचिवालय सदस्यले मात्रै बोल्ने हो भने उहाँहरु बोलिरहनु भएको छ। किन स्थायी कमिटी बैठक चाहियो?’

प्रचण्ड र नेपाल समूहका नेताहरुले एक एकगरी सबै स्थायी कमिटी नेताहरुले बोल्न पाउनुपर्ने आवाज उठाएका छन्। यसले बैठक लम्बिन सक्ने देखिएको छ। तर प्रधानमन्त्री ओली भने बाँकी कुरामा भविष्यमा छलफल गर्ने गरी बैठक नलम्ब्याउने पक्षमा छन्। महासचिव पौडेल यही अन्तिम बैठक नभएकाले अरु कुरामा बिस्तारै छलफल गर्दा हुने बताउँछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
संविधानलाई ट्र्याकमा ल्याउन चुनाव अनिवार्य थियो : गगन थापा उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै, सबै राजनीतिक दलहरूले उत्साहसाथ... बिहीबार, फागुन २१, २०८२
चुनाव बहिष्कार गर्दै आएका विप्लवले १२ वर्षपछि भोट खसाले यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । बिहीबार, फागुन २१, २०८२
कांग्रेस सभापति थापाले काठमाडौंमा गरे मतदान नले बिहिवार विहान काठमाडौं–४ स्थित मैतिदेवी मन्दिरमा रहेको केन्द्रबाट मतदान गरेका छन् । बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालियो बिहीबार, फागुन २१, २०८२
अस्पताल नबनेको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ ७ का मतदाताले गरे मतदान बहिस्कार बिहीबार, फागुन २१, २०८२
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहीबार, फागुन २१, २०८२
मतदान सुरु हुने बित्तिकै निर्वाचन अधिकृत बेहोस, अस्पताल लगियो बिहीबार, फागुन २१, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्