• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

५० दिनपछि खुल्दै शेयर बजार

दुई प्रतिशतको सर्किट ब्रेकले केही दिन बजार सञ्चालन हुन नसक्ने आँकलन 
64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३०, २०७७  १०:१६
1140x725

काठमाडौं-कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको शेयर बजार ५० दिनपछि आज खुल्दै छ। लगानीकर्ता सरकारी लकडाउनअघि नै बजार बन्द गर्न दबाब दिएका थिए। लकडाउनपछि नेप्सेले दोस्रो बजार बन्द गरेको थियो। 

लकडाउन हुनुभन्दा एक दिनअगाडि नै लगानीकर्ताको दबाबपछि नेप्सेले ५ दिनका लागि कारोबार रोकेको थियो। सरकारले कोभिड-१९  रोकथाम तथा नियन्त्रणका लागि भन्दै पटक-पटक समय थप गरेपछि लगानीकर्ताहरुले बजार खोल्नु पर्ने दबाब दिँदै आएका थिए। 

सरकारले बैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पार्ने रणनीति लिए पछि नेपाल धितोपत्र बोर्डले बजार खुला गर्न नेप्सेलाई निर्देशन दिएको हो। अझै पनि कोरोनाको रोकथाम भइनसकेको तर आंशिक रुपमा अत्यावश्यक सेवाका क्षेत्रलाई केही खुकुलो पार्ने सरकारको रणनीतिपछि बजार खुला गर्न नेप्से तयार भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

बजार बन्द गर्नु अगाडि पनि अर्थमन्त्रालय शेयर बजार बन्द गर्ने पक्षमा थिएन। अनलाइनबाटै कारोबार गर्ने भएकाले बजार बन्द गर्नु नपर्ने सरकारको राय थियो। तर दोस्रो बजारमा पूर्ण अनलाइन कारोबार नभएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए। 

नेप्सेले अनलाइन प्रणालीको विकास गरे पनि अझै पनि लाखौं लगानीकर्ता ब्रोकर कार्यालयमै गएर अर्डर पोस्ट गर्छन्। त्यस्तै शेयर खरिद बिक्री पछिको राफसाफ प्रणाली अझै पनि अनिवार्य अनलाइन भैसकेको छैन। त्यस्तै शेयर खरिद बिक्रीपछि भुक्तानी हुने रकमका लागि ब्रोकर कार्यालय धाउनु पर्ने वाध्यता छ। 

बोर्डले बैशाख २६ गतेको छलफलपछि आजदेखि बजार खोल्ने निर्णय गरेको थियो। लगानीकर्ताको बजार घट्ने डरलाई संवोधन गर्दै बोर्डले नेप्से सूचक एक दिनमा २ प्रतिशतभन्दा तल-माथि भएमा सर्किट लाग्ने व्यवस्था गरेको छ। साथै रोकिएको बजारलाई चलाउन सुरुवातमा दैनिक दुई घण्टामात्रै खोल्ने निर्णय गरेको छ। यसले लगानीकर्ताको बजार धेरै अंकले घट्न सक्ने डरलाई केही हदसम्म सम्बोधन गरेको छ। 

यस्तो व्यवस्थाले केही दिन कारोबार नै हुन नसक्ने एक ब्रोकरले बताए। अनलाइन प्रयोग गर्ने लगानीकर्ता आफैंले शेयर खरिद बिक्रीका लागि आदेश दिन सक्छन्। यदि बजार घट्छ भन्ने मानसिकता हाबी भयो भने तत्काल ‘सेलिङ प्रेसर’ आउने र बजार बढ्छ भन्ने मानसिकता ‘बाइङ प्रेसर’ आउने हुँदा अहिलेको दुई प्रतिशतको सर्किटले धान्न नसक्ने ब्रोकरहरु बताउछन्। जुनसुकै मानसिकता हाबी हुँदा पनि केही दिन बजार चल्न सक्दैन। 

नेप्सेले साउनदेखि अनलाइन कारोबार अनिवार्य गर्ने जनाएको छ। यदि अहिलेको अवस्थामा ५१ प्रतिशतभन्दा माथिको कारोबार अनलाइन प्रणालीबाट भएको भए बजार बन्द गर्नु नपर्ने अवस्था थियो। त्यसैले बोर्ड र नेप्सेले अनलाइन कारोबार सुधार गर्ने योजना बनाएका छन्। 
डिआइएस स्लिपका लागि भौतिक रुपमा ब्रोकर कार्यालय जानु पर्ने अवस्थालाई अन्त्य गर्न नेप्सेले साउनदेखि मेरो शेयरलाई अनिवार्य गर्ने जनाएको छ। यी दुई व्यवस्था अनिवार्य गर्नेबित्तिकै शेयर खरिद-बिक्री राफसाफ पूर्ण रुपमा अनलाइन हुनेछ। तेस्रो काम पैसाको कारोबार अहिले बोर्ड र नेप्सेको टाउको दुखाइको अवस्था छ। यसका लागि एनसिएचएलसँग बैंक इन्ट्रिगेसनका लागि छलफल भइरहेको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १०:१६
  • #nepse

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्