• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मैदान फर्कने हुटहुटी

‘आशा छ, छिटो निको हुनेछु र खेलमा फर्कने छु’
64x64
सराेज तामाङ सोमबार, वैशाख २९, २०७७  १०:४७
1140x725

काठमाडौं- नेपाली महिला भलिबलकी उम्दा खेलाडी हुन् प्रतिभा माली। उनको खेल कौशल हेर्न मात्र सयौँ समर्थक भेला भइरहेका हुन्छन्। उनले खेलेको देख्नेहरु स्वतः समर्थक बनिहाल्छन्। 

गएको माघ १० गते पनि सयौँ समर्थक ‘प्रतिभा...प्रतिभा’ भन्दै हुटिङ गरिरहेका थिए। राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रतिभा सम्मिलिन न्यु डायमन्ड विभागीय टिम एपिएफविरुद्ध खेलिरहेको थियो। तर प्रतिभा त्यही खेलमा एक वर्ष मैदान फर्कन नसक्ने गरी घाइते भइन्। 

स्पाइक हान्न लाग्दा एक्कासि कोर्टमा ढलेकी उनलाई के भएको थियो, त्यतिबेला कसैलाई थाहा थिएन। एपिएफले जितेको अन्तिम सेटमा पनि दर्शकमा निराशा नै बढी थियो। खेलाडीहरु नै पनि जितको खुसीमा थिएनन्। हार्नेको पीडा हारको भन्दा ज्यादा घाइते साथीलाई लिएर थियो। 

अन्तिम सेट चलिरहँदा प्रतिभा दुखाइले छट्पटाइरहेकी थिइन्। कोर्ट नजिकै स्ट्रेचरमा रहेकी उनी खेल कहिले सकिएला भन्ने प्रतीक्षामा थिइन्। टिमका साथीहरु अरुणा शाही र सुनिता खड्काले उनलाई उठाएर कोर्टबाहिर पुर्‍याएका थिए। 

त्यो फाइनल खेलको तेस्रो सेटमा न्यु डायमन्डले एपिएफविरुद्ध २२-२० को अग्रता बनाइरहेको थियो। प्रतिभाको स्वभाव नै खुलेर खेल्ने। बलसँगै रमाएर खेलिरहेकी प्रतिभा स्पाइक गर्ने क्रममा ल्यान्डिङमा सन्तुलन गुमाउन पुग्दा गम्भीर चोट सहन बाध्य भएकी थिइन्।

खेल सकिएपछि प्रतिभालाई त्रिपुरेश्वरमा रहेको ब्लु क्रस अस्पतालमा तत्काल भर्ना गरियो। उनको घुँडाको एसिएल, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल गएको एमआरआई रिपोर्ट आएपछि माघ १९ गते शल्यक्रिया गरियो। सफल शल्यक्रिया त भयो तर उनी ९ महिनाभन्दा बढी मैदानबाहिर नै हुने छिन्।

अहिले उनी नियमित थेरापी गराइरहेकी छिन्। कोरोना भाइरस (कोभिड १९) का कारण खेल गतिविधि ठप्प रहँदा र लकडाउनकै सयममा पनि उनले भलिबलमा फर्कने समयबाहेक अरु धेरै सोचेकी छैनन्। त्यसैले चोटबाट बाहिर निस्कन सक्दो मेहनत गरिरहेकी छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चोटको समय र उपचारबारे प्रतिभाकै शब्दमा...
हामी फाइनलमा खेलमा थियौँ। हाम्रो लागि विभागीय टिम एपिएफ सधैँको प्रतिस्पर्धी हो। प्रायः त हामीसँग फाइनल पुगेर पनि हार्ने टिम नै एपिएफ हो। यसबाट पनि थाहा हुन्छ, त्यो खेल कति महत्वपूर्ण थियो। 

एपिएफविरुद्ध खेल्नुअघि मलाई त्यस्तो दुखाइको महसुस भएको थिएन। राम्रो खेल्ने मात्र सोचिरहेको थिएँ। पूरा मिहिनेत लगाएर खेलिरहेको थिएँ। तर अचानक तेस्रो सेटमा चोट लाग्न पुग्यो। 

जब म स्पाइक गरेर ल्यान्डिङ गर्न लागेको थिएँ, तब सन्तुलन नमिलेर चोट लाग्न पुग्यो। लड्ने वित्तिकै ‘कट्याक्क’ आवाज आएको जस्तो लाग्यो। एकदमै दुख्यो। हड्डी नै भाँचियो जस्तो लागेको थियो। पीडासँगै डर बढ्यो। हिँड्न सक्ने अवस्थामा थिइनँ। सबैले गोलिगाँठामा चोट लाग्यो भन्ने सम्झिनुभएको रहेछ। त्यसमा मालिस गरिदिनुभयो। गोलिगाँठामा होइन, घुँडामा दुःखाइ हो भनेपछि सुनिता र अरुणा दिदीले उठाएर कोर्टबाहिर लग्नुभयो। 

Xtrem

Xtrem

त्यहाँ मेडिकल टिम पनि थियो। उहाँहरुले आइसले सेकाएर ब्यान्डेज लाइदिनुभयो। तर विस्तारै खुट्टा सुन्निँदै आयो। त्यसपछि अस्पताल लगियो।

पहिलो एक्स-रे गर्दा हड्डीमा केही समस्या देखिएन। मलाई हड्डीमै समस्या होला भनेर चिन्ता लागिरहेको थियो। हड्डीमा केही नभएको थाहा पाएपछि त आधा दुःखाइ नै कम भयो। म ठिक छु भन्ने खालको सोच आएको थियो।

सुन्निएको भाग घटाउन औषधि प्रयोग गरियो। शुक्रबार दुर्घटना भए पनि सोमबार मात्रै एमआरआई भयो। रिपोर्टमा एसिएल, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी भएको देखियो। मेडिकल भाषामा त्यसको अर्थ के हो भन्ने डाक्टरले बुझाइदिनु भयो। 

रिपोर्टले शल्यक्रिया नै गर्नुपर्ने देखायो। तर मेरो घुँडामा सुन्निएको घटेको थिएन। भित्र जमेको रगत सुकोस् अनि शल्यक्रिया गरौँ भनेर डाक्टरले भन्नुभएको थियो। त्यसको एक हप्तापछि शल्यक्रिया भयो। डाक्टर रुपेश वैद्यको टिमले मेरो शल्यक्रिया गर्‍यो।

शल्यक्रिया गर्नुअघि मलाई कुनै डर लागेन। शल्यक्रिया भनेको निको बनाउने त हो नि भन्ने भयो। मलाई त अझ कहिले शल्यक्रिया हुन्छ र निको हुनु जस्तो लागिरह्यो।

ब्लु क्रस अस्पतालमा शल्यक्रिया गरेको आठ दिनपछि अस्पतालबाट घर फर्किन पाएँ। निकै गाह्रो भएको थियो, अस्पतालको बसाइ। शल्यक्रियापछि दुख्छ जस्तो लागेको थिएन। तर धेरै दुख्दो रहेछ। एकदमै गाह्रो भयो।

म अस्पतालमा हुँदा पनि भलिबलका प्रतियोगिताहरु भइरहेका थिए। सबै साथीहरु भेट्न आइरहेका हुन्थे, खेल खेलिन जस्तो चाहिँ भएन। सायद दुखाइले होला। दुःखेको बेला मोबाइलमा गेम खेल्छु, त्यसले पनि चोटबाट सोच बाहिर लैजान र दुःखाइ बिर्साउन सहयोग गरिरहेको छ।

धेरै जना थेरापिस्टहरुले अबको उपचार म गर्दिन्छु भन्ने कुरा गरिरहनु भएको थियो। मैले चाहिँ शल्यक्रिया गर्नु भएका डाक्टरलाई नै सोधे। उहाँले मेडिसिटी अस्पतालमा काम गर्ने जयराम महर्जनसँग नै थेरापी गराऊ भनेपछि मैले उहाँबाटै केही समय थेरापी गराएँ। अहिले सातदोबाटोमा फिजियोसँग देखाइरहेकी छु। 

अब कहिले निको हुनु जस्तो भइरहेको छ। धेरै समय मैदानबाहिर हुँदैछु। अब के गर्ने त ? भनेर सोचिरहेको हुन्छु। अब पढाइमा अलि बढी ध्यान दिन्छु भन्ने पनि छ। १३औं दक्षिण एसियाली खेलकुदका कारण धेरै पढाइ छुटेको थियो। अहिले म व्यवस्थापनमा स्नातक तह पहिलो वर्षमा पढ्दै छु। लकडाउनका कारण अहिले अनलाइन कक्षा चलिरहेको छ। त्यसमा पनि केही समय व्यस्त हुन्छु। 

अहिले हिँड्न सक्ने भइसकेको छु। गएको दुई दिनदेखि अलिअलि हिँड्न पनि थालेको छु। खेल खेल्न सक्ने गरी नै ठीक हुन त अझै समय लाग्ला। तर निराश भएको छैन। मिलेको बेला घरमा नै पनि डाक्टर आइदिनुहुन्छ त्यसले अलि सजिलो हुन्छ। 

विस्तारै खानपान पनि मिलाउनु छ। नत्र म धेरै मोटाउँछु भन्ने डर छ। तर डाक्टरले यो खानु हुन्छ, यो खानु हुँदैन, केही पनि भन्नु भएको छैन। सबै खानेकुरा खान हुन्छ। मैले खानेकुरामा बार्ने गरेको पनि छैन। माछा-मासु मिलाएर प्रोटिनयुक्त खानाहरु खाइरहेको छु। आशा छ, छिटो निको हुनेछु र खेलमा फर्कने छु।

 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्