काठमाडौं- भारतबाट आयात हुने तरकारी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपालमा उत्पादन भएको तरकारी खेतमा अलपत्र भएको र किसानहरु मर्कामा परेको अवस्थामा भारतीय तरकारी आयात हुने कार्य रोक्नुपर्ने दाबी रिटमा गरिएको छ।
अधिवक्ताहरु मणिराम उपाध्याय, ,धर्मराज खनाल र पुरुषोत्तम खनालले दायर गरेको रिटमा अन्तरिम आदेश मार्फत तरकारी आयात रोक्न माग गरिएको छ। विश्वभर कोरोना भाइरस फैलिएको र भारतमा पनि दैनिक रुपमा यसको संख्या वृद्धि भइरहेकाले तत्काल तरकारी आयात रोक्नुपर्ने दाबी रिटमा गरिएको छ।
तरकारीसँगै भारतबाट कोरोना पनि आइरहने सम्भावना भएकाले यसलाई रोक्नुपर्ने रिटमा उल्लेख छ। यसरी आयात रोक्दा नेपालको उत्पादन र किसानलाई पनि फाइदा पुग्ने र कोरोना पनि रोक्न सहयोग हुने जिकीर रिटमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।