• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नियात्रा : लकडाउनको एक दिन

राजु थापा मगर शनिबार, वैशाख २७, २०७७  १४:४७
1140x725

'दाइ गाडी सबैतिर बन्द हो?'

तीनकुनेको जेब्राक्रसमा एकजना २२-२५ को लबरा ठिटो मेरो अगाडि एक्कासी आएर प्रश्न गर्‍यो। म २ सेकेन्ड जति उनलाई इन्कार गरेँ। किनकि उसले मलाइ नछोइदिए हुन्थ्यो र ऊ मेरो सम्मुख आएर नबोलिदिए हुन्थ्यो भनेर।

' अँ, हो!......'

म छोटो जवाफ दिएर ऊबाट तर्किन खोजेँ।

'उदयपुर-कटारी जानुपर्ने दाइ! फेरि लकडाउन १० दिन थप्यो है?'

ऊ पूर्णरूपमा निराश अनि गलित थियो। तर बोल्दा अनुहारमा हल्का मुस्कान भने ल्याउने असफल प्रयास गर्थ्यो।

'अ हो नि, बरु गइहाले हुन्छ घर। यहा गाह्रो हुन्छ।'

म मानवताहीन प्राणीझैँ भएर ऊबाट छिटोछिटो उम्केर आफ्नो गन्तव्य तिर जाने प्रयास मात्र गरिरहेको थिए।

Ncell 2
Ncell 2
nimb
nimb

'कसरी जाने होला दाइ? खर्च पनि छैन।'

उसले आफ्नो गलित ज्यान थेग्न नसकेर सडकको बारमा अढेस लाग्दै मसँग उपाय खोज्यो। 

जब खर्चको कुरा आयो नि! मेरो छातीभित्र आफ्नै लेनमा बगिरहेको रगतहरु यताउता गरेर सिर्का हान्न थाल्यो।

अनि मेरो अर्धचेतन मनले मलाई आदेश दिन थाल्यो, 'भाग केटा छिटो भाग! यसले तँसँग पैसा ठग्न प्रयास गर्दैछ।' 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'उम्.....ऊ त्यहाँ कोटेश्वर चोकमा पुलिसहरू छन्। रिक्वेस्ट गर्नुस्, उहाँहरूले केही व्यवस्था गर्नेछ।'

म छिटो छिटो यति भनेर उसलाई इन्कार गर्दै हिँड्न खोजेँ। एकछिन उसले मलाइ ट्वाल्ल हेर्‍यो।

'दाइ! कस्तो भोक लागिरहेछ। १०० रुप्याँ दिनुस् न!'

उसले सुख्खा मुख लर्बराउदै झन् मतिर लम्कियो।

म हच्केँ। कतै यो मान्छेले मलाइ छोई नै हाल्ला कि भनेर।

'छैन त भाइ, म पनि बिखर्ची नै हुँ,' मैले निर्लज्ज उत्तर दिएँ। यति भनेर म सरासर आफ्नो बाटो लागेँ।

पर पुगेर यसो फर्केर हेरेँ, ऊ उतै गइरेहेको देखेँ। तर मेरो मनभित्र भने कताकता असन्तुष्टि मात्र पैदा भइरहेको थियो। अघिनै चै ऊबाट कसरी छड्किने भन्ने मात्र भयो। तर अहिले भने उसको बारे मनभित्र अनेक कुराहरु नाच्न थाल्यो।

 'साँच्चै यो मानिस समस्यामै पो हो कि? साँच्चै यिनले कति दिनदेखि खान पाएको छैन होला। आदि आदि।'

फर्केर हेरेँ, देखिनँ, ऊ कटेछ। म हारेको साँढेझैँ आफ्नो गन्तव्य लुखुरलुखुर हिडिरहेँ। ढिलै भए पनि मेरो मनमा करुणा चाँहि उत्पन्न भयो। जुन मान्छेमा हुनु पर्ने करुणा....। झट्ट मनमा घरबाट बाटोमा खान भनेर आमा र बहिनीहरुले झोलामा हाल्दिएको बाँकी खाजाको याद आयो। मसँग एउटा उसिनेको लोकल अन्डा, केही जुस, केही बिस्कुट अनि चाउचाउ पनि थियो। तर ढिलो भइसकेको थियो। अब उसलाई भेटिने सम्भावना थिएन। त्यसैले म एकदम उकुसमुकुसको अवस्थामा  थिएँ।

मेरो अर्धचेतन मनले फेरि आदेश दियो, 'जा केटा जा. त्यो मान्छे कतै त्यतै उभिरहेको होला वा बसिरहेको होला वा हिँड्दै गरेको होला।'  म लम्किरहेको आफ्नो गन्तव्यबाट फरक्क फर्केर उ गएँ, दौडिएँ।

 'ए भाइ! ए भाइ...!!' 

निक्कै पर ऊ लुरुक्क परेर बन्द घरको छाया परेको सडकपेटीबाट मेरो अगाडि देखा पर्‍यो। 

'भाइ म तपाईंलाई पैसा होइन। केही खाने कुरा चाँहि दिन्छु। हुन्छ?,' मैले उसको अनुहार निकै नियालेर सोधेँ। उसले मात्र टाउको हल्लायो।

'म पनि तपाईं जस्तै नै हो। घरबाट बाटोमा खान भनेर खाजा हाल्देको थियो। त्यही दिन्छु। लोकल अन्डा, जुस, बिस्कुट....।'

म उसलाई केही मिटर टाढा बस्न आग्रह गरेर आफ्नो झोला खोल्न थालेँ। मैले खाजाको पोका सडकको बारमा राखेर उसलाई लिनुहोस् भनेँ। उसले चुपचाप पोका उठायो तर केही बोलेन। उसको मुखले केही नबोले पनि सायद उसको मनले भने केही न केही त पक्कै बोल्यो होला। मैले यस्तै महसुस गरेँ।

'भाइ मिलाएर हिँड्दै भएपनि घर जानुस्। यहाँ एकदमै हाहाकार हुनेवाला छ। बाटोमा ठाउँठाउँमा पानी र खाजा पनि राख्देको छ,' मैले यति भनेर ऊबाट बिदा भएँ। 

उसले मेरो हरेक कुरामा मौन स्वीकृति मात्र दिइरह्यो।

त्यसपछि मेरो मन एकदमै चंगा भयो। शरीरभरि लागेका केही बोझहरु हटाएर हल्का भए जस्तो। थोरै भएपनि कसैको भोक मेटाउन पाएकोमा म आफ़ैले खाएर प्रफुल्ल भएजस्तो महसुस भयो। सूर्य विनायकबाट हिँडेर आएको थकाइ मात्र हैन, गौडा नै पिच्छे कुकुरको ग्याङहरुले वरिपरिबाट आक्रमण गर्न घेरा हालेको पिडाहरु पनि बिर्सेर म खुसी थिएँ।

२०७६ चैत २४ गतेको दिन म आफ्नो अर्जेन्ट कामले गर्दा ३ दिन लागेपनि सिन्धुलीगढ़ीबाट महाभारतको बाटो हुँदै हिँड्दै, हेर्दै र बाटोघाटो अनि गाउँठाउँको तस्बिर लिदै काठमाडौं आइपुग्ने आँटिलो योजना बनाएर म हिडेको थिएँ। घरबाट नेपालथोकसम्म मेरो भाइ सुमनले बाइकमा ड्रप गर्दियो। त्यसपछि दिनभर करिवब ३-४ घण्टा मंगलटारभन्दा माथि नार्के पुलसम्म हिँडियो।

बाटोमा भेटेजति र देखेजति सबै मन लागेका दृश्य क्यामरामा कैद गरेँ। त्यस रात भकुन्डे बेँसीमा बस्ने मनसाय बनाएँ। अबेर होला भनेर आइरहेको तेलको ट्यांकरलाई मनलागी नलागी हात उठाए। किनकि मलाई हिँड्नै रहर थियो। ट्यांकर अलिक पर गएर टक्क अडियो। मैले सोध्नुपूर्व ड्राइभर आफैले 'कहाँ पुग्ने?' भनेर सोध्यो। मैले 'पुग्नुपर्ने त काठमाडौं हो तर… ।'

यति भन्दाभन्दै उसले मेरो कुरा काटेर 'ल म काठमाडौं नै पुग्ने हो, आउनुस!' भने। ट्यांकरमा चढेको केही बेरसम्म पनि म भकुन्डे झरुम कि काठमाडौं जाउँ भनेर दोधारमा थिएँ। भकुन्डेबेँसी झरौँ त म काठमाडौं जाने गाडीमा चढिरहेको छु। सिधै काठमाडौं जाउँ त मेरो तीन दिन लगाएर हिँडेर जाने योजना फेल खाइरहेको थियो। म एकदम दोधारमा परेँ। घरिघरि ड्राइभरको मुख हेरेँ। तर उसलाई केही भनिनँ। अनि आफ्नो मनलाई बाधेँ। अहिलेलाई सिधै काठमाडौं नै जाने निर्णय गरेँ। हिँडेर जाने योजना पछिलाई थाती राखेँ। 

त्यसपछि तिर्खा लागेकोले  झोलाबाट जुस निकालेँ। ड्राइभरलाई पनि एउटा दिएँ। उसलाई बिस्कुट पनि दिएको थिएँ। त्यो चाँहि उसले 'तपाइलाई नै चाहिन सक्छ,' भन्दै फिर्ता गर्‍यो।

ड्राइभरको खास कीर्तिपुर पुग्ने योजना रहेछ। नत्र मलाई उसले घरसम्मै  पुर्याइदिन्थ्यो। अबेर भएको कारण ऊ आफ्नै घर भक्तपुरमै अडिने विचार गर्‍यो। झर्ने बेलामा मैले, 'कति पैसा दिउँ?' भनेको उसले 'हे मैले त तपाईलाई सहयोग पो गरेको त' भन्यो।

मैले 'थोरै भएपनि लिनुस् न' भनेँ। तर उसले  पैसा भने पटक्कै लिन मानेन।

उसले आफ्नो नाम हरिराम थापा भएको बतायो। निकै मानवीय गुणमा थिए। उसको गफ मात्र होइन, व्यवहार पनि असल तथा धार्मिक लाग्यो। ड्राइभर हरिराम थापाकै कारण मैले पनि ती तीनकुनेमा रातको ८ बजे भोक लाग्यो भन्ने मान्छेलाई आफ्नो बाँकी खाजा दिन पाएको थिएँ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १४:४७
  • ##Choice_on_the_route
  • ##Sharing_is_caring

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्